ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ मा भएन निर्बिरोध, उपसभामुखमा भोली निर्वाचन हुने


sharan sharan
फाल्गुन ५, २०७४ शनिबार  ३ : ४८ बजे

बुटवल, ५ फागुन ।
अधिकांश सबै प्रदेशहरुमा सबै संबैधानीक पदहरुमा निर्बिरोध भएको भएपनि प्रदेशनम्बर ५ को उपसभामुख पदमा भने निर्वाचन हुने भएकोछ ।
बाम गठबन्धनको तर्फबाट एमाले प्रदेशसभा सदस्य कृष्णी थारुले उपसभामुख पदमा दर्ता गराउनुभएको उम्मेदवारी बिरुद्ध नेपाली कांगे्रसको तर्फबाट कपिलवस्तुकी रिना नेपाल बिकले उम्मेदवारी दर्ता गराएपछि ५ नम्बर प्रदेशको उपसभामुखमा निर्वाचन हुने भएका हो ।
गठबन्धनकी उम्मेदवार थारुले बिहान १० बजेर ३० मिनटमा उम्म्ेदवारी दर्ता गराउनुभएको थियो भने कांग्रेस उम्मेदवार बिकले १२ बजेर ५० मिनटमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । प्रदेश संसद सचिवालयले आज १० बजेबाट २ बजे सम्म्का लागि उम्म्ेदवारी दर्ता गर्ने समय तोकेको थियो ।
प्रदेश संसद सचिवालयका सचिव मान बहादुर बिकले २ जना माननिय सभासदको उम्मेदवारी दर्ता गराउनु भएको र मत बिभाजनका आधारमा सचिवालयले निर्वाचन गराई भोलि उपसभामुख निर्वाचित हुने जानकारी दिनुभयो ।
उम्मेदवारी दर्ता लगत्तै पत्रकारहरुसंग कुरा गर्दै एमालेका तर्फबाट बर्दियाबाट समानुपातिक सभासद कृष्णी थारुले सबै दललाई समेटेर प्रदेशलाई समृद्दितर्फ लैजान आफ्नो भुमिका हुने बताउनुभयो ।
उता कांग्रेसको तर्फबाट कपिलवस्तुकी समानुपातिक प्रदेशसभा सदस्य रिना नेपाल बिकले संबिधानले उपसामुख र सभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने ब्यवस्था गरेको र एमाले माओबादी एक भएपछि उपसभामुख कांग्रेसले पाउनुपर्ने दाबी गर्नुभयो ।
संबिधानको १८२ मा संसदको सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने ब्यवस्था गरेको छ । बाम उम्मेदवारको उम्मेदवारीमा एमाले मुख्य सचेतक भुमिश्वर ढकाल र माओबादी मुख्य सचेतक दधिराम न्यौपाने प्रस्तावक र समर्थक छन् भने कांग्रेस उम्मेदवारको प्रस्तावकमा सुरेन्द्र बहादुर हमाल र समर्थकमा रमा घिमीरे समर्थक बसेकाछन् ।
प्रदेश नम्बर ५ मा एमालेको ४१, माओबादी केन्द्रको २० र कांग्रेसबाट १९ जना प्रदेश सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com