ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनमन्त्री सुदन किरातीले चिनियाँ पाहुनालाई स्वागत गर्दै भने ‘भान्जाभान्जीलाई नमस्कार’


एबीसी न्यूज

काठमाडौं ६ असार । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको चार्टर विमानमा आएका चिनियाँ पाहुनालाई बुधबार पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत संघसंस्थाले पोखरा विमानस्थलमा स्वागत गरे ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहित ७ सांसद त्यही विमानमा चीनबाट पोखरा आए । विमानस्थल उद्घाटनको ६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय उडान भएकोले पनि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य स्वागतमा पुगेका थिए । स्वागत कार्यक्रममा भाग लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छन सोङ पोखरा विमानस्थल पुगे ।

चिनियाँ दूतावास, पर्यटन बोर्ड, पोखरा महानगर, पोखरा पर्यटन परिषद्, चाइनिज नेपाल एसोसियसनको संयुक्त आयोजनामा ८ र ९ गते फेवातालमा हुने ड्रागन बोट रेस फेस्टिभलमा भाग लिन ८४ जना चिनियाँ पोखरा आएका हुन् ।

स्वागत कार्यक्रममा पर्यटनमन्त्री किरातीले चीन र नेपालबीच १ हजार ५ सय वर्ष पुरानो सम्बन्ध रहेको चर्चा गरे । उनले तिब्बती राजा स्रङचङ गम्पो र नेपालकी राजकुमारी भृकुटीबीचको विवाहको प्रसंग निकाले । ‘नेपालमा चिनियाँ आउँदा हामीलाई पाहुना आएजस्तो लाग्दैन, भान्जाभान्जी आएजस्तो लाग्छ,’ उनले चिनियाँ पर्यटकतिर फर्किएर सोधे, ‘के तपाईंहरूलाई मामा घर आएजस्तो लाग्दैन रु’

उनले बीपी कोइराला र माओबीच भएका सम्झौताहरूको स्मरण गर्दै प्राकृतिक सिमानाजस्तै चीन र नेपालबीचको सम्बन्ध पनि अग्लो रहेको बताए । चार्टर उडान लामो यात्राको पहिलो पाइला भएको बताउँदै उनले व्यावसायिक उडानलाई निरन्तरता दिनु ठूलो कुरा रहेको उल्लेख गरे ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्यले व्यावसायिक उडानलाई निरन्तर बनाउनुपर्ने, कोरला नाका खोलेर व्यापारिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए ।

राजदूत छन सोङले अन्तर्राष्ट्रिय चार्टर उडानले नेपाल र चीनबीच ‘कनेक्टिभिटी’को नयाँ अध्याय सुरु भएको बताए । ‘कनेक्टिभिटी बीआरआईको महत्त्वपूर्ण पक्ष हो,’ उनले भने, ‘ट्रान्स–हिमालय बहुआयामिक कनेक्टिभिटी सञ्जालको महत्त्वपूर्ण पक्षका रुपमा पोखरा विमानस्थल सञ्चालन भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

सम्बन्धित

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

प्रधानमन्त्री ओलीसँग देउवाले गरे एक घण्टा छलफल

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा मुछिएका तत्कालीन महासचिव श्रेष्ठ ५ लाख धरौटीमा रिहा

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

देउवासँग एक घण्टा छलफल गरेर ओली मन्त्रिपरिषद् बैठकमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com