काठमाडौ २२ भदौ । पहाडी क्षेत्रमा आज पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।गएराति पनि काठमाण्डौसहित पहाडी जिल्लामा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको थियो । आज दिउँसो, बेलुकीपख र राति पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिए ।
उनका अनुसार कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एकरदुई ठाउँमा पानी पर्ने अनुमान छ । तराईका जिल्लामा भने खासै पानी पर्ने सम्भावना छैन । त्यहाँ आज पनि हावाहुरी चल्ने अनुमान रहेको मौसमविद् महर्जनले बताउनुभयो । तराईका जिल्लामा हिजो पनि हावाहुरी चलेको थियो ।
प्रतिक्रिया दिनुहोस्