काठमाडौं, २८ माघ । सात प्रदेशमध्ये ६ वटा प्रदेशका भावी मुख्यमन्त्री को हुने भन्ने निश्चित भैसकेको छ । प्रदेश ४ को भावी मुख्यमन्त्रीको टुंगो आज आइतबार लाग्दैछ ।
एमालेले प्रदेश ४ को प्रदेशसभाका लागि आफ्नो संसदीय दलको नेता आइतबार चयन गर्न लागेको हो । नेताहरु पृथ्वी सुब्बा गुरुङ्ग र किरण गुरुङ्गले दाबी नछोडेपछि प्रदेश संसदीय दलमा चुनावबाट दलको नेता चयन गर्न लागिएको एमालेले जनाएको छ ।
नेता पृथ्वी एमाले अध्यक्ष केपी ओली र किरण नेता माधव नेपाल पक्षका मानिन्छन् । एमाले संसदीय दलको नेता चुनिने व्यक्ति प्रदेश ४ को मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ ।
संवैधानिक व्यवस्थाअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुनेछन् । एमाले र माओवादीबीच ४ नम्बर प्रदेशको मुख्यमन्त्री एमालेले पाउने सहमति भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस्