काठमाडौ १२ असोज । सर्वसाधारण लक्षित आन्दोलनको कार्यक्रम नबनाउन गृह सचिव दिनेश भट्टराईले चिकित्सकहरुलाई आग्रह गरेका छन् । पोखराको मणिपाल लगायतका अस्पतालमा चिकित्सकहरुमाथि आक्रमण भएपछि देशभरका रेसिडेन्ट चिकित्सकहरु आन्दोलनरत छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपस्थित गृह सचिव भट्टराईले चिकित्सकहरुको मागमा सरकार गम्भीर रहेको बताए ।
चिकित्सकहरु सडकमा आएको ६र८ घन्टाभित्र मुख्य मुद्दा सम्बोधन गरेको भन्दै उनले भने, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन अनुसार कारबाही गर्ने प्रद्धिवद्धता भइसकेपछि पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता नदिइदिन अनुरोध गर्छु ।’गृह मन्त्रालय सुरक्षाको बन्दोबस्त गर्न तयार रहेको भन्दै उनले अघि भने, ‘स्वास्थ्यकर्मीहरुलाई विशेष अनुरोध छ, वार्ताद्वारा सम्बोधन हुनसक्ने, दिर्घकालीन नितिगत प्रबन्धद्वारा हुनसक्ने विषयलाई सडकमा आएर सेवा नै अवरुद्ध गरेर गर्न जरुरी छैन ।’



















प्रतिक्रिया दिनुहोस्