ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२४ महिना २४ बाचा सहित एनआरएनए अध्यक्षमा आरके शर्माले गरे औपचारिक उम्मेदवारी घोषणा


एबीसी न्यूज

काठमाडौं, ११ असोज ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि अध्यक्ष पदमा राजेन्द्र कुमार (आरके) शर्माले उम्मेदवारी घोषणा संगै २४ बुँदे बाचापत्र सार्वजनिक गरेका छन।

एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै शर्माले २४ महिनामा २४ काम गर्ने बाचासहित भव्य समारोहकाविच वर्तमान उपाध्यक्ष शर्माले कर्मभूमि कतारबाट बुधबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा ‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मुल नारा समेटेर शर्माले २४ महिने ९२ वर्षे० कार्यकालमा २४ कार्ययोजनाहरु समेटेर बाचापत्र ल्याएको बताए ।

‘यी योजना तथा कार्यक्रमले सिंगो गैर आवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र मेरो कार्यकालमा जुटेको एनआरएन बनाउने छु ।’ उम्मेदवारी घोषणा गर्दै शर्माले भने(अध्यक्ष पद प्राप्त गर्ने मेरो अभिलाषा होइन । मैले त तपाई हाम्रा लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन मात्र खोजेको मात्र हुँ ।’

उनले थप जोड दिँदै भने, ‘मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु । ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु ।’ आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सावजनिक गर्ने उनले बाचा समेत गरे ।

गौरवशाली एनआरएनएको गरिमा बढाउन तथा संसारभरीका नेपालीको साझा र भरपर्दो संस्था बनाउन नेतृत्वको आकांक्षी भएको बताए ।

‘मैले आइसिसीको उपाध्यक्ष भइ कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाई हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ’, शर्माले भने, ‘अध्यक्ष पद प्राप्त गर्ने मेरो अभिलाषा होइन । मैले त तपाई हाम्रा लागि काम गर्ने उद्देश्यले जिम्मेवारी लिन खोजेको हुँ, मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु । ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु ।’

आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सावजनिक गर्ने उनले बाचा समेत गरे । शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

अब ग़ैर आवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी नेपालको आर्थिक क्रान्तिका लागि एकजुट भएर लाग्नुपर्ने बेला भईसकेको बताउँदै त्यतातिर होमिनु पर्ने आवश्यकता औंल्याए । राम्रो एनआरएनए बनाउने सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर नेतृत्व लिने संकल्प लिएको भन्दै उनले सबैको साथ पाउनेमा विश्वास व्यक्त गरे ।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरे । हाल उनी संघको आइसिसी उपाध्यक्ष हुन् ।

एनआरएनए आइसीसीको अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणालाई समर्थन गर्दै उपाध्यक्ष पदमा जापानका रोविन्द श्रेष्ठ (गोविन्द), महिला उपाध्यक्ष पदमा साउदी अरेबियाका यास्मिन वेगम, उपाध्यक्ष पदमै मलेसियावाट खगेन्द्र न्यौपाने र कतारवाट राज रेग्मीले उम्मेदवारी सार्वजनिक गरे ।

यसैगरि उपमहासचिवमा कतारका प्रविन गुरुङ, सचिवमा जापानका टंक गैरे र युएईका मनोज श्रेष्ठ, कोषाध्यक्षमा युएईका ठाकुर प्रसाद ढुंगानाले शर्मालाई साथ दिंदै आफ्नो उम्मेदवारी घोषणा गरे ।

एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गैरआवासीय नेपाली संघका संस्थापक उपाध्यक्ष डा। देवकाजी डंगोल रहेका थिए ।

एनआरएनए आईसीसीका पदाधिकारीहरु उपाध्यक्ष डिवी क्षेत्री, नरेन्द्र भाट, पुर्व उपाध्यक्ष सागर नेपाल, पुर्व आरसी वद्री पान्डे अभियन्ताहरु तथा विविध संघसंस्थाका प्रमुखहरुले शुभकामना  मन्तव्य राखेको उक्त घोषणा सभामा कतार, कुवेत, वहराईन, युएई, साउदी अरेबिया, ओमान, ईराकका एनसीसी अध्यक्षहरुले शर्मालाई पुर्ण समर्थनसहित शुभकामना मन्तव्य राखेका थिए ।

बागलुङ जिल्लामा वि।सं। २०३८ साल मंसिर १३ गते मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि अर्थात् सन् २००३ मा पैसा उठाउन भनेर कतार पुगेका थिए । कतारमा पैसा लिनुपर्ने मान्छे नभेटेपछि उनले त्यहीँ नै एउटा निर्माण कम्पनीमा अकान्टेन्टको रुपमा जागिर सुरु गरेका थिए । हाल उनी कतारमा एक सफल नेपाली व्यवसायीका रुपमा चिनिन्छन् ।

यस्ता छन् आरके शर्माका २४ बाचा र नारा–

शर्माले बाचापत्रमा एनआरएनहरूबीच एकता गराउने आफ्नो पहिलो बाचा रहेको बताएका छन् । आकर्षक नारासहितको कार्यक्रम बाचापत्रमा समेटेका छन् ।

वैदेशिक रोजगार, दक्ष जनशक्ति तथा सुरक्षित वातावरण ।
हाम्रो नीति, सुधारौं श्रमिकको आर्थिक स्थिति । रेमिट्यानसको प्रयोग कहाँ, उत्पादनमूलक उद्यम हुन्छ जहाँ ।
एनआरएनएको निरन्तर खटन, गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठन ।
सांगठनिक पुनर्संरचना, पहिला कार्यदलबाट गहन योजना ।
मानव संशाधन, सबलीकरणयुक्त कार्यसम्पादन ।
संस्थागत सुशासन, शून्य सहनशील स्वअनुशासन ।
एनआरएनए निर्वाचन, सबैले गर्न पाऊन् मतदान ।
आर्थिक कुटनीति, लगानी प्रवर्धन मुख्य नीति ।
गरौं उच्चतम् प्रयोग सूचना प्रविधी, हुन्छ विकास र समृद्धि ।
नेपाली रोजौं, नेपाली खोजौं,
निर्यात बढाउन जोडतोडले लागौं ।
गैरआवासीय सरोकार, जहाँ भए पनि नागरिकता र मताधिकार ।
नेपाल समृद्धिको दस्ता, गैरआवासीय दोस्रो पुस्ता ।
अबको समृद्धि, जगेर्ना गरौं भाषा र संस्कृति । एनआरएनए शक्ति, अधिकारसम्पन्न एनसीसी ।
विदेशमा सिकेको ज्ञान, देश निर्माणको अभियान ।
देश विकासको बल, एक एनसीसी, हजार पर्यटक ।
घटाऔं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार, अग्रजलाई सम्मान ।
युवा परिचालन र विज्ञबाट ज्ञान, नेपाली धन ।
नेपाली श्रम, अबको उद्यम ।
समावेशी अभियान, महिला सदस्यलाई प्रोत्साहन ।
चुस्त व्यवस्थापन मुख्य सरोकार, बनाऔं प्रभावकारी सञ्चार र योजनाबद्ध कार्यान्वयन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com