ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आदिवासी जनजातिहरुको आक्रोस : जनजाति प्रतिष्ठानप्रति सरकारी कुदृष्टि किन ?


admin
माघ २५, २०७४ बिहीबार  ९ : १९ बजे

काठमाडौं, २५ माघ । आदिवासी जनजाति आन्दोलनको जगबाट स्थापित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई सरकारले गर्दै आएको व्यवहारप्रति आदिवासी जनजाति नेताहरुले आक्रोस व्यक्त गरेको छ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आदिवासी जनजाति अगुवाहरुले प्रतिष्ठानको कार्यक्षेत्र र बजेट कटौती गर्दै प्रतिष्ठानलाई बेवारिसे बनाउन खोजेको बताए ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव तथा माओवादी केन्द्रका नेता सुरेश आलेमगरले प्रतिष्ठानलाई कमजोर पार्दै आदिवासी जनजातिका अधिकार कुण्ठित गर्ने कामे लोकतन्त्र नै कमजोर हुने बताए । सरकारले विघटन गर्न खोजे आदिवासी जनजातिहरु आन्दोलित हुनुको विकल्प नहुने बताए ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले त बजेट कटौती गरेर सरकारले प्रतिष्ठानलाई के गर्न खोजेको ? भनेर आक्रोस पोखे । अहिलेको बजेटको स्थितिले प्रतिष्ठानको परिषद बैठकसमेत राख्न नसकिने स्थिति रहेको उनको भनाइ थियो ।

हुन पनि अहिले बजेट पूरै कटौतीमा परेको छ । विकास बजेट जम्माजम्मी साढे दुई करोड छ भने प्रशासनिक तीन करोड छ ।

बजेट कटौती र आदिवासी जनजातिहरुको आक्रोस सुनेपछि कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी संघीय मामिला तथा स्थनीय विकास राज्यमन्त्री जनकराज चौधरीले प्रतिष्ठानको संस्थागत विकास गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए । बजेटको व्यवस्था गर्ने समेत उनले बताए ।

कार्यक्रममा कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्य, राप्रपा सभासद रीता माझी, नेपाल आदिवासी जनजाति महासंघका कावा अध्यक्ष नविन रोक्का, प्रतिष्ठानका पूर्व सदस्यसचिव लोकबहादुर थापामगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

निर्वाचन १३ दिन बाँकी : आयोगले दियो टिकटक बनाएर ५० हजार जित्ने अवसर

माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ

सन् २०२८ मा हुने टी–२० विश्वकप खेल्ने १२ टोलीको टुंगो लाग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com