ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन्तला उत्पादनमा ३५ प्रतिशतले कमी


एबीसी न्यूज

धनकुटा, १८ माघ ।   जिल्लामा यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादनमा कमी आउने देखिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अघिल्लो वर्ष जिल्लामा ५५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा चार हजार ४०४ मेट्रिक टन उत्पादन भएको थियो ।

सुन्तलाका बोटमा सिट्रस ग्रिनिड र चाइनिज फ्रुटफ्लाइको प्रकोप बढेसँगै बगैँचा नष्ट हुन थालेपछि उत्पादनमा कमी आएको हो । रोग किराको संक्रमण, जलवायु परिवर्तन एवं मूल्य बढ्ने आशामा किसानले नयाँ फूल खेल्ने समयसम्म बोटमा फल राख्ने गरेका कारण सुन्तला उत्पादन कमी आउने देखिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सूर्य सापकोटाले बताउनुभयो ।

सुन्तला बगैँचामा रोग किराको संक्रमण नियन्त्रण गर्ने प्रविधि, माटोको उत्पादन शक्ति विकास गर्ने प्रविधि र पुराना बगान मासेर नयाँ बिरुवा लगाउन किसानलाई सल्लाह दिन थालिएको छ । जिल्लाको सुन्तला उत्पादन पकेट क्षेत्रमा समस्या विकराल बन्दै गएको भन्दै रोग नियन्त्रणका लागि सम्बन्धित निकायले अनुसन्धान शुरु गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरत बिडारीले बताउनुभयो ।

रोगकिराको संक्रमण तथा फल लाग्ने समयमा खडेरी पर्नु र असिना परेका कारण सुन्तला उत्पादनमा कमी आएको हो । उत्पादन घटेसँगै स्थानीय बजारमा रु ७० प्रतिकिलोमा पाइने सुन्तलाको मूल्य बढेर रु १४० पुगेको छ । जिल्लाबाट गत वर्ष रु १५ करोड बराबरको सुन्तला अन्य जिल्लामा बिक्री गरिएको कार्यालयले जनाएको छ । शहीद भूमि र चौबिसे गाउँपालिका, धनकुटा, पाख्रिबास, महलक्ष्मी नगरपालिका, छथर जोरपाटी र साँगुरी गाउँपालिकाका विभिन्न क्षेत्रमा व्यावसायिक रुपमा सुन्तलाको खेती गरिँदैआएको छ । सातवटै स्थानीय तहमा कृषि सडक विस्तार भएसँगै उत्पादित सुन्तला सहज रुपमा बजारसम्म पुग्न सकेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com