ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनकोसी मरिण डाइभर्सन सुरुङको काम ८ महिनामै आधा पूरा


एबीसी न्यूज

 

काठमाडौं १ असार । सबैजसो राष्ट्रिय गौरवका आयोजनाको काम निराशाजनक भइरहेको समयमा सुनकोसी मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने कामको प्रगति लक्ष्यभन्दा बढी भएको छ । आठ महिनामा सुरुङ खन्ने काम करिब आधा सकिएको छ । १३.३ किलोमिटर लामो सुरुङमध्ये शुक्रबारसम्ममा ६.६ किलोमिटर खन्ने कार्य भएको सुनकोसी–मरिण डाइभर्सन आयोजनाले जनाएको छ । गएको असोज २८ गतेबाट सुरुङ खन्न सुरु गरिएको थियो ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार प्रतिमहिना पाँचदेखि सातसय मिटर सुरुङ खन्ने लक्ष्य लिइएकोमा कुनै महिना ९ सय मिटरसम्म खन्ने काम भएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएको ८ महिनाको अवधिमा लक्ष्यभन्दा बढी खनेर प्रगति भएको आयोजनाका प्रमुख बरालले जानकारी दिए । कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न सुरु गरी सुनकोसीतर्फ अघि बढिरहेको छ ।

कमलामाई नगरपालिका वडा नम्बर २ को धनमना क्षेत्र पार गरेर महाभारत रेन्जमा सुरुङ पुगेको छ । महाभारत क्षेत्रमा कडा चट्टान हुने भएकाले समस्या आउन सक्ने आयोजना प्रमुख बरालको भनाइ छ । यसअघि दुई पटक समस्या आएर ३५ दिन काम रोकिएको थियो । यहीं रफ्तारमा सुरुङ निर्माण भएमा तोकिएको २२ महिनाको अवधि अगावै निर्माण सम्पन्न हुनेछ । अघिल्लो आर्थिक वर्षसम्म ९ प्रतिशत भौतिक प्रगति रहेकोमा ११ महिनाको अवधिमा बढेर १८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । सुरुङको प्रगति भने ५० प्रतिशत कटेको छ ।

 

सुनकोसीमा हेडवर्क्स निर्माणको ठेक्का सम्झौता भइ निर्माण व्यवसायीले क्याम्प निर्माण सुरु गरेका छन् । उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले ठेक्का पाएको हो । अहिले दैनिक सरदर २५ मिटर र कुनै दिन ३८ देखि ४५ मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनिएको छ ।

सुनकोसी गाउँपालिकाको कानढुंग्रीमा गएर सुरुङ निर्माण सम्पन्न हुन्छ । यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणीभन्दा सातसय मिटर तल पर्छ । सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपैयाँमा ठेक्का पाएको छ ।
हालसम्म आयोजनाले ६ अर्ब १ करोड २७ लाख खर्च गरेको छ । यो आयोजनामा ४६ अर्ब १९ करोड खर्च हुने जनाइएको छ । आगामी वर्षका लागि सरकारले यो आयोजनाका लागि ४ अर्ब बजेट विनियोजन गरेको छ । खुर्कोटमा सुनकोसी नदीमा १६ मिटर उचाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालिने छ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने छ ।
आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com