ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामाथिको मानवताविरुद्धको अपराध रोक


ABC NEWS

– अरुन्धती रोय :यहुदी, मुसलमान, इसाई, हिन्दु, कम्युनिस्ट, आस्तिक र नास्तिक, संसारमा लाखौँ मानिसले सडकमा जुलुस निकालिरहेका छन् । गाजामाथिको आक्रमण तत्काल बन्द गर्न माग गरिरहेका छन् । यी असंख्य मानिससँग आफ्नो आवाज नमिसाई म कुनै सार्वजनिक मञ्चमा आउन सक्दिनँ । होइन, जर्मनीमा पनि होइन, जहाँ मेरोजस्तो विचार एक तरिकाले प्रतिबिन्धित छ भन्ने मलाई थाहा छ ।
हाम्रो व्यक्तिगत जिन्दगीको अन्तरंग कुनामा ‘लाइभस्ट्रिम’ भइरहेको यो खुलेआम हत्यालाई जारी रहन दियौँ भने हामी पनि यसको भागीदार बनिरहेका छौँ । हाम्रो नैतिक जीवन सधैँसधैँका लागि टुट्नेछ ।

अस्पतालमा बम खसालिँदै छ, दशौँ लाख मानिस आफ्नो घरबाट लखेटिएका छन् । भग्नावशेषमुनिबाट बच्चाको लास निकालिँदै छ । के हामी चुपचाप उभिएर यस्तो दृश्य हेरिरहने ? नागरिकको सम्मान र मानवीय हैसियतलाई धरतीबाटै मेटाउने प्रयास भइरहँदा हामी एकपल्ट फेरि यसलाई मौन सहने ?
वेस्ट बैंकमा इजरायली कब्जा र गाजाको घेराबन्दी मानवताविरुद्धको अपराध हो । अमेरिका र अन्य देश यस अपराधको बराबर भागीदार हुन्, जसले यसलाई कब्जा गर्न सम्पत्ति र हतियार उपलब्ध गराए । अहिले हामी जुन भयको साक्षी बनिरहेका छौँ, याे हमास र इजरायलद्वारा गरिएको नागरिक स्वतन्त्रतामाथिको निर्लज्ज घेराबन्दी र कब्जाको नतिजा हो ।
चाहे दुवै पक्षद्वारा गरिने क्रूरतालाई जस्तोसुकै नाम दिइएको होस्, उनीहरूको ज्यादतीको जति निन्दा गरे पनि कम हुन्छ । झुटो रूपमा चाहे जति नै बताए पनि उनीहरूको अत्याचारको मापन गर्ने हो भने बराबरी नै हो । यो कुनै समाधानसम्म पुग्न सक्दैन । यो भयावहतालाई जन्म दिने चीज नै कब्जा हो ।
कब्जाले नै अपराध गर्ने र त्यो अपराधको निशाना बन्ने, दुवै पक्षमाथि हिंसा गरिरहेको छ । यसका पीडित मरिसकेका छन्, यसका अपराधीले अब अपराधका साथ जिउनुपर्नेछ । र, उसका आउँदा पिँढीले पनि ।
यसको समाधान कुनै फौजी कारबाहीबाट निस्कन सक्दैन । यो एउटा राजनीतिक हल नै हुन सक्छ, जसमा इजरायली र प्यालेस्टाइनी दुवै पक्षले नै एकसाथ वा एकअर्काका साथसाथ रहनुपर्नेछ, सम्मानका साथ, समान अधिकारका साथ ।
संसारले यसमा हस्तक्षेप गर्न आवश्यक छ । यो कब्जाको अन्त्य जरुरी छ । प्यालेस्टाइनीले वास्तवमै एक राष्ट्र पाउनुपर्छ । नभए पश्चिमी सभ्यताको नैतिक महल ढल्नेछ । यो सधैँ एक/दुईमुखे चीज थियो, हामीलाई थाहा थियो । तर, त्यसमा पनि एक किसिमको शरण मिल्थ्यो । त्यो शरण हाम्रो आँखाको सामुन्ने समाप्त भइरहेको छ । त्यसैले प्यालेस्टाइन र इजरायलका लागि, जो जिउँदो छन्, उनीहरूका लागि, जो मारिए, उनीहरूको नाममा, हमासको हातमा बन्धक बनाइएका मानिसका लागि र इजरायली जेलमा कैदी जीवन बिताइरहेका प्यालेस्टाइनीका खातिर, सिंगो मानवीयताका लागि, गाजामाथिको आक्रमण तत्काल बन्द होस् ।
शनिबार, मंसिर २३, २०८०।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com