ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री चढेको हेलिकप्टर दूर्घटना


एबीसी न्यूज

मेक्सिको ६ फागुन । उच्च अधिकारीहरु बोेकेको एक हेलिकप्टर मेक्सिकोमा दूर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा १४ जनाको ज्यान गएको छ । हेलिकप्टरमा सवार अधिकारीहरु शुक्रबार गएको भूकम्पको असर अवलोकनका लागि त्यसको केन्द्रविन्दु नजिकको शहर गएका थिए ।

 

मेक्सिकोको गृह मन्त्री र दक्षिण–पश्चिम ओहाका राज्यका गर्भनर पनि सो हेलिकप्टरमै थिए । तर, दुवै जना सकुशल रहेका छन् । अवतरणको समयमा हेलिकप्टरका पाइलटले नियन्त्रण गुमाएको गृहमन्त्री अलफोन्सो नेभ्यारेटेले भने ।

७।२ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु ओहाका थियो तर त्यसले ३५० किलोमिटर टाडा मेक्सिको सिटीका भवनहरु पनि हल्लिएका थिए ।
अधिकारीहरुका अनुसार सो सैन्य हेलिकप्टर भूकम्पबाट बचेर सुरक्षित बासको लागि नजिकको चौरीतर्फ गइरहेका मान्छे चढेका भ्यानहरुमाथि खसेको थियो । प्रहरी अधिकारीका अुनुसार सो दुर्घटनामा एक छ–महिनाको शिशुसहित चौध मानिसको ज्यान गएको छ ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाको सयम रातको समय थियो र गाँउमा विजुली पनि थिएन । हेलिकप्टर अवतरण गर्नु अघि आकासमा धेरै चक्कर लगाएकाले धुलो उडेको अवस्था थियो । यसले गर्दा ‘भीजीवीलीटी’ झनै कमजोर भएको थियो ।

मर्नेमध्य हेलिकप्टरमा सवार पनि थिए कि भनेर अझै प्रष्ट भइसकेको छैन तर नेभ्यारेटेले हेलिकप्टरमा रहेका मध्य केही घाइते भएको बताए ।

शुक्रबार आएको भुकप्पको केन्द्र पिनोटेपा डे डन लुइस शहर नजिक जमिनभन्दा २४।६ कि।मी।मुनि रहेको थियो । यसले भूकम्पले केही भवनहरुलाई असर गरेको छ । कम्पनपछि मेक्सिको सिटीमा हजारौं मानिसहरु सडकमा निस्किएका थिए । यसले गर्दा यातायात केही समय अवरुद्ध भएको थियो ।

अघिल्लो सेप्टेम्बर मेक्सिकोमा आएका दुई अलग भूकम्ममा परि सयौं मानिसको ज्यान गएको थियो । मेक्सिको विश्वको सबैभन्दा सक्रिय भूकम्पिय क्षेत्रमा रहेको छ । यो पृथ्वीका सबैभन्दा ठूला तीन टेक्टोनिक प्लेटहरु उत्तर अमेरिकी, कोकोस र प्यसिफिक प्लेटमाथि रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com