ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबाल बचे यातायात कार्यालयका प्रमुख (भिडियो)


admin
श्रावण ४, २०७४ बुधबार   ७ : ३८   बजे

काठमाडौं । मंगलबार विहान ११ बजे एबीसी न्यूजको टीम यातायात व्यवस्था कार्यालय रवारी चालक अनुमति पत्र विरण केन्द्र कागमतीको कार्यालय एकान्तकुना पुगेको थियो ।

हाम्रो टीम एकान्तकुना पुग्दा मुल गेटभन्दा बाहिर सेवाग्राहीको भीड थियो । सेवाग्राही सेवा नपाएर आक्रोसित थिए । भित्रबाट गेट बन्द गरिएकाले सेवाग्रहरीले प्रवेश पाएनन् । तर, आन्दोलित भइसकेका कारण कार्यालयको केही लागेन । अन्नत गेट खोलियो । गेट खोलिएपछि सेवाग्रही कार्यालय प्रमुखलाई भेट्न दौडिए ।

बल्ल तल्ल पहिलो गेट छिचोलेका सेवाग्रहरीलाई कार्यालय भवनको पहिलो गेटमै रोकियो । प्रहरीले भीत्रबाट गेटमा ताला लगाइदियो । गेटमा ताला लागेपछि सेवाग्राही झनै आक्रोसित भए ।

हामीले आक्रोसित टीमसँग समस्याको चुरो पत्ता लगाउने कोसिस ग¥यौ । बल्ल पो थाहा भयो । महिनौ देखी सेवा नपाएका कारण सेवाग्राही आक्रोसित रहेछन् । सरबर विग्रेको कारण देखाउँदै कार्यालयले तीन महिना अगाडी ट्रायल दिएकालाई पनि सवारी चालक अनुमति पत्र दिएका रहेनछ ।

कार्यालय प्रमुखलाई भेट्न अघि बढेका सेवाग्राहीको आक्रोस झनै बढ्यो । आक्रोसित सेवाग्राहीले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र विरण केन्द्रको कार्यालय रहेको भवनको फलामे गेट नै भत्काइदिए ।

गेट भत्किएपछि केही बेर खैलाबैला मच्चियो । तर, सेवाग्राहीको आक्रोस मथ्थर हुन सकेन । आक्रोसित सेवाग्राही तेस्रो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षा जाने भन्दै उकालो लागे । सेवाग्राही र प्रहरीबीच कार्यालय प्रमुखको कार्यकक्ष अगाडी झम्टाझम्टी चलिनै रहयो ।

हाम्रो टीम कार्यालय प्रमुख तेजनारायण यादवलाई भेट्न अगाडी बढ्यो । कार्यालय प्रमुखको कार्यकक्षमा छलफल चलिरहेको थियो । छलफलकैबीच हामीले सेवाग्राहीले किन समस्या भोग्नु प¥यो भनेर सोधेका थियो । सरल, जवाफ थियो । सरवर समस्या ।

यातायात व्यवस्था विभाग बागमती अञ्चल कार्यालयका प्रमुखले सबै समस्या यातायात व्यवस्था विभागले समाधान गर्नु पर्ने बताए । त्यसपछि हाम्रो टीमा बाहिरियो । बाहिर सेवाग्राहीको धर्ना जारी थियो । त्यतिन्जल सम्ममा प्रहरीको थप टोली पनि आइपुगेको थियो । टोलीको एक सदस्यले हामीलाई दुरव्यवहार नै गरे । लाग्थो, ती प्रहरी सुरक्षा प्रदान गर्न भन्दा पनि मिडियालाई गाली गर्न आएका थिए ।

कुराकानीपछि हामी आक्रोसित सेवाग्राही सहित फेरी तल्लो तला झर्यौ । भर्याङबाट ओर्लने क्रममा आक्रोसित सेवाग्राहीले नारावाजी नै गरे ।

सेवाग्राही तल भरेपछि कार्यालय प्रमुख तेजनारायण यादव पनि तल झर्न बाध्य भए । भत्किएको गेटसम्म आएका प्रमुख यादवले केहीबेर सेवाग्राहीलाई थुमथुम्याउने प्रयत्न गरे ।

कार्यालय प्रमुखले आश्वाशन दिएपछि सेवाग्राही केही मथ्थर भए । त्यपछि हाम्रो टीम यातायात व्यवस्था विभागको प्रतिकृया लिन नयाँ बानेश्वर तिर लाग्यो । नयाँ बानेश्वरमा रहेको यातायात व्यवस्था विभागमा महानिर्देशन रुपनारायण भट्टराई भेटिए । उनले पनि उही सरवर समस्याकै जवाफ दिए ।

यातायता व्यवस्था विभागले सवारी चालक अनुमति पत्र विरणमा सहजता ल्याउने भन्दै अनलाइन दर्ता र स्मार्ट कार्ड वितरण सुरु गरेको धेरै भएको छैन । अनलाइन प्रकृया सुरु भएपछि मात्र अनलाइन प्रणालीको सरवरमा ५० पटक भन्दा धेरै समस्या आइसकेको छ । आम दर्शक र पाठकलाई यो पनि जानकारी होस, भारतीय कम्पनीसँग यातायात व्यवस्था विभागले सवरको सेवा लिएको छ । यसरी, सरवरमा बारम्बार समस्या उत्पन्न हुँदा आम सेवाग्राहीले सवारी चालक अनुमतिपत्र लिन ठूलै समस्या झेल्नु परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group