ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फरार रहेका गुरुङलाई भारतबाट सुपुर्दगी गरि ल्याईदै


admin

काठमाडौं, २५ माघ । हत्यामा संलग्न रही फरार रहेका मुखिया गुरुङलाई शुक्रबार भारतबाट सुपुर्दगी गरेर ल्याईदैछ । यो सुपुर्दगी भारतले नेपालसंग गरेको पहिलो वैद्य सुपुर्दगी हो।

भारतले एक ‘मोस्ट वान्टेड’अपराधीलाई पक्राउ गरी आधिकारिक रुपमा नेपाललाई बुझाउँदैछ। जससम्बन्धी पत्रमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले हस्ताक्षर गरेकी छन्।

२१ वर्षअघि ठमेलमा इटालियन नागरिकको हत्या गर्ने मुखिया गुरुङलाई भारतले नेपाललाई सुपुर्दगी गर्न लागेको हो। नेपाल प्रहरीको टिमले भारतीय प्रहरीसँग औपचारिक रुपमा बुझेर गुरुङलाई नेपाल ल्याउँदैछ।

मुखियासहितका व्यक्तिहरुले २०५२ असोज २१ इटालियन नागरिक डेभिड क्यारारोको हत्या गरेका थिए। क्यारारोको प्रेमिकासँग विवाद हुँदा उनीहरुले रेगी पबभित्र कुटेरै उनको हत्या गरेका थिए।

घटनापछि फरार रहेका गुरुङलाई अदालतले जन्मकैद फैसला गरिसकेको छ। स्रोतका अनुसार गुरुङ मकाउमा बस्दै गएका थिए।

डेढ महिनाअघि भारत हुँदै मकाउ जाने क्रममा उनी जयपुर एयरपोर्टमा पक्राउ परेका हुन्। नेपाल प्रहरीले गुरुङको पासपोर्ट नम्बर पत्ता लगाई इन्टरपोलको ‘ब्ल्याक लिस्ट’मा राखेको थियो। सोही आधारमा उनी विमानस्थलमा पक्राउ परेका हुन्।

पक्राउ परेपछि उनलाई सुपुर्दगीका लागि नेपाल प्रहरीले पहल गरेको थियो। अदालतको आदेशपछि सुपुर्दगीको बाटो खुलेको हो। दिल्ली उच्च अदालतले गुरुङलाई नेपालमा सुपुर्दगी गर्न आदेश दिएपछि प्रक्रिया सुरु भएको हो।

‘दुई देशबीच अपराध अनुसन्धानमा यो ऐतिहासिक घटना हो,’ नेपाल प्रहरीका एक उच्च अधिकारी भन्छन्,‘खुला सीमा भएका दुई देशबीच यस्तो किसिमको सुपुर्दगी पहिले नै आवश्यक थियो।

सो घटनामा संलग्न टासी गुरुङलाई प्रहरीले दुई वर्षअघि पक्राउ गरेको थियो।

पक्राउ पर्ने डरले गुरुङले भारतको विमानस्थल प्रयोग गरेका थिए। तर, इन्टरपोलसँगको सहकार्यमा नेपाल प्रहरी उनलाई पक्राउ गर्न सफल भएको हो।

खुला सिमानाका कारण नेपाल र भारतका अपराधीहरु एकअर्काको देशमा गई लुक्न सहज बनेको छ । त्यस्ता अपराधीहरुलाई पक्राउ गरेर प्रहरीले गोप्य रुपमा एक(अर्कालाई बुझाउँदै आएको छ।

दुई देशबीच सुपुर्दगी सन्धि गर्न पटकपटक पहल गरे पनि सफल हुन सकेको छैन। भारतले ऐनमा अनावश्यक सर्त राख्ने भएकाले सन्धि हुन नसकेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com