काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित राजमार्ग निजकै दुई वटा शव भेटिएको छ ।
सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मृतकहरुको को सनाखत हुन सकेको छैन । अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने शवको प्रकृति हेर्दा अन्यत्रै घटना घटाएर शव ल्याएर फालेको हुनसक्ने प्रहरी अनुमान छ ।


















प्रतिक्रिया दिनुहोस्