ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिम्मेवारी पूरा नगरेको आरोपमा सात सेना बर्खास्त


एबीसी न्यूज

काबुल, अफगानिस्तान, २३ माघ।अफगानिस्तानको सरकारले हालै राजधानी काबुलमा भएको आतङ्ककारी हमलामा ११ सैनिकको मृत्युको घटनामा जिम्मेवारी निर्वाह गर्न नसकेको आरोपमा दुई सैनिक जनरलसहित सात सैनिक अधिकारीलाई बर्खास्त गरेको छ ।

जनवरी २९ मा भएको उक्त हमलामा ११ सेनाको मृत्यु भएको र १६ जना घाइते भएका थिए । आक्रमण आफ्नो समूहले गराएको भनी इश्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको थियो ।

अफगानी राष्ट्रपति मोहम्मद असरफ घानीको निर्देशनमा बनेको छानविन समितिले राष्ट्रिय सेनाको राजधानी काबुलबाट नजिकै पश्चिममा रहेको १११ जनाको प्रथम गणमा आइएसले गरेको आक्रमणमा सात सैनिक दोषी भएको ठहर गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको र यसैको आधारमा उनीहरूको बर्खास्त गरिएको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

अनुसन्धानले घटनामा दुई उच्च सैनिक अधिकारीसमेत आफ्नो जिम्मेवारीप्रति सजग नभएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, “सुरक्षाकर्मीको कामलाई मुल्याङ्कन गरी सजाय र पुरस्कारको व्यवस्था गरिनेछ ।”

सम्पूर्ण सातै सैनिक अधिकारीलाई बर्खास्तपछि थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पेश गरिएको सरकारले जनाएको छ ।

कडा सुरक्षामा राखिएको भनिएको अफगानिस्तानको राजधानी काबुलमा जनवरीमा भएका तीन छुट्टाछुट्टै आक्रमणमा १०० जनाले ज्यान गुमाएका थिए भने २०० जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com