ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामाथिको मानवताविरुद्धको अपराध रोक


ABC NEWS
मंसिर २३, २०८० शनिबार  ८ : १६ बजे

– अरुन्धती रोय :यहुदी, मुसलमान, इसाई, हिन्दु, कम्युनिस्ट, आस्तिक र नास्तिक, संसारमा लाखौँ मानिसले सडकमा जुलुस निकालिरहेका छन् । गाजामाथिको आक्रमण तत्काल बन्द गर्न माग गरिरहेका छन् । यी असंख्य मानिससँग आफ्नो आवाज नमिसाई म कुनै सार्वजनिक मञ्चमा आउन सक्दिनँ । होइन, जर्मनीमा पनि होइन, जहाँ मेरोजस्तो विचार एक तरिकाले प्रतिबिन्धित छ भन्ने मलाई थाहा छ ।
हाम्रो व्यक्तिगत जिन्दगीको अन्तरंग कुनामा ‘लाइभस्ट्रिम’ भइरहेको यो खुलेआम हत्यालाई जारी रहन दियौँ भने हामी पनि यसको भागीदार बनिरहेका छौँ । हाम्रो नैतिक जीवन सधैँसधैँका लागि टुट्नेछ ।

अस्पतालमा बम खसालिँदै छ, दशौँ लाख मानिस आफ्नो घरबाट लखेटिएका छन् । भग्नावशेषमुनिबाट बच्चाको लास निकालिँदै छ । के हामी चुपचाप उभिएर यस्तो दृश्य हेरिरहने ? नागरिकको सम्मान र मानवीय हैसियतलाई धरतीबाटै मेटाउने प्रयास भइरहँदा हामी एकपल्ट फेरि यसलाई मौन सहने ?
वेस्ट बैंकमा इजरायली कब्जा र गाजाको घेराबन्दी मानवताविरुद्धको अपराध हो । अमेरिका र अन्य देश यस अपराधको बराबर भागीदार हुन्, जसले यसलाई कब्जा गर्न सम्पत्ति र हतियार उपलब्ध गराए । अहिले हामी जुन भयको साक्षी बनिरहेका छौँ, याे हमास र इजरायलद्वारा गरिएको नागरिक स्वतन्त्रतामाथिको निर्लज्ज घेराबन्दी र कब्जाको नतिजा हो ।
चाहे दुवै पक्षद्वारा गरिने क्रूरतालाई जस्तोसुकै नाम दिइएको होस्, उनीहरूको ज्यादतीको जति निन्दा गरे पनि कम हुन्छ । झुटो रूपमा चाहे जति नै बताए पनि उनीहरूको अत्याचारको मापन गर्ने हो भने बराबरी नै हो । यो कुनै समाधानसम्म पुग्न सक्दैन । यो भयावहतालाई जन्म दिने चीज नै कब्जा हो ।
कब्जाले नै अपराध गर्ने र त्यो अपराधको निशाना बन्ने, दुवै पक्षमाथि हिंसा गरिरहेको छ । यसका पीडित मरिसकेका छन्, यसका अपराधीले अब अपराधका साथ जिउनुपर्नेछ । र, उसका आउँदा पिँढीले पनि ।
यसको समाधान कुनै फौजी कारबाहीबाट निस्कन सक्दैन । यो एउटा राजनीतिक हल नै हुन सक्छ, जसमा इजरायली र प्यालेस्टाइनी दुवै पक्षले नै एकसाथ वा एकअर्काका साथसाथ रहनुपर्नेछ, सम्मानका साथ, समान अधिकारका साथ ।
संसारले यसमा हस्तक्षेप गर्न आवश्यक छ । यो कब्जाको अन्त्य जरुरी छ । प्यालेस्टाइनीले वास्तवमै एक राष्ट्र पाउनुपर्छ । नभए पश्चिमी सभ्यताको नैतिक महल ढल्नेछ । यो सधैँ एक/दुईमुखे चीज थियो, हामीलाई थाहा थियो । तर, त्यसमा पनि एक किसिमको शरण मिल्थ्यो । त्यो शरण हाम्रो आँखाको सामुन्ने समाप्त भइरहेको छ । त्यसैले प्यालेस्टाइन र इजरायलका लागि, जो जिउँदो छन्, उनीहरूका लागि, जो मारिए, उनीहरूको नाममा, हमासको हातमा बन्धक बनाइएका मानिसका लागि र इजरायली जेलमा कैदी जीवन बिताइरहेका प्यालेस्टाइनीका खातिर, सिंगो मानवीयताका लागि, गाजामाथिको आक्रमण तत्काल बन्द होस् ।
शनिबार, मंसिर २३, २०८०।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

सम्बन्धित

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

रुकुमपूर्वमा प्रचण्ड : मर्निङ वाक, स्थानीयको घरमा खाजा र पहिलो चुनावी सभा (फोटो फिचरसहित)

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com