ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियामा अमेरिकी अधिकारीसँग भेटवार्ता हुदैन– उत्तर कोरिया


एबीसी न्यूज
माघ २५, २०७४ बिहीबार  १ : ५१ बजे

प्योङयाङ, २५ माघ। ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने सम्भावनालाई उत्तर कोरियाले नकारेको छ ।

यससम्बन्धी समाचारको उत्तर कोरियाले खण्डन गरेको बताइएको हो । शुक्रबारदेखि दक्षिण कोरियामा शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन हुदैछ । त्यस क्रममा उत्तर कोरियाका उच्च सरकारी अधिकारी पनि त्यहाँ गएका छन् ।

दक्षिण कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया जाने भएको छ । नाम उत्तर कोरियाको संसदका प्रमुख हुनुहुन्छ । उहाँ विगत निकै लामो समयपछि दक्षिणको भ्रमणगर्ने उत्तर कोरियाली एक उच्च राजनीतिज्ञ हुनुहुन्छ ।

उहाँको साथमा अन्य तीनजना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न हुने कुराको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको थियो ।

उक्त प्रतिनिधिमण्डलको भ्रमण शुक्रबारदेखि शुरु भई आइतबार सम्पन्न हुनेछ । उनीहरूले दक्षिण कोरियाको भ्रमण थाल्ने कुराको जानकारी उत्तर कोरियाको सरकारी निकायले आफैले औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

यति उच्च तहमा दक्षिण कोरियाली अधिकारी दक्षिण कोरिया पुगेकोले त्यहाँ राजनीतिक भेटघाट पनि हुनसक्ने समाचारहरु आइरहेका छन् ।

उक्त खेलकू्दमा उत्तर कोरियाले पनि सहभागिता जनाएका कारण दुई देशको सम्बन्धमा सुधार हुने भएको देखिएको छ । त्यसैकारण पनि यस खेलकूदलाई सम्बन्ध सुधारका रुपमा हेरिएको छ ।

त्यसैले यस खेलकूदमा चीन र अमेरिकी राष्ट्रपतिहरुले पनि आफ्ना प्रतिनिधि पठाउने भएका छन् । यस क्रममा ती देशका प्रतिनिधिहरुसँग उत्तर कोरियाली अधिकारीले पनि भेटवार्ता गर्ने सम्भावना देखिएको थियो ।

तर सो सम्भावनालाई उत्तर कोरियाले नकारेको समाचारमा जनाइएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयलाई उद्धृतगर्दै यहाँको एक दैनिक पत्रिकाले भनेको छ– उत्तर कोरियाले अमेरिकासँग भेटवार्ता गर्ने कुनै पनि सम्भावना छैन, त्यो तयारी पनि हामीले गरेका छैनौँ ।

त्यस्तै उत्तर कोरियाले दक्षिण कोरियाली राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने नगर्ने विषयमा पनि केही बताइएको छैन । यसअघि उत्तर कोरियाले राजनीतिक रुपमा उच्च नेतृत्व पठाएकोले वार्ता हुन पनि सक्ने समाचार आएको थियो ।

यस खेलकूदको शुक्रबार उद्घाटन हुदैछ । त्यसैगरी उक्त शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा दुई कोरियाका खेलाडीहरूले एउटै झण्डामुनि ‘मार्च’ गर्नेछन् । त्यस्तै निकै लामो समयपछि हालैमात्र उत्तर कोरियाली झण्डा दक्षिण कोरियामा फहराइएको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रियरुपमा आलोचना भएको छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ ।

उक्त कटुतापूर्ण सम्बन्धलाई सुधारका रुपमा विकासगर्ने सुविधा पनि दक्षिण र उत्तर कोरियासामु रहेकोले उत्तर कोरियाको आणविक होडको अवस्थामा सुधार ल्याउन सकिने अपेक्षा विश्व समुदायले पनि गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com