ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय चालक दलका २२ सदस्यसहितको पानीजहाज बेपत्ता


एबीसी न्यूज
माघ २१, २०७४ आईतबार  ५ : ३३ बजे

 

नयाँदिल्ली, २१ माघ । पश्चिम अफ्रिकी बेनिन्मा २२ जना भारतीय चालक दलका सदस्यसहितको एक पानीजहाज बेपत्ता भएको अधिकारीहरुले आइतबार जनाएका छन् ।

पेट्रोल बोकेको सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको छ । उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ सहरक्षेत्रको समुद्रबाट गत बिहीबारदेखि हराएको आशङ्का गरिएको समाचारमा जनाइएको छ ।

हङ्कङमा कार्यालय रहेको एङलो इस्टर्न जहाज कम्पनीले बिहीबारबाट जहाजसँग सम्पर्क टुटेको जनाएको छ । उसले खोजीका उपायहरु अवलम्बन गरिएको तर पत्ता नलागेको जनाएको छ ।

उक्त कम्पनीका अधिकारीहरुले आफ्नो पहिलो प्राथमिकता जहाजलाई सुरक्षित अवतरण गर्नु रहेको सो कम्पनीले ट्विटरमा लेखेको छ ।

भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविस कुमारले भारतले नाइजेरियामार्फत बेनिन्मा सम्पर्क गरिरहेको तर जहाजको सम्पर्क सुत्र भने अहिलेसम्म पनि पत्ता नलागेको जानकारी दिनुभएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुले पछिल्लो महिना भएको जहाज बेपत्ताको यो दोस्रो घटना भएको जनाएका छन् ।

गत जनवरीमा पनि यस्तै एक पानीजहाज बेपत्ता भएको थियो । बिहीबारबाट सम्पर्कबिहीन भएको यस जहाज सामुद्रिक डाँकुको कब्जामा रहे नरहेको बारेमा भने केही पत्ता लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com