सेन्सरशिपबारेका गतल दावीले चुनावी झूटहरूलाई अनलाइन फिल्टर गर्ने प्रयासलाई सफलतापूर्वक रोकेको छ।
जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको दंगाको परिप्रेक्ष्यमा, वाशिंगटनमा शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरणमा आक्रमण गर्ने झूटहरूको आक्रमणलाई रोक्नको लागि ग्राउन्डवेल बनाइएको छ । ।
सोसल मिडिया कम्पनीहरूले डोनाल्ड जे. ट्रम्प, तत्कालीन राष्ट्रपति, र उनका धेरै सहयोगीहरूलाई प्लेटफर्मबाट निलम्बन गरेका थिए, तिनमा ट्रम्पको पराजयको बारेमा गलत सूचना फैलाएर चसुनावलाई उल्टाउने प्रयासलाई बढावा दिइरहेकाहरु थिए । बाइडेन प्रशासन, कांग्रेसका डेमोक्र्याटहरू र केही रिपब्लिकनहरूले पनि सोसल मिडिया कम्पनीहरूलाई जवाफदेही बनाउन कोशिश गरेका थिए । शैक्षिक अनुसन्धानकर्ताहरूले झूटा पोष्टहरू अनुगमन गर्ने प्रयासहरूलाई कसरी बलियो बनाउने भनेर संघर्षरत रहंदै आएका छन् ।
अहिलको चुनावी अभियानका क्रममा ट्रम्प र उनका सहयोगीहरूले प्रतिआक्रामक कदम चालेका छन्, उनीहरूले रूढीवादीहरूलाई सेन्सर गर्ने खतरनाक प्रयासको रूपमा हेरेका कुराहरूलाई रोक्नको लागि एक समन्वित प्रयास थालेका छन् ।
उनीहरु निर्विवाद रुपमा विजयी भएका छन् ।
अदालतमा, कांग्रेसमा र इन्टरनेटको डरलाग्दो परिधिमा, त्यो प्रयासले सोसल मिडिया युगमा चुनावलाई गलत सूचनाबाट जोगाउने प्रयासलाई बेवास्ता गरेको छ। यसले ट्याप गर्यो – र त्यसपछि, आलोचकहरू भन्छन्, ट्विस्ट गरियो – स्वतन्त्र अभिव्यक्ति र नियोजित सामग्रीमा सरकारको भूमिका का बारेमा डरलाग्दो बहस भइरहेको छ ।
कुनै समय द्विदलीय भएका परियोजनाहरू, जसमा ट्रम्प प्रशासनले सुरु गरेको थियो, चुनावमा धाँधली गर्ने गहिरो राज्य षड्यन्त्रको रूपमा पुनः प्रस्तुत गरिएको छ। कानुनी र राजनीतिक प्रहारको सामना गर्दै, बाइडेन प्रशासनले धेरै हदसम्म त्स्ता नीतिहरु(चालहरु) त्यागेको छ, जसले राजनीतिक भाषणलाई दबाउन प्रयोग गरिंदै आएको थियो ।
धेरै जसो अमेरिकीहरूले थोरै ध्यान दिएको भए पनि, यी प्रयासले ट्रम्पको राष्ट्रपति पद पुनः कब्जा गर्ने प्रयासको बाटोमालाई अलिक अप्ठेयारो पार्न भने मद्धत गरेको छ । २०२० को चुनावको बारेमा झूटा कुराहरूका साथ आफ्नो पुनरागमनलाई प्रोत्साहन दिँदै र ट्रम्पलाई सहयोग पुग्नेगरी, चुनावको बारेमा गलत जानकारी भएका समाचार फिडहरू मार्फत फेरि पनि भ्रम फैलिरहेको छ।
ूसेन्सरशिप कार्टेललाई ध्वस्त पार्नु पर्छ र नष्टै गरिनु पर्छ, र यो तत्कालै हुनुपर्दछ,ू ट्रम्पले आफ्नो २०२४ को चुनावी अभियानको सुरुवात गर्दै चिच्याएका छन् ।
काउन्टर अफेन्सिभको नेतृत्व ट्रम्पका पूर्व सहयोगीहरू र तिनका पनि सहयोगीहरूले गरेका थिए जसले २०२० को चुनावलाई उल्टाउन पनि जोड दिएका थिए। तिनीहरू स्टीफन मिलर,जो ह्वाइट हाउस नीतिका सल्लाहकार रहेको थिए, उनी सहित स मिसौरी र लुइसियानाका महान्यायाधिवक्ताहरू, दुवै रिपब्लिकनस र कांग्रेसका सांसदहरू जस्तै प्रतिनिधि जिम जोर्डन, ओहायोको रिपब्लिकन, जसले गत वर्षदेखि ूसरकारको सशस्त्रीकरणू गरेको भन्दै अनुसन्धान गर्न सदन उपसमितिको नेतृत्व गरेका छन्।
यसमा संलग्नहरूले २०२० मा मतदानको बारेका झूटलाई प्रवर्द्धन गर्ने समूहहरूलाई समर्थन गरेका रूढिवादी चन्दा दाताहरूबाट आर्थिक सहयोग लिन्छन्। उनीहरूले ट्विटर किनेका अरबपति एलोन मस्क लगायतका पात्रहरूको एक्लेक्टिक कास्टसँग काम गरेका छन् र यसलाई उनीहरुको आफ्नै खाले अभिव्यक्ति स्वतन्त्रताको किल्ला बनाउने वाचा गरेका छन्। र माइक बेन्ज, एक पूर्व ट्रम्प प्रशासन अधिकारी, जसले पहिले सोसल मिडिया एकाउन्टको लागि सामग्री उत्पादन गर्दथे जस्तो – ूगोरा जातीय विस्थापनू को बारेका पोस्टहरूलाई विक्री–वितरण गरिएको थियो । (अझै भर्खरै, बेन्जले टेलर स्विफ्ट पेन्टागनको लागि ूमनोवैज्ञानिक अपरेशनू अस्त्र हुन् भन्ने गलत दाबीको सिर्जना गरेका थिए।)
धाँधली भएको मतदान मेसिन र मतपत्र भरिएको मतपेटिका बारे ट्रम्पको पोस्ट भाइरल भएको तीन वर्ष पछि, बेन्ज र उनका सहयोगीहरूले अनलाइन सम्पत्तिको आश्चर्यजनक रुपले उल्टो फाइदा प्राप्त गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्महरूले चुनावको बारेमा झूटो सूचना फैलाउने बिरूद्ध थाहा पाएर पनि कमै मात्रमा परिक्षण गर्दछन्
‘विकृत सूचनाको फैलावटबाट लाभ उठाउने मानिसहरूले , त्यसबारे अनुसन्धान गर्ने र छानविन गर्न खोज्ने धेरै मानिसहरूलाई प्रभावकारी रूपमा मौन बनाएउन सफल भएका छन्,’ वाशिंगटन विश्वविद्यालयका प्राध्यापक केट स्टारबर्डले भन्छन् जसको सोसल मिडिया विकृतिसम्बन्धी अनुसन्धान गर्दा उनको प्रयासलाई समेत ती गलत सूचना प्रसारहरुले निशाना बनाएका ।
यसले अमेरिकी लोकतन्त्रलाई विदेशी हस्तक्षेपबाट जोगाउने उद्देश्यले ट्रम्पको प्रशासनमा सुरु भएको गलत प्रणालीलाई रोक्ने लक्ष्य लिएको थियो । ती प्रणालीहरू गलत जानकारीको घरेलु स्रोतहरूलाई सम्बोधन गर्न विकसित भएपछि, संघीय अधिकारीहरू र निजी अनुसन्धानकर्ताहरूले सामाजिक सञ्जाल कम्पनीहरूलाई हानिकारक सामग्री विरुद्ध उनीहरुले पनि सोही अनुसारका नीतिहरू लागू गर्न आग्रह गर्न थालेका थिए ,।
त्यो कामले इन्टरनेट युगको सबैभन्दा महत्त्वपूर्ण पहिलो संशोधन मामिलाहरू निम्त्याएको छ, जसले गर्दा सर्वोच्च अदालतमा बहस गर्न सकिन्छ। मिसौरी र लुइसियानाका महान्यायाधिवक्ताले दायर गरेको त्यो मुद्दामा संघीय अधिकारीहरूले सरकारको आलोचनात्मक सामग्री सेन्सर गर्न प्लेटफर्महरूसँग मिलेर काम गरेको वा जबरजस्ती गरेको आरोप लगाइएको छ। अदालतको निर्णयले, अनलाइन सामग्री अनुगमनमा सरकारको भूकिा घटाउन सक्छ, जुन अपेक्षित छ ।
तर्कहरूले आधुनिक अमेरिकी राजनीतिक जीवनमा एक अस्थिर प्रश्नको केन्द्रबिन्दुमा प्रहार गर्दछः असीमित अनलाइन सञ्चारको संसारमा, जसमा जो कोहीले पनि अप्रमाणित र गलत जानकारीको साथ ठूलो संख्यामा मानिसहरूसम्म पुग्न सक्छ, लोकतन्त्रको रक्षा र कुल्चिने बीचको रेखा कहाँ छ ? अभिव्यक्ति स्वतन्त्रताको अधिकार के हो ?
अदालतको नियम अघि नै, बाइडेन प्रशासन र निजी अनुसन्धानकर्ताहरू, जसले विकृत जानकारीको निगरानी गर्दथे, ट्रम्पका सहयोगीहरूले सञ्जाललाई प्यारालाइज्ड गर्न सफल भइसकेका छन् ।
होमल्याण्ड सेक्युरिटी विभाग र स्टेट विभागका अधिकारीहरूले विदेशी विकृतिहरूको अनुगमन गर्ने काम जारी राख्छन्, तर पनि सरकारले संयुक्त राज्यमा उत्पत्ति हुने पोष्टहरूलाई सम्बोधन गर्न सोशल मिडिया प्लेटफर्महरूसँगको सबै सहयोग निलम्बन गरेको छ।
‘यी सबैमा एउटा चिसो प्रभाव छ,’ नीना जानकोविचले भनेकी छन्, ‘कोही पनि यसमा फस्न चाहँदैनन्।’ जानकोविच शोधकर्ता हुन्, जसले २०२२ मा छोटो अवधिको डीएचएस नामक गलत सूचना अनुसन्धान गर्ने समितिको सल्लाहकार बोर्ड को कार्यकारी निर्देशकको रूपमा काम गरेकी थिइन् ।
‘व्याख्यात्मक युद्धु लड्दै’
ट्रम्प महोदयको लागि, सामाजिक सञ्जालबाट निष्कासन गर्ने काम कमजोर थियो। उनका पदहरू उनको राजनीतिक सफलताको केन्द्रबिन्दु थिए, जसरी उनका सन्देशहरूलाई खुसी पार्ने अनुयायीहरूको सेना थियो र उनी पराजित भएपछि पनि पदमा रहिरहने दुष्प्रयासको पछि लागिरहे ।
‘हामीले टिकटक प्रयोग गर्नुपर्छ !! ‘मृत मतदाता र भोट चोर्ने सफ्टवेयरको बारेमा गलत सन्देशहरू प्रवर्द्धन गर्न सामाजिक सञ्जाल प्रयोग गर्ने रणनीतिको सन्दर्भ दिएको भन्दै गर्दै ट्रम्प महोदका प्रमुख वकिल रुडोल्फ डब्लु ज्युलियानीको लागि तयार गरिएको मेमो हेरौं त । ‘सामग्री यहाँ कुनै अन्य प्लेटफर्म जस्तै भाइरल हुन्छ !!!!! र त्यहाँ लाखौं ट्रम्प समर्थकहरू छन् ! ”
जनवरी ६ मा हिंसा भड्केपछि, ट्रम्प सहयोगीहरूले ‘ट्रम्प इतिहासको व्याख्यात्मक लडाई कसरी जित्नेू भन्नेमा मा काम गर्न थालेका थिए, किनकि तिनीहरूमध्येका एकजना, भिन्सेन्ट हेलीले सदन अनुसन्धानको अभिलेखमा फेला परेको पहिले रिपोर्ट नगरिएको सन्देशमा भनेका थिए। जनवरी ६ को आक्रमण। त्यो महत्वपूर्ण हुनेछ ‘२०२२ र २०२४ मा सफलताको लागि,’ उनले अझै थपे।
एक पटक अफिसबाट बाहिरिएपछि, ट्रम्प महासयले आफ्नै सामाजिक प्लेटफर्म,बनाए, र उनका सहयोगीहरूले ट्रम्पको एजेन्डालाई अगाडि बढाउन र उनको पुनरागमनको लागि तयारी गर्न नयाँ संगठनहरूको नेटवर्क सिर्जना गरिहाले ।
मिलर महासय , ट्रम्प महोदयका एक मुख्य नीति सल्लाहकार रहेका अमेरिका फर्स्ट कानूनी, एक गैर–नाफामुखी संस्थाको स्थापना गरे, जसको मिशन कथन नै यस्तो रहेको छ , ‘भ्रष्ट विशेष हितहरू, ठूला टेक टाइटनहरू, नक्कली समाचार मिडिया र उदार वाशिंगटन राजनीतिज्ञहरूको अपवित्र गठबन्धन। ।’
उनले सन् २०२० मा ‘मतदाता जालसाजीू षड्यन्त्रलाई धकेल्ने समूहहरूको लहरलाई आर्थिक प्रवर्धन गर्ने ब्राडली इम्प्याक्ट कोषबाट २७ मिलियन डलरको उपलव्ध गराएर आकर्षित गर्दै, कन्जरभेटिभ दाताहरूबाट थप फन्ड उठाएका थिए । अर्को गैर–नाफामुखी ससयन्त्र कन्जरभेटिभ पार्टनरसिप इन्स्टिच्युटबाट १.३ मिलियन डलर पाएका थिए । यो ट्रम्प आन्दोलनको गैर–नाफामुखी तंत्रिका केन्द्र (नर्भ) मानिन्छ।
यिनीहरुको मुख्य निशाना सामाजिक मिडियामा रूढिवादीहरू विरुद्ध पूर्वाग्रहको रूपमा बुझेको कुरा हुनेछ। ‘जब तपाईले मानिसहरूलाई ट्विटर र फेसबुक र अन्य प्लेटफर्महरूबाट प्रतिबन्धित भएको देख्नुहुन्छ,’ उनले जनवरी २०२१ मा भने, ‘तपाईंले अमेरिकामा स्वतन्त्रता र स्वतन्त्रताको अवधारणाको आधारभूत क्षय देख्नुहुन्छ।’
बाइडेनको प्रशासन अर्को दिशामा गइरहेको थियो । उनको कार्यालयले गलत सूचना अनलाइन — को बिरूद्ध कडा नीति अपनाउन दृढ संकल्प गरेका थिए किनभने यो कोरोनाभाइरस महामारीलाई नियन्त्रणमा ल्याउन अवरोधको रूपमा देखिन्थ्यो। डीएचएस अधिकारीहरूले चुनावी झूटको बिरूद्ध प्रतिरक्षा प्रणाली बढाउने कुरामा ध्यान केन्द्रित गरेका थिए, जुन कुरा स्पष्ट रूपमा जनवरी ६ भन्दा अगाडि असफल भएको थियो ।
एक सन्दर्भमा, स्पष्ट कटौती थियो। त्यो सार्वजनिक स्वास्थ्यको मामिला भन्दा बढी महत्वपूर्ण थियो । कहाँ, कहिले र कसरी मतदान गर्ने वा जानाजानी सार्वजनिक भ्रम छर्ने वा डर देखाएर मतदानलाई दबाउने बारेमा गलत जानकारी दिनेहरु बिरूद्ध गरिएको लामो समयदेखि विशेष कानुनी सुरक्षाका रुपमा रहेको छ यो ।
सोशल मिडियाले करोडौं मतदातालाई एन्टिडेमोक्राटिक रणनीतिका लागि शक्तिशाली नयाँ मार्गहरू उपलव्ध गराएको थियो, तर टेलिभिजन, रेडियो र समाचारपत्रहरूको लागि नियामक र कानुनी सीमाहरू थोरै थिए ।
समस्याहरू पनि स्पष्ट थिएः २०२०को चुनावी अभियानको दौरानमा प्लेटफर्महरू हन्टर बाइडेनको ल्यापटपको बारेमा न्यू योर्क पोस्टमा लेख हाल्न हतार गरिएको थियो, यो रूसी हस्तक्षेपसँग जोडिएको हुनसक्छ भनेर भ्रम छर्ने कामका लागि । कन्जर्भेटिभहरूले यसलाई बाइडेनको बढोत्तरीलाई झुकाउने प्रयासको रूपमा देखेका थिए ।
प्रशासन अधिकारीहरूले भने कि तिनीहरू पहिलो संशोधन र सोशल मिडियाको बढ्दो शक्ति बीचको जनमतमा एक नाजुक सन्तुलन खोज्दै थिए ।
“ हामी महत्वपूर्ण पूर्वाधारको व्यवसायमा छौं, र सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार हाम्रो संज्ञानात्मक पूर्वाधार हो, ” साइबरसुरक्षा र पूर्वाधार सुरक्षा एजेन्सीका निर्देशक जेन इस्टरलीले भनेका छन् । गलत जानकारी र डिसइन्फर्मेसनको लागि त्यो लचिलोपनाको निर्माण, मलाई लाग्छ, अविश्वसनीय रूपमा महत्त्वपूर्ण छ। ” उनी राष्ट्रिय मतदान प्रणालीको सुरक्षा हेर्ने जिम्मेवार अधिकारी हुन् ।
२०२२ को शुरुमा, डीएचएस( डिसइन्फर्मेसन गभर्नन्स बोर्ड) ले यसको जबाफ कठिन समस्या भएको बताएको थियो । बोर्डले एक सल्लाहकार निकायको रूपमा काम गर्दछ र विभागको अफसरशाहीमा एन्टी(डिस्इन्फर्मेसन प्रयासहरू समन्वय गर्न मद्दत गर्दछ, अधिकारीहरूले भने। यसको निर्देशक सुश्री जानकोविच थिए, जो रूसी विरूपणका विशेषज्ञ थिए।
यो घोषणाले एकप्रकारको राजनैतिक आगो दन्काएजस्तो भयो, बोर्डलाई सञ्चालन गर्न थालेको हप्ता पछि नहुँदै यो मर्यो । दुवैथरी उदारवादी र रूढिवादीहरूले यसको पहुँच र दुरुपयोगको सम्भावनाको बारेमा प्रश्न उठाएका थिए ।
क्रोधको पारो दक्षिणपन्थीहरुतिर सबैभन्दा चर्को थियो। मिलर महोदयले, फक्स न्यूजमा बोल्दै चर्को स्वरमा यसलाई ूडिस्टोपियन साइ–फाई उपन्यासबाट बाहिरको कुराू भन्दै आलोचना गरेका थिए ।
सुश्री जानकोविचले भनिन्– त्यस्ता आक्रमणहरू विकृत थिए, तर त्यो घोषणाले बदमासहरुको स्नायुमा चोट पुर्याएको थियो । ूमलाई लाग्छ कुनै पनि अमेरिकी, जब तपाईले सुन्नुहुन्छ, ‘ओहो !, प्रशासनले , ह्वाइट हाउसले अमेरिकीहरूलाई सेन्सर गर्न केही तयारी गर्दैछु, यदि यसको पछाडि कुनै प्रमाण छैन भने पनि, तपाइँको कान साँच्चै चुँडिन सक्छ ।’ उनले भनिन्।
ट्रम्प महासयले र उनको टोलीले २०२० को चुनावमा भोटिङको बारेमा झूट फैलाउन सोशल मिडियालाई आक्रामक रूपमा प्रयोग गर्यो । उनका समर्थकहरू उनको पछि दौडे । क्रेडिट !!! भिक्टर जे ब्लू न्यूयोर्क टाइम्सका लागि कानुनी आक्रमण गर्न रकम लिनेहरूमध्ये मिसौरीका तत्कालीन महान्यायाधिवक्ता एरिक स्मिट पनि थिए।
उनी र अन्य महान्यायाधिवक्ताहरू आफ्नो पराजयलाई उल्टाउनका लागि ट्रम्प महोदयको कानुनी अभियानका बलिया हिस्सेदार थिए। अब, तिनीहरूले गलत सूचनाको बिरूद्ध लडाई रोक्न कानूनी फायरपावर उधारो दिनेछन्।
मे २०२२ मा, तत्कालीन लुइसियानाका महान्यायाधिवक्ता स्मिट र जेफ ल्यान्ड्री र अहिलेका गभर्नरले संक्रामक रोगहरू सम्वन्धी राष्ट्रिय मुख्य विशेषज्ञ डा एन्थोनी एस फौसीलगायत दर्जनौं संघीय अधिकारीहरूमाथि मुद्दा हालेका थिए । उनीहरुलाई(फौसी लगायत) धेरै रुढिवादीहरुले खलनायकीकरण गरेका थिए । बनेका थिए ।
मुद्दा उठ्यो जहाँ अरू असफल भए। ट्रम्प र अरूले फेसबुक र ट्विटरका विरुद्धमा मुद्दा हालेका थिए, तर ती चुनौतीहरू काम लागेनन्, किनभने अदालतहरूले प्रभावकारी रूपमा निर्णय गरे कि कम्पनीहरूलाई उनीहरूको साइटहरूमा सामग्री प्रतिबन्ध गर्ने अधिकार छ। मिसौरी बनाम बाइडेनका नामले चिनिने मुद्धामा – कम्पनीहरूले प्रयोगकर्ताहरूलाई मात्र प्रतिबन्ध लगाएका थिएनन् ‘उनीहरूलाई सरकारी अधिकारीहरूले त्यसो गर्न बाध्य पारिरहेका थिए भन्ने निर्णय गरेको थियो ।
महान्यायाधिवक्ताले लुइजियानाको पश्चिमी जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । जहाँ बाइडेन प्रशासनका नीतिहरूलाई रोक्न ट्रम्पले नियुक्त गरेका न्यायाधीश टेरी ए डोटीको इजालामा परेको थियो । न्यायधिशहरुले आफ्नो प्रतिष्ठा निर्माण गर्ने अवसरका रुपमा लिए ।
‘सामाजिक मिडिया कम्पनीहरू विरुद्धका यी धेरै मुद्दाहरू क्यालिफोर्नियाको उत्तरी जिल्लाको चिहानमा मात्र मरिरहेका थिए,’ २०२२ मा अमेरिकी सिनेटमा निर्वाचित स्मिटले उदारवादी झुकाव राख्ने फेडरल अदालतको उल्लेख गर्दै टिप्पणी गरेका थिएल। सान फ्रान्सिस्को। ‘र हाम्रो दृष्टिकोण अलि फरक थियो। हामी सीधै सरकारमा गयौं ।”
मुद्दालाई विज्ञहरू द्वारा लामो दौड मानिएको थियो, उनीहरुको धारणा थियो सरकारी अधिकारीहरूले आदेश जारी गर्नु हुँदैन, तर प्लेटफर्महरूलाई उनीहरूको आफ्नै नीतिहरू लागू गर्न आग्रह गर्नु पर्दछ। त्यसो गर्ने जिम्मेवारी कम्पनीहरूलाई नै छोडियो, तर प्रायः कसैले पनि त्यस्तो स्वनियमनको केही काम गरेनन्।
मुद्दाको लागि पेश गरिएका कागजातहरूले सरकारी अधिकारीहरू र प्लेटफर्महरू बीचको व्यापक अन्तरक्रियालाई देखाएको छ । इमेल र टेक्स्ट सन्देशहरूमा, दुबै पक्षका मानिसहरू वैकल्पिक रूपमा सहयोगी र टकरावमा उत्रिका पक्षहरुका रुपमा खडा भएका थिए। प्लेटफर्महरूले सामग्रीको बारेमा प्रशासनको गुनासोहरूलाई गम्भीरताका साथ लिएका थिए, तर एकै समयमा, उनीहरूले ती कुराहर भ्रामक वा गलत थियो भने, तर तिनीहरूले आँखा चिम्लेर आफ्नै बचनको पनि पालना गरेनन् । प्लेटफर्महरु गलत सूचना प्रवाहमा अघि बढिरहे ।
बाइडेन कार्यालयकालको तेस्रो दिनमा नै, ट्विटरमा रोबर्ट एफ केनेडी जुनियरको पोस्ट मेन्सन गर्दै बेसबल लिजेन्ड ह्याङ्क आरोनको मृत्यु कोविड–१९को भ्यासिनका कारण भएको हो भनेर झूटा सुझाव दिए । एकजना ह्वाइट हाउस सहयोगी, क्लार्क हम्फ्रेले प्लेटफर्मका एक कार्यकारीलाई ूजति सक्दो चाँडोू सो पोष्ट हटाउने प्रक्रिया सुरु गर्न भनिन्।
पुनः बहस चर्कंदैछ
अगस्ट २०२२ मा, फाउन्डेसन फर फ्रिडम अनलाइन नामक एक संसथाले आफ्नो वेबसाइटमा लेखेको थियो “डिपार्टमेन्ट अफ होमल्याण्ड सेन्सरशिप ः हाउ डीएचएस सिज्ड पावर अनलाइन स्पिच ।
समूहका संस्थापक, माइक बेन्ज नामका एक आंशिक परिचत पूर्व व्हाइट हाउस अधिकारीले संघीय अधिकारीहरूले कसरी ‘इन्टरनेटको सामूहिक सेन्सरशिप समन्वयू गरिरहेका थिए भन्ने कुराको प्रत्यक्ष ज्ञान भएको दाबी गरेका थिए ।
मिस्टर बेन्जको सिद्धान्तको केन्द्रविन्दु २०२० को ग्रीष्ममा त्यस वर्षको चुनावको बारेमा गलत जानकारी विरुद्ध लड्न सरकारी प्रयासहरूका विरुद्ध पूरकका रुपमा लड्न बनाइएको इलेक्सन इन्टिग्रिटि पाटर्नरशीप एउटा समूह थियो।
यो विचार सआइएस भनेर चिनिने साइबरसेक्युरिटी र इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी नामक कलेज इन्टर्नहरूको समूहबाट बनाइएको संस्थाबाट आएको थियो । विद्यार्थीहरूले सुझाव थियो – अनुसन्धान संस्थाहरूले प्लेटफर्मको मापदण्डहरू उल्लङ्घन गर्न सक्ने पोस्टहरू ट्र्याक गर्ने र फ्ल्याग गर्न मद्दत गर्न सक्छन्, ती जानकारीलाई एजेन्सी, राज्य र स्थानीय सरकारहरू र प्लेटफर्महरूका लागि खुला पोर्टलमा राखिनु पर्दछ ।
अन्ततः यस परियोजनामा स्ट्यानफोर्ड विश्वविद्यालय, वाशिंगटन विश्वविद्यालय, नागरिकतासम्बन्धी राष्ट्रिय सम्मेलन, एट्लान्टिक काउन्सिलको डिजिटल फोरेन्सिक रिसर्च ल्याब र सोसल मिडिया एनालिटिक्स फर्म ग्राफिका समावेश भए ।यसको शिखरमा, यसमा १२० जना विश्लेषकहरू थिए, जसमध्ये केही कलेजका विद्यार्थीहरू समेत समावेश थिए।
त्यसमा यो सस्थाले सफलता मानेको कुरामा, जसमा स्पटिङ — र रोक्न मद्दत — मतदान कार्यकर्ताले एरी र पामा ट्रम्पको मतपत्र जलाउँदै गरेको झूटो दाबीको फैलावट रहेको थियो । यद्यपि, दृष्टिकोण गलत हुनसक्छ।
तथापि बेन्जको भनाइमा, सरकारले निजी सैन्य ठेकेदार ब्ल्याकवाटरलाई युद्धका लागि आउटसोर्सिङ गरेजस्तै पहिलो संशोधनको वरिपरिको समयमा उनीहरुले साझेदारी गरिरहेका थिए ।
बेन्जको फाउन्डेसनले केही समयको लागि आफूलाई ‘सक्षमीकरण निरीक्षण’ को परियोजनाको रूपमा विज्ञापन गर्यो, रिपब्लिकनले पूर्व सिनेट हरुको एक समूहले ‘व्हिसल–ब्लोअर’ अनुसन्धानहरू समर्थन गर्न यस्तो संस्थाको सिर्जना गरेको थियो।
पहिले बेन्जले दोहोरो जीवन बिताएका थिए। उनी दिनमा न्यूयोर्कमा कर्पोरेट वकिलका रुपमा काम गर्दथे । आफ्नो अफ–अवरमा, उनले सामाजिक मिडिया अवतार, फ्रेम गेम रेडियो अन्तर्गत अनलाइनका लागि काम गर्दथे । जनु अनलाइनले ‘स्वतन्त्र अभिव्यक्ति विरुद्धको पूर्ण युद्ध’ विरुद्ध आवाज उठाउने अभियान चलाएको थियो, जहाँ जातिवादी र विरोधी पोस्टहरू उत्पादन गर्दथ्यो ।
फ्रेम गेमले आफूलाई ‘पश्चिमी चाउभिनिस्ट’ समूह द प्राउड ब्वाइजको एक पटकको सदस्य र यहूदीको रूपमा आफ्ना भिडियो र अन्य पोष्टहरूबाट चिनाएको थियो । जब उयसलाई र यस्तै अरूलाई सोशल मिडिया कम्पनीहरूले निलम्बित गरे, त्यहीकारण यसले यहूदी समूहहरूलाई दोष दिन्थ्यो स। बढ्दो जनसांख्यिकीय ‘रुपमा ह्वाइट नरसंहारू बारेको चेतावनीलाई , ‘गोरा समर्थक कुनै पनि कुरालाई जातिवादी भनिन्छस भने कुनै पनि ह्वाइट सकारात्मक भनेको जातिवादी हो।’ फ्रेम गेमले भनेको थियो ।
यसबारेमा बेन्जलाई टिप्पणीका लागि अनुरोध गरिए पनि उनले जवाफ दिएनन्। एनबीसी न्युजले गत शरद ऋतुमा फ्रेम गेमका बारेमा पहिलो पटक रिपोटिंग गरेपछि, बेन्जले ‘सीमित रूपमाू त्यो एकाउन्टमा योगदान गरेका थियो, त्यो ‘एक डिरेडिकलाइजेशन परियोजना’ थियो । यसको उद्देश्य बारेमा उनले लेखेका थिए ‘यहूदीहरूद्वारा यहूदीहरूलाई घृणा गर्ने मानिसहरूलाई, यहूदीहरूलाई घृणा गर्न रोक्नको लागि।’
बेन्ज, २०१८ को अन्त्यतिर, आवास र शहरी विकास सचिव बेन कार्सनको लागि भाषण लेखकको रूपमा ट्रम्प प्रशासनमा सहभागि भएका थिए । बेन्जका पोष्टहरूमा एक सहकर्मीद्वारा पत्ता लगाएर विभाग व्यवस्थापनमा ल्याएका थिए । एक पूर्व अधिकारीका अनुसार उनले कर्मचारीको विषयमा छलफल गर्दा आफ्नो नाम न छाप्ने कुरामा जोड दिएका थिए ।
ट्रम्प र बाइडेन बीचको चुनावी पारो चर्कंदै गर्दा उनी ह्वाइट हाउसमा मिलरको भाषण–लेखन टोलीमा सामेल भएका हुन् । उनी त्यहाँ ट्रम्पलाई सत्तामा राख्ने प्रयासको शुरुवाती दिनहरूमा रहेका थिए र कंग्रेस अन्वेषकहरूद्वारा गवाही सङ्कलन र रेकर्डहरूका अनुसार, चुनावी जालसाजी देखाउन सक्ने तथ्याङ्कीय विसंगतिहरूको खोजीमा संलग्न थिए, जसमध्ये केही पहिलो पटक क्रिस्टन रुबी(एक सामाजिक मिडिया र सार्वजनिक सम्बन्ध रणनीतिकार) द्वारा खुलासा भएका थिए।
नोभेम्बर २०२० को अन्तमा, बेन्जलाई अचानक राज्य विभागमा अन्तर्राष्ट्रिय सञ्चार र सूचना नीतिका लागि सहायक सचिवको रूपमा सरुवा गरिएको थियो । उनले कस्तो भूमिका खेले भन्ने कुरा भने स्पष्ट छैन। बेन्जले दावी गरेका छन् कि उनले दुई महिना भन्दा कम समयका लागि काम गरेको अनुभले उसलाई साइबर नीतिमा विशेषज्ञता दिएको छ।जब एक रूढीवादी वेबसाइटमा मिस्टर बेन्कोजका बारेको एक रिपोर्टले राष्ट्रिय ध्यान तानेको थियो । २०२२ मा यसका बारेमा समाचार छापिएको थियो। त्यसको चार दिन पछि, मिस्टर स्मिटको कार्यालयले वाशिंगटन विश्वविद्यालय र अरूलाई सरकारसँगको उनीहरूको सम्पर्कका बारेमा जानकारीको लागि आफ्नो रेकर्डको अनुरोध गरेको थियो ।
श्मिटले छिट्टै आफ्नो मुद्धामलाई परिमार्जन गर्न मिस्टर बेन्जको कामको विवरण र नयाँ, फराकिलो दावीलाई जोड्न लगभग पाँच पृष्ठहरूको विवरण समावेश थियो : मुद्धालाई प्रभावकारी रूपमाअघि बढाउन उनलाई नियुक्त गरिएको थियो । सरकारले प्लेटफर्महरूमा दबाब मात्र दिइरहेको थिएन, तर यसले निजी अनुसन्धानकर्ताहरूलाई ूपहिलो संशोधन र अन्य कानुनी प्रतिबन्धहरू बेवास्ता गर्नू पनि दबाब बढाइरेहका थिए ।
यो योजना, बेन्ज महासयले भने, ‘२०२२ र २०२४ चुनावका लागि महत्वाकांक्षी दृश्यहरू थिए।’
‘एक पल’….
अक्टोबर २०२२ मा, एलन मस्कले ट्विटरको आफ्नो खरिद गरे । उनले प्लेटफर्मलाई निर्बाध बहसको लागि एउटा फोरम बनाउने वाचा गरे ।
उनले तुरुन्तै ट्रम्प महासयका खातामा लगाइएको प्रतिबन्धलाई उल्टाए – यसलाई ‘नैतिक रूपमा गलत’ भने – र उनका धेरै अनुयायीहरूका खाता निलम्बन गर्ने नियमहरूलाई समेत ढीलो र कमजोर बनाए ।
उनले ट्वीटरको अघिल्लो व्यवस्थापनले पनि सरकारी अधिकारीहरूलाई स्वेच्छाले सहयोग गरेको प्रमाणित गर्न उल्टो कोशिश गरे । उनले म्याट ताइबी र माइकल शेलेनबर्गर मध्येका लेखकहरूको चयन गर्नका लागि समूहभित्र आन्तरिक कम्पनी सर्कुलर जारी गरे ।
परिणामस्वरूप यो परियोजना, जुन ट्विटर फाइलहरू का नामले चिनिन थाल्यो, हन्टर बाइडेनको ल्यापटपको बारेका पोस्टहरुको पहुँचलाई सीमित गर्ने ट्विटरको निर्णयको अनुसन्धान गर्ने किस्तबाट सुरु भयो।
त्यो प्रेषणका लेखक, ताइबीले निष्कर्ष निकालेका छन् : ट्विटरलाई ‘एफबीआइ बाट सामान्य चेतावनीहरूको पाएपछि आफ्नो लेखाईको रफ्तारलाई सीमित गरेका थिए, विशेषगरी रसियाले २०२० को चुनावमा प्रभाव पार्ने प्रयास गर्न ह्याक गरिएका सामग्रीहरू चुहावट भएपछि पत्ता लागेको हो । यद्यपि उनी ट्विटरमा अघिल्लो नेतृत्वको आलोचना गर्दै रिर्पोट गरेका थिएः सरकारको प्रत्यक्ष संलग्नताको कुनै प्रमाण देखिएन ।
मार्च २०२३ मा, बेन्ज यो मामिला सामेल भएको देखियो । ताइबी र बेन्ज दुबै जुन जनवरी ६ को दंगा अघि ट्रम्पको र्यालीको आयोजक जेनिफर लिन लरेन्सले सह–होस्ट गरेको ट्विटरमा लाइभको छलफलमा भाग लिएका थिए ।
तैइबीले आफ्नो कामको वर्णन गर्दा, बेन्ज रिसले झोक्किंदै भने – मलाई विश्वास छ मसँग यो पहलेलीका सबै हराएको टुक्राहरू(कुराहरु) छन्।ू
त्यहाँ धेरै फराकिलो अवस्था थियो ‘सेन्सरशिपको स्केल संसारले पहिले कहिल्यै अनुभव गरेको थिएन,’ उनले ताइबीलाई भने, जसले फलोअप गर्ने योजना बनाएका थिए। ‘बादल फुट्यो, र सूर्यको किरण आकाशबाट फुट्यो,’ उनले पोडकास्टमा भने। ‘यो यस्तो छ, ओहो, मेरो भगवान, यो केटा बाटोमा छ, खरगोशको प्वालबाट धेरै तल परेको प्वाल हामीलाई थाहा थिएन।’
कांग्रेसको मञ्च
त्यो अनलाइन बैठकको एक हप्तापछि, ताइबी र शेलेनबर्गर, क्यापिटल हिलको घटनाका बारेमा संघीय सरकारको बनाएको हतियारीकरण सम्वन्धी छानविन चयन उपसमितिका लागि मुख्य(स्टार) साक्षीको रूपमा देखा परे ।
बेन्ज महासय तिनीहरूको पछाडि बसेर उनीहरूको निष्कर्षको केन्द्रीय सारका विस्तृत अंशहरू सुन्दै थिएः यो प्रजातान्त्रिक अधिकारहरूसँग स्वतन्त्र अभिव्यक्तिलाई सन्तुलनमा राख्ने अपूर्ण प्रयास होइन तर राज्य–प्रायोजित विचार–पोलिसिङ प्रणाली थियो ।
शेलेनबर्गरले आफ्नो लिखित गवाहीको शीर्षक दिए, ‘सेन्सरशिप औद्योगिक परिसर।’
सन् २०२३ मा रिपब्लिकनले सदनमा नियन्त्रण कायम गरेपछि(बहुमत प्राप्तगरेपछि) सोसियल मिडिया कम्पनीहरूले रूढिवादीहरू विरुद्ध गरेका कार्यहरूका साथै अन्य कुराहरूका बारेमा छानबिन गर्ने जनादेशसहित समिति गठन गरिएको थियो।
यसको नेतृत्व जोर्डन महोदलले गरेका थिए, उनी बाइडेनको विजयको प्रमाणीकरणलाई रोक्ने प्रयासको नेतृत्व गर्नहरु मध्येका एक थिए, उनी अमेरिकाको पहिलो कानुनी मामिलामा काम गरेका मिलरसँगै थिए ।
‘त्यहाँ अदालतमा उपस्थित हुने दिएका आदेशहरु छन् जो दैनिक, साप्ताहिक आधारमा तोकिन्छन्,’ भन्ने कुरा मिलरले समितिको रणनीतिसँग परिचितता देखाउँदै सदनको रिपब्लिकन नियन्त्रणको पहिलो दिनमा फक्स न्यूजसंग कुरा गर्दै सर्वजनिक गरेका थिए ।
जोर्डनको समितिले चाँडै नै निर्वाचन अखण्डता साझेदारीमामा संलग्न सबै, साथै सरकारी एजेन्सीहरू र निजी अनुसन्धानकर्ताहरूबाट कागजातहरू जम्मा गरेका थिए ।
मिलरले मिसौरी बनाम बाइडेनमा निजी वादीहरूको तर्फबाट आफ्नै संघीय मुद्धामा पछ्याए, मिसौरीका पूर्व सोलिसिटर जनरल डी. जोन साउरसँग फाइल गरे , जसले त्यो मुद्दाको नेतृत्व गरेका थिए। (हालसालै, साउरले सर्वोच्च अदालतमा ट्रम्पको प्रतिनिधित्व गरेका छन्।)
सदनका डेमोक्र्याटहरू र कानुनी विशेषज्ञहरूले सहयोगलाई सम्भावित अनैतिक रूपमा प्रश्न गरे। यस मुद्दामा संलग्न वकिलहरूले दाबी गरेका छन् कि उपसमितिले अमेरिका फर्स्ट लीगललाई आफ्नो निजी मुद्दामा प्रयोग गर्नका लागि बन्द ढोका पछाडि आयोजित अन्तर्वार्ताका छनौट अंशहरू लीक गरेको छ।
समितिले दायर गरेको एक एमिकस व्रिफिंगको तथ्यलाई गलत ढंगले प्रस्तुत गर्यो र नागरिक प्रक्रियाले संघीय नियमहरूको उल्लङ्घन गरेको हुनसक्ने प्रमाणहरू हटाइएको थियो, न्यूयोर्कका प्रतिनिधि जेरोल्ड नाडलरले जोर्डनलाई ४३ पृष्ठको पत्रमा लेखेका थिए ।
समितिका प्रवक्ताले भन्छन् यो पत्रले ‘पहिलो संशोधनमा बाइडेन प्रशासनको आक्रमणको रक्षा गर्न समितिमा उपलब्ध प्रमाणहरूलाई जानाजानी गलत रूपमा प्रस्तुत गर्दछ।’
पाँचौं सर्किटको लागि अमेरिकी अपील अदालतमा दायर गरिएको एमिकस ब्रीफ, मिस्टर मिलरको कानुनी फाउन्डेसनका वकिलद्वारा ड्राफ्ट गरिएको थियो।
मिलरलालाई टिप्पणीका लागि गरिएको अनुरोधको जवाफ दिएनन्।
एक चिसो प्रभाव
२०२३ को गर्मीसम्म, कानुनी र राजनीतिक प्रयासले प्रभाव पारेको थियो।
इलेक्शन इन्टिग्रिटी पार्टनरसिपमा संलग्न संस्थाहरूले गरेको अनुरोधहरूको झन् चिसोपनको सामना गर्नुपरेको थियो र, यदि तिनीहरूले अस्वीकार गर्दै भने, कुनै पनि इमेल, टेक्स्ट सन्देश वा २०१५मा सरकार वा सोशल मिडिया कम्पनीहरू संलग्न भएका अन्य जानकारीको लागि अदालतले दिएका अनिवार्य प्रसस्तुत हुनु पर्ने आदेशहरु थिए ।
नियम पालना गर्दा समय र पैसा खर्च हुन्छ । कानुनी कारबाहीको धम्कीले गदौ दाताहरूबाट कोष खुम्चियो – जसमा परोपकारी, निगमहरू र सरकारका सहयोगहरु समेत समावेश छन् – अनलाइनमा काम गर्न का लागि कानुनी कारबाही र राजनीतिक धम्कीहरूको सामना गर्ने बारे चिन्तित अनुसन्धानकर्ताहरूमा डर छ।
कानुनी कारवाहीको डरले आफ्नो नाम न छाप्ने सर्तमा बोल्दै ती मध्येका एकजना वरिष्ठ विश्लेषकले भने, “तपाईंसँग धेरै संस्थाहरूले यो अनुसन्धान गरिरहेका छन् । ‘अब, त्यहाँ कोही पनि छैन।’
बाइडेन प्रशासनले पनि आफ्नो हात बाँधिएको पाएको थियो। जुलाई ४,२०२३ मा, न्यायाधीश डोटीले एक व्यापक आदेश जारी गरे ।त्यमा उल्लेख गरिएको थियो– सरकारले प्लेटफर्महरूमा पुग्न वा सामाजिक सञ्जाल सामग्रीको अनुगमन गर्ने बाहिरी समूहहरूसँग काम गर्न सक्दैन, परिस्थितिको एक सेट बाहेक, गलत सूचनालाई सम्बोधन गर्न सक्दैन ।
यो फैसला मिसौरी मुद्दाका केही वादीहरूले अपेक्षा गरेको भन्दा बढि थियो । न्यायाधीश डोटीले मिस्टर बेन्जद्वारा प्रमोट गरिएको गलत तथ्याङ्क पनि दोहोर्याए : साझेदारीले ट्विटरमा मात्र ११मिलियन सन्देशहरू फ्ल्याग गरेको थियो, उनले किटान गरे । वास्तवमा, यसले ६००० भन्दा कम फ्ल्याग गरेको थियो।
बाइडेन प्रशासनले अपील गरेको थियो ।
न्यायाधीशले भने : प्रशासनले अझै पनि विदेशी चुनावी हस्तक्षेप वा मतदान आवश्यकताहरूको बारेमा भ्रामक पोष्टहरू रोक्नको लागि कदम चाल्न सक्छ, तर यो अस्पष्ट थियो ‘अमेरिकी जनता र हाम्रो लोकतान्त्रिक प्रक्रियालाई गम्भीर हानी रोक्नको लागि सामाजिक सञ्जाल कम्पनीहरूसँग पहल नगरी कसरी कुराकानी गर्न सक्छ।’ सरकारले आफ्नो अपीलमा जोड दिएको भनेको थियो
सेप्टेम्बरमा, युएस कोर्ट अफ अपील अफ फिफ्थ सर्किटले आदेशलाई उल्लेखनीय रूपमा फिर्ता लियो, तर अझै पनि सरकारले पहिलो संशोधनको सीमा नाघेको पत्ता लगाएको थियो । त्यो मुद्दा सर्वोच्च अदालतमा पठाइयो, जहाँ न्यायाधीशहरूले भर्खरै सोशल मिडियामा सरकारी घुसपैठ हुन्छ भन्ने बारेमा गहिरो आपत्ति व्यक्त गरेका छन् ।
अदालतको निर्णय अघि, सरकारका प्राय एजेन्सीहरूले राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा कानुनी र राजनीतिक नतिजाको डरले सोशल मिडिया कम्पनीहरूसँग कुराकानी गर्न बन्द गरेका छन्, नाम न छाप्ने सर्तमा धेरै सरकारी अधिकारीहरूका ले भनेका छन् उनीहरु पछि हटेका छन्।
एक विज्ञप्तिमा, साइबर सुरक्षा र पूर्वाधार सुरक्षा एजेन्सीका वरिष्ठ सल्लाहकार केट कोन्लीले भनेका थिएः विभागले अझै पनि ‘विदेशी कलाकारहरूले निम्त्याउने जोखिमहरू’ विरुद्ध लड्न साझेदारीलाई सुदृढ गर्दैछ। उनले भनिन्ः घरमा अनलाइन धम्कीलाई सम्बोधन गर्न सिकएन ।
प्लेटफर्महरू पनि पछि हटेका छन्। फेसबुक र युट्युबले २०२० को चुनाव चोरी भएको दाबी गर्ने सामग्रीमाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। विगतका प्रयासहरू सुस्त भए पनि रोकिएनन् भन्ने गलत सूचनाको धारा झनै बलियो भएर फेरि सुरु भएको छ ।
‘सेन्सरशिप उद्योगको त्यो अन्योलपूर्ण अवधि’ को अन्त्यको स्वागत गर्दै बेन्ज महोदलयले नयाँ सेलिब्रेटी भेट्टाउनुभएको छ, टकर कार्लसन । ऊ रसेल ब्रान्डसँग अन्तर्वार्ताको लागि बसिरहेको छ। उनको षडयन्त्र सिद्धान्तहरू, पेन्टागनको टेलर स्विफ्टको प्रयोगको बारेमा जस्तै, फक्स न्यूजमा प्रसारित भएको छ र धेरै रिपब्लिकनहरूको लागि कुरा गर्ने बिन्दु बनेको छ।
तर्कका हिसाबले सबैभन्दा ठूलो विजेता, ट्रम्प महोदय बनेका छन् । जसले आफूलाई आफ्नो आन्दोलनलाई थुन्ने ठूलो षड्यन्त्रको शिकार र बदला लिने व्यक्तिको रूपमा प्रस्तुत गर्दछन्।
बाइडेन महोदय ‘संसारमा सबैभन्दा परिष्कृत सेन्सरशिप र सूचना नियन्त्रण उपकरण निर्माण गर्दै हुनुहुन्छ,ू ट्रम्प महोदले गत हप्ता एक अभियान ईमेलमा आगो ओकलेका छन , ‘अमेरिकी अभिव्यक्ति स्वतन्त्रतालाई कुचल्नका लागि ‘!
: न्युयोर्क टाइम्सबाट
प्रतिक्रिया दिनुहोस्