ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको सम्बोधन ‘विनाशको नयाँ सङ्केत’ : उत्तर कोरिया


एबीसी न्यूज
माघ २२, २०७४ सोमबार   ९ : ३५   बजे

 

प्योङयाङ , उत्तर कोरिया, २२ माघ । उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई शत्रुको रूपमा सम्बोधनमा बताएको बिषयलाई लिएर प्योङयाङको यो भनाई आएको हो ।

गत हप्ता अमेरिकी ‘स्टेट अफ द यूनियन’ मा गरेको सम्बोधनमा राष्ट्रपति ट्रम्पले अमेरिकी सरकारले आफ्नो वस्तीको सुरक्षाको अत्यधिक दवावसहित उत्तर कोरियाको आणविक मोह विरोधी अभियान चलाएको बताउनुभएको थियो ।

“ट्रम्पको अमेरिकी पहिलो भन्ने भावको सम्बोधनबाट विश्वले ‘विनासको नयाँ सङ्केत’ देखेको र आणविक हतियारको आधारमा रहेको ‘असन्तुलित शक्ति’ ले विश्वका अन्य मुलुकहरू अमेरिकी चासोका बिषयमा झुक्नु परेको छ,”उत्तर कोरियाको विदेश मामिला मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसिएनए)ले बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पलाई उत्तर कोरियामाथि समर्पण गर्न क्रुरतापूर्वक ‘अत्यधिक दवाव’ दिएको पनि आरोप लगाउनुभएको छ ।

“यो अन्तर कोरियाली सम्बन्धलाई राम्रो बन्न नदिने लक्ष्यका साथ आएको उदण्डता हो,” उहाँले भन्नुभयो ।

राष्ट्रपतिका रूपमा ट्रम्पले जिम्मेवारी सम्हालेसँगै दुई मुलुकबीच तनाव चुलिएको छ ।  (रासस÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group