ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैवाहिक भोजमा भएको विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो


एबीसी न्यूज

भारत, ७ फागुन।  भारतको पश्चिमी राज्य राजस्थानको बेअवर शहरमा गत शुक्रबार एक वैवाहिक भोज चलिरहेका वेला भएको विष्फोटमा परी हराएका थप नौ जनाको मृत शरीरलाई आइतबार उद्धार गरिएको भारतीय अधिकारीले जनाएका छन् ।

उक्त वैवाहिक समारोहमा सहभागीमध्ये नौ जनाको मृत शरीरलाई घटनास्थलबाट शनिवार साँझसम्म उद्धार गरिएको थियो ।

राति वैवाहिक भोज चलिरहेका समय ग्यास सिलिण्डर विष्फोट हुँदा भोजस्थान भइरहेको भवन भत्किनुका साथै ठूलो आगलागी भएको थियो ।

भारतीय सेनाको सहयोगमा जारी उद्धारका क्रममा महिला तथा बालबालिकासहित थप नौ जनाको मृत शरीर भग्नावशेषभित्रबाट निकालिएको छ ।

“अहिले (आइतबार अपरान्ह्)सम्म घटनास्थलबाट १८ शव निकालिएको छ,” अजमरका वरिष्ठ प्रशासकीय अधिकारी गौरव गोयलले भन्नुभयो ।

घटनास्थलबाट पाँच जनालाई आगोले पोलेर गम्भीर घाइते भएको अवस्थामा उद्धार गरिएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको गोयलले एएफ्पीलाई बताउनुभयो ।

घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरबाट २०० किलोमिटर टाढा पर्छ । विस्पोटका कारण तीनतले भवन पूर्णतया क्षतिग्रस्त भएको छ ।

राजस्थानका मुख्यमन्त्री बसुन्धरा राजेले विस्पोटमा घाइते भई अस्पतालमा उपचाररत सवै विरामीलाई शनिबार साँझ नै भेट्नुभएको थियो । उहाँले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख बराबरको क्षतिपूर्तिको घोषणा गर्नुभएको छ ।

भारतमा खाना पकाउने ग्यास प्रयोगमा आवश्यक सुरक्षा नअपनाइदा पटक पटक यस्ता विष्पोटका घटना हुनेगरेका छन् । यद्यपि विस्पोटका कारण ठूलो सङ्ख्यामा नागरिकले ज्यान गुमाएका घटना भने कम सुनिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com