ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखराको शिव शिखर सहकारीबाट बचतकर्ताले असुलीका लागि समान देखि जग्गा ससमेत लिने सहमति


ABC NEWS
श्रावण १८, २०८० बिहीबार   १० : ०३   बजे

पोखरा १८ साउन । शिव शिखर सहकारीको पोखरा शाखाका बचतकर्ताले सहकारीको डिपार्टमेन्टल स्टोरबाट रकम बराबरको सामान देखि जग्गा लिनेसम्मको सहमति गरेका छन् । ११ जना सञ्चालकलाई भने ८ वर्षसम्म जेल सजायको माग दाबी गर्दै अदालतमा मुद्दा दर्ता गर्ने भएका छन् ।

शिव शिखर सहकारीले पोखरामा सेवा केन्द्र भनेर दुई ठाउँमा सहकारी कार्यालयकै रुपमा कारोबार गर्दै आएको थियो भने २ वटा डिपार्टमेन्टल स्टोरसमेत चलाइरहेको थियो । शिव शिखर सहकारीका सञ्चालकले रकम हिनामिना गरेको सार्वजनिक भएपछि पोखराका बचतकर्ता पनि पोखरा महानगरदेखि, सहकारी विभाग हुँदै प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)सम्म पुगेका थिए ।

पोखरामा शिवशिखरले पर्स्याङ र चाउथेमा दुई वटा सहकारी, २ डिपार्टमेन्टल स्टोर र खाद्यान्न सप्लाई गर्ने भन्दै शिव शिखर एग्रो मार्ट चलाउँदै आएको थियो । सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना गर्दै अन्य क्षेत्रमा लगानी गरेको सार्वजनिक भएपछि यसका सञ्चालक केदारनाथ शर्मासहित पुष्कर मल्ल, अमिशराज भण्डारी र गीता शर्मा पक्राउ परिसकेका छन् । शिव शिखरका ११ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये सुशील बानियाँ, भोजराज पौडेल, तेजबहादुर तामाङ, दीपकबहादुर वयर, राजु साखकर्मी, लिलानाथ गौैतम, रमेश न्यौपाने अझै फरार छन् ।

काठमाडौंमा यो सहकारीका मुख्य सञ्चालक केदार शर्मा पक्राउ परेसँगै पोखरामा पनि बचतकर्ताबाट जाहेरी लिन सुरु गरिएको थियो । पोखरामा १ हजार जना बचतकर्ताले ५४ करोड २३ लाख ८५ हजार ३६८ रुपैयाँ माग दाबीसहित किटानी जाहेरी दिएका छन् ।

ठूलो रकम बचत गर्नेले जग्गा लिन चाहेमा त्यसको विकल्प पनि दिइएको छ । जग्गा लिन चाहनेले चल्तीको भाउमा देशको जुनसुकै ठाउँबाट पनि जग्गा लिन सक्ने सहमति भएको हो
प्राप्त जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ताका लागि फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको छ । ११ जना सञ्चालकविरुद्ध ५४ करोड २३ लाख ८५ हजार बिगो र ६ देखि ८ वर्ष जेल सजायको माग दावीसहित मुद्दा दर्ताकोे तयारी भएको हो ।

पक्राउ पर्नेहरुलाई पोखरा झिकाएर बयान लिएर पठाइएको थियो । अनुसन्धानमा शिखर अर्गनाइजेसनको नाममा रकम गएको देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । भक्तपुरको अनुमति लिएर पोखरामा सेवा केन्द्रका नाममा रकम उठाउने, कारोबार गर्ने गरेको पाइएको इन्स्पेक्टर सुवास तिमिल्सिनाले जानकारी दिए । पोखरामा जम्मा भएको रकम सिधै काठमाडौं जाने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group