ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजर्षि जनक विश्वविधालय विवाद चर्किदै ,


admin
माघ १९, २०७४ शुक्रबार  ३ : ५५ बजे

 

सप्तरी, १९ माघ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नव स्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णय नसच्याईए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

सोही क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले उक्त निर्णयको बिरोध गर्दै शुक्रबार बिरोध -याली पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री, शिक्षा मन्त्री, त्रिवि, विश्व विद्यालय अनुदान कार्यालय र त्रिविको रजिष्टार कार्यालय लगायतलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले सो चेतावनी दिएका हुन् ।

बुझाइएको ज्ञापनमा मविव क्याम्पस राजविराजलाई त्रिविकै आंगिक क्याम्पसको रुपमा रहने व्यवस्था मिलाउन अनुरोध गर्दै यदी माग अनुसार क्याम्पसलाई त्रिविको आंगिक क्याम्पसको रुपमा नराखिए बिरोधका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

यता संघर्ष समितिका अध्यक्ष सिंघेश्वर प्रसाद यादवले मविव क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभिए प्राध्यापक, कर्मचारीहरुको तलबदेखी पेन्सनसमेत प्रभवित हुने र विद्यार्थीहरुको सर्टिफिकेट समेतमा प्रभावित हुने बताउनुभयो ।

उहाँले नव स्थापित विश्वविद्यालयमा कुनै सेवा सुविधाको व्यवस्था समेत नरहेको आरोप लगाउनुभयो । नेपाल प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिका सभापति सिंघेश्वर प्रसाद यादवको संयोजकत्वमा गठित संघर्ष समितिले निकालेको बिरोध -यालीमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नव स्थापित राजर्षि जनक विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस र राजविराजको मविव क्याम्पसलाई गाभिएको छ ।  नेपाल प्राध्यापक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ, प्रगतिशिल प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, मधेशवादी प्राध्यापक संघ, आंशिक शिक्षक संघ र त्रिवि कर्मचारी संघले उक्त निर्णयको बिरोधमा ऐक्यबद्धता जनाएका छन् । हाल यस क्याम्पसमा स्थायी, निजि, करार र आंशिक गरि १ सय २१ प्राध्यापक र ४१ कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

चितवन–३ मा एमालेको एक्लै प्रतिस्पर्धा : ‘अब आफ्नै जनमत मापन गर्ने बेला’ (भिडियो सहित)

पश्चिम रुकुममा रोचक भिडन्त : ‘पार्टीले जितेको क्षेत्र’ कि ‘व्यक्तिको प्रभाव’ ? (भिडियो सहित)

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com