ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाले दक्षिण कोरियामा उच्च अधिकारी पठाउने


एबीसी न्यूज
माघ २२, २०७४ सोमबार  १ : ०८ बजे

 

सोल, २२ माघ ।  उत्तर कोरियाले यसै हप्ताको अन्त्यतिर दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा आफ्नो सरकारका उच्च तहका अधिकारीलाई पठाउने भएको समाचार छ ।

यस शीतकालीन ओलिम्पिक खेलकूदका क्रममा दुई देशबीचको सम्बन्धमा केही सुधार आइरहेको र विगतको तनाव पनि केही हदसम्म कम हुँदै गएका बेला यसरी उत्तर कोरियाले आफ्ना उच्च अधिकारीलाई त्यहाँ पठाउन लागेको हो ।

उत्तर कोरियाले यहाँको संसदका प्रमुख किम यङ–नामलाई उत्तर कोरियाली प्रमुख प्रतिनिधिका रुपमा त्यहाँ पठाउन लागेको हो । उत्तर कोरियाली संसदका प्रमुख नाम विगत चार वर्षमा दक्षिण कोरियाको भ्रमणगर्ने सबैभन्दा उच्च पदस्थ उत्तर कोरियाली सरकारी अधिकारी हुनुहुने बताइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लू हाउसका एक अधिकारीले नामको यस आसन्न भ्रमणले दुई कोरियाबीचको तनाव अन्त्य गर्ने उत्तर कोरियाली चाहना र उसको इमानदारीलाई दर्शाएको जानकारी दिएका छन्

उत्तर कोरियाली यी उच्चस्तरीय अधिकारी नामले २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्वगर्ने दक्षिण कोरियाली एकता मन्त्रालयले जनाएको छ । सो मन्त्रालयले उहाँको भ्रमणको पुष्टी गरेको बताइएको छ ।

किम यङ–नामको नेतृत्वको उक्त टोलीमा अन्य तीनजना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न हुने कुराको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको छ ।

उक्त प्रतिनिधिमण्डलको भ्रमण शुक्रवारदेखि सुरु भई आइतबार सम्पन्न हुनेछ । उनीहरूले दक्षिण कोरियाको भ्रमण थाल्ने कुराको जानकारी उत्तर कोरियाको सरकारी निकायले आफैले औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

तर पनि उसले दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयलाई आइतबार राति जानकारी दिएको दक्षिण कोरियाको एकता मन्त्रालयका एकजना अधिकारीले बताएका छन् ।

त्यसैगरी यस अघि नै शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा दुई कोरियाका खेलाडीहरूले पनि एउटै झण्डामुनि ’मार्च’ गर्नेछन् । त्यस्तै निकै लामो समयपछि हालैमात्र उत्तर कोरियाली झण्डा दक्षिण कोरियामा फहराइएको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रिय रुपमा आलोचना भएको छ । उसले बिगत लामो समयदेखि नै दवाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ ।

यसैबीच दुवै कोरियाका तर्फबाट महिलातर्फको संयुक्त आइस हकी खेलको टोलीले पहिलो खेल आइतवार मात्र खेलेको थियो । स्वीडेनसँगको मैत्रीपूर्ण खेलमा उक्त टोली पराजित भएको थियो । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com