काठमाडौ १६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बझाङ भूकम्पका प्रभावितलाई उद्धार र राहत उपलब्ध गराउन माग गरेको छ।प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै रास्वपा सचेतक निशा डाँगीले बझाङ भूकम्प प्रभावितको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।
राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दू बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो ।
त्यसको २६ मिनेटपछि सोही क्षेत्र केन्द्रबिन्दू बनाएर ६ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली प्रदेशमा समेत महसुस गरिएको थियो ।
भूकम्पबाट केही घर तथा विद्यालयमा क्षति पुगेको छ भने जयपृथ्वी राजमार्ग पनि अवरूद्ध भएको छ।
प्रतिक्रिया दिनुहोस्