ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक अतिक्रमण गरी बनाइएका टहरा र सामान हटाउन शुरु


admin

भक्तपुर, २५ माघ । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गमा पर्ने सूर्यविनायक, जगाती चाक्कुखोला सडक अतिक्रमण गरी बनाइएका टहरा एवं सामान हटाउन शुरु गरेको छ ।

सूर्यविनायक, जगाती, चक्कुखोला सडकको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य शुरु गरेको डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अरनिको राजमार्गमा पर्ने सूर्यविनायक–चक्कुखोला सडकको केन्द्रबाट २५÷२५ मिटरसम्मको दायाँबायाँका अतिक्रमित संरचना हटाउने कार्य शुरु गरेका छौँ, सूर्यविनायक नगरपालिकातर्फका संरचना हटाएर सडक फराकिलो पारेकाले आजबाट भक्तपुर नगरपालिकातर्फको अतिक्रमित संरचना हटाउन थालेका हौँ ।”

सडकको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन पटक पटक सूचना प्रकाशित गरे पनि अटेर गरेकाले सडक डिभिजन कार्यालयले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकासँगको समन्वयमा कार्यालय आफैले त्यस्ता संरचना हटाउने कार्य शुरु गरेको उहाँले बताउनुभयो ।

स्थानीय बासिन्दाले सडक अतिक्रमण गरी टहरा निर्माण गर्ने, निर्माण सामग्री राखेर व्यापार गर्ने, पसल, वर्कसप, कारखाना बनाई व्यापार गर्न थालेपछि त्यस्ता संरचना हटाउन थालेको उहाँले बताउनुभयो ।

सडकमा स्थानीयवासीले निर्माण सामग्री, पुराना सवारी साधन पार्किङ, तरकारी खेती र नर्सरी राखेका छन् । अतिक्रमित संरचना हटाउने क्रममा सडक ऐन, २०३१ र जग्गा प्राप्ति ऐन, २०३४ जारी हुनुअघि निर्माण भएका पुराना घरलाई भने उचित क्षतिपूर्तिसहितको मुआब्जा दिएर सडक विस्तार आयोजना सञ्चालन गर्ने डिभिजन प्रमुख अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com