ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एसलाई छद्‌म नामबाट १ करोड चन्दा दिने दाता को हुन् ?


एबीसी / संवाददाता

काठमाडौँ, ४ जेठ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले २५ हजारभन्दा बढी चन्दा दिने दाताको नाम र रकम आफ्नो लेखापरीक्षण प्रतिवेदनमा समावेश गरेको छ । तर, वास्तविक नाम नराखी छद्‌म नामबाट दाताको नाम उल्लेख गरेको पाइएको छ ।

नेकपा एसले आर्थिक वर्ष २०७८/७९ को निर्वाचन आयोगमा बुझाएको लेखापरीक्षण प्रतिवेदनमा तनहुँका के श्रेष्ठले १ करोड, नेपालगन्जका एस बुढाले ५० लाख, ललितपुरका केजी महर्जनले ५० लाख र काठमाडौंका एबी तामाङले २८ लाख चन्दा दिएको उल्लेख छ ।

प्राविधिक जटिलताका कारण नाम पूरा उल्लेख नगरिएको बताउँछन् उपमहासचिव गंगालाल तुलाधर । ‘चन्दादाताहरू पार्टीकै शुभेच्छुकहरू हुनुनुहन्छ । तपाईंहरूले पनि अनुमान लगाउन सक्नुहुन्छ,’ उनले भने ।

नेकपा एसले प्रवासी नेपाली एकता मञ्चबाट ६२ लाख ६३ हजार ३४७ रुपैयाँ र पेसागत संगठनहरूबाट ६७ लाख ५२ हजार ५०० रुपैयाँ चन्दा लिएको छ । कांग्रेस, एमाले, माओवादीलगायतका दलहरूले भने चन्दाबाट संलन भएको रकम एकमुष्ट देखाए पनि कोबाट कति लिएको हो, उल्लेख गरेका छैनन् । तर नेकपा एसले चन्दा दिनेको छद्‌म नाम राखेको छ ।

७ करोड आम्दानी, ६ करोड खर्च
नेकपा एसले ७ करोड १५ लाख ९० हजार ३ सय ७७ रुपैयाँ आम्दानी गरेको छ । निर्वाचन आयोगमा बुझाएको लेखापरीक्षण प्रतिवेदनमा नेकपा एसले खर्च ६ करोड ५ लाख २९ हजार ५ सय २९ रुपैयाँ गरेको छ । खुद नाफा १ करोड १० लाख ६० हजार ८ सय ४८ रुपैयाँ गरेको छ ।

नेकपा एसको आम्दानीको स्रोत चन्दा, लेबी र प्रकाशन बिक्री रहेको छ । सदस्यता, लेबी र नवीकरण शुल्कबाट १ करोड ७८ लाख ३५ हजार ८२५ रुपैयाँ संकलन गरेको छ । चन्दा तथा सहयोगमा व्यक्तिगतबाट ३ करोड ९५ लाख ६२ हजार ५०० र संस्थाबाट १ करोड ३० लाख १५ हजार ८४७ रुपैयाँ संकलन गरेको छ ।

एकीकृत समाजवादीले सबैभन्दा धेरै खर्च चुनावमा गरेको छ । प्रतिवेदनमा चुनावमा २ करोड ९९ लाख ४४ हजार २६६ रुपैयाँ खर्च गरेको छ । प्रशिक्षणमा २८ लाख १५ हजार ६५७ रुपैयाँ कार्यालय सञ्चालनमा ९६ लाख ८५ हजार १०१ रुपैयाँ, प्रकाशनमा ४८ लाख ५० हजार २९५ रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । पार्टीको प्रचारप्रसारमा ४० लाख खर्च गरेको छ ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले २५ हजारभन्दा बढी चन्दा दिने दाताको नाम र रकम आफ्नो लेखापरीक्षण प्रतिवेदनमा समावेश गरेको छ । तर, वास्तविक नाम नराखी छद्‌म नामबाट दाताको नाम उल्लेख गरेको पाइएको छ ।

नेकपा एसले आर्थिक वर्ष २०७८र०७९ को निर्वाचन आयोगमा बुझाएको लेखापरीक्षण प्रतिवेदनमा तनहुँका के श्रेष्ठले १ करोड, नेपालगन्जका एस बुढाले ५० लाख, ललितपुरका केजी महर्जनले ५० लाख र काठमाडौंका एबी तामाङले २८ लाख चन्दा दिएको उल्लेख छ ।

प्राविधिक जटिलताका कारण नाम पूरा उल्लेख नगरिएको बताउँछन् उपमहासचिव गंगालाल तुलाधर । ‘चन्दादाताहरू पार्टीकै शुभेच्छुकहरू हुनुनुहन्छ । तपाईंहरूले पनि अनुमान लगाउन सक्नुहुन्छ,’ उनले भने ।

नेकपा एसले प्रवासी नेपाली एकता मञ्चबाट ६२ लाख ६३ हजार ३४७ रुपैयाँ र पेसागत संगठनहरूबाट ६७ लाख ५२ हजार ५०० रुपैयाँ चन्दा लिएको छ । कांग्रेस, एमाले, माओवादीलगायतका दलहरूले भने चन्दाबाट संलन भएको रकम एकमुष्ट देखाए पनि कोबाट कति लिएको हो, उल्लेख गरेका छैनन् । तर, नेकपा एसले चन्दा दिनेको छद्‌म नाम राखेको छ ।

७ करोड आम्दानी, ६ करोड खर्च
नेकपा एसले ७ करोड १५ लाख ९० हजार ३ सय ७७ रुपैयाँ आम्दानी गरेको छ । निर्वाचन आयोगमा बुझाएको लेखापरीक्षण प्रतिवेदनमा नेकपा एसले खर्च ६ करोड ५ लाख २९ हजार ५ सय २९ रुपैयाँ गरेको छ । खुद नाफा १ करोड १० लाख ६० हजार ८ सय ४८ रुपैयाँ गरेको छ ।

नेकपा एसको आम्दानीको स्रोत चन्दा, लेबी र प्रकाशन बिक्री रहेको छ । सदस्यता, लेबी र नवीकरण शुल्कबाट १ करोड ७८ लाख ३५ हजार ८२५ रुपैयाँ संकलन गरेको छ । चन्दा तथा सहयोगमा व्यक्तिगतबाट ३ करोड ९५ लाख ६२ हजार ५०० र संस्थाबाट १ करोड ३० लाख १५ हजार ८४७ रुपैयाँ संकलन गरेको छ ।

एकीकृत समाजवादीले सबैभन्दा धेरै खर्च चुनावमा गरेको छ । प्रतिवेदनमा चुनावमा २ करोड ९९ लाख ४४ हजार २६६ रुपैयाँ खर्च गरेको छ । प्रशिक्षणमा २८ लाख १५ हजार ६५७ रुपैयाँ कार्यालय सञ्चालनमा ९६ लाख ८५ हजार १०१ रुपैयाँ, प्रकाशनमा ४८ लाख ५० हजार २९५ रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । पार्टीको प्रचारप्रसारमा ४० लाख खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

रोष्ट्रमबाटै प्रभु साहले गरे सभामुखसँग सवालजवाफ

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्- परराष्ट्र मन्त्रालय

काठमाडौँको पासिकोटमा भारतीय नागरिकसँगै नेपाली युवती मृत फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com