ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डकैतीमा संलग्न चार जना पक्राउ


एबीसी न्यूज
माघ १८, २०७४ बिहीबार  ३ : १७ बजे

 

भक्तपुर, १८ माघ । भक्तपुरको सिपाडोलमा गत १० गते भएको डकैतीमा संलग्न समूहमध्येका चार जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय भोजबहादुर थापामगर, सिन्धुलीका ४० वर्षीय रत्नाबहादुर तामाङ, काभ्रेका २६ वर्षीय अमृत तामाङ र काभ्रेकै २७ वर्षीय सानुकान्छा ब्लोन रहेका छन् ।
लुटेरा समूहले काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सूर्यविनायक नगरपालिका–८ सिपाडोल गणेश स्कूल नजिकै मनहरि बस्नेतको घरमा डेरा बस्ने कुखुरा व्यवसायी रामबहादुर तामाङको डेरामा पेस्तोल र

खुकुरी देखाएर रु १६ लाख सात हजार ९०० बराबरको नगद, सुनका गहना, मोबाइललगायतका अन्य सामग्री डकैती गरेका थिए ।
घटनामा संलग्न भई फरार भएका अन्यको खोजी भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो । पक्राउ परेकाबाट चोरीको गहना, मोटरसाइकल प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न व्यक्तिलाई सरकारले गत वर्ष गणतन्त्र दिवशका अवसरमा कैद मिनाहा गरेर छाडेको थियो ।
यसरी भयो घटना

महाशाखाका अनुसार घटना भएको दिन साँझ ८ बजे भक्तपुर जगातेमा घटनामा संलग्न रहेका आठ जना भेट गरी पीडितको घर नजिक खाजा खाई डकैती गर्ने घरको निगरानी गरेका थिए ।
राती ९ बजे पीडितको घर नजिक गणेश चोकस्थित खेत किनारामा बसी घरका सबै मानिस नसुतुञ्जेल निगरानी गरेका थिए । राति २ बजेको समयमा घरमा प्रवेश गरी खुकुरी र पेस्तोल देखाई परिवारका सबैलाई नियन्त्रणमा लिई नगद, सुनका गहना, मोबाइलसमेत लिएर निजको घर कम्पाउण्डमा पार्किङ गरेको बा ८५ प ७८५० नम्बरको मोटरसाइकलसमेत लिई गएको प्रहरीले जनाएको छ ।
घटनापश्चात् उनीहरुले मोटरसाइकल तथा पैदलबाट बौद्ध जोरपाटी आएर नगद भाग लगाएका थिए । डकैती गरेका सुनका गहना सोही समूहका विष्णु भन्ने अमृत तामाङले मूर्तिको काम गर्ने सानुकान्छा तामाङलाई बिक्री गर्न दिई नगद रु दुई लाख ९० हजार लिएको समेत खुलेको महाशाखाले जानकारी दिएको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई डकैती गर्दाको धनमालसहित उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी बुधबार डाँका चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी परिसर भक्तपुरमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पको नयाँ अल्टिमेटमको सामना गर्दै तेहरानको चेतावनी : ‘बर्बर जवाफ दिन्छौं’

सर्वोच्चको आदेश: ओली र लेखक २६ चैतमा हिरासतबाट मुक्त हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चीनले इरानको युद्धलाई कसरी हेर्छ ? : इकोनोमिष्ट

ट्रम्पको नयाँ अल्टिमेटमको सामना गर्दै तेहरानको चेतावनी : ‘बर्बर जवाफ दिन्छौं’

सर्वोच्चको आदेश: ओली र लेखक २६ चैतमा हिरासतबाट मुक्त हुने

इरान–अमेरिका तनावः ४५ दिनको युद्धविराम र होर्मुज पुनः खोल्ने प्रस्ताव

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकियो, आदेश केही बेरमै

कांग्रेसको ‘जरा अभियान’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com