ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं २ को पहिलो बैठकको कार्यसूची आज तय हुने


एबीसी न्यूज

महेन्द्रनगर, धनुषा, १८ माघ ।   प्रदेश नं २ को जनकपुरमा हुने प्रदेश सभाको प्रथम अधिवेशनको कार्यसूची आज तय हुने भएको छ ।

प्रदेश सभाको बैठकको तयारीको विषयमा मंगलबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संसदीय सचिवालयका कर्मचारी तथा सरोकारवालासँग छलफल गर्नुभएको थियो भने आज प्रदेश सभाको पहिलो बैठकको विषयमा कार्यविधि तयार गर्न सर्वदलीय बैठकको आह्वान गर्नुभएको छ । प्रमुख कायस्थले माघ २१ गते हुने प्रदेश सभाको पहिलो बैठकका लागि दलसँग परामर्श गर्ने आज परामर्श बैठक आह्वान गर्नुभएको हो ।

बैठकबाट २१ माघमा हुन लागेको प्रदेश सभाको प्रथम अधिवेशनको कार्यसूचीको विषयमा निर्णय हुनेछ । दलहरुको सहमतिमा नै अधिवेशनको कार्यसूची तयार गरिने प्रदेश प्रमुखका स्वकीय सचिव बरुण यादवले बताउनुभयो ।

प्रदेश सभाले सभामुख, उपसभामुखको निर्वाचन गर्नुपर्नेछ भने प्रदेश सरकार गठनका लागि पनि प्रयास गर्नुपर्नेछ । तयारी बैठकमा यसबारे पनि छलफल हुनेछ । बैठकको तयारीका लागि संघीय संसद् सचिवालयले सहसचिव वंशीराज पौडेलको नेतृत्वमा कर्मचारी खटाएको छ । उहाँले ज्येष्ठ सदस्यलाई बैठक सञ्चालनका लागि आवश्यक समन्वय गर्नुहुनेछ ।

त्यसैगरी, जिल्ला सुरक्षा समितिले प्रदेश सभाका लागि प्रहरी इन्स्पेक्टरको नेतृत्वमा २१ जना मर्यादापालक सुरक्षाकर्मी खटाउने निर्णय गरेको छ । केन्द्रीय संसद्मा जस्तै उनीहरु सादा पोशाकमा खटिने धनुषा प्रहरीका प्रमुख प्रहरी नायब निरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार सुरक्षा समितिको निर्णयअनुसार बाहिरी सुरक्षाका लागि नेपाल प्रहरीका ३५ र सशस्त्र प्रहरीका करिब ५० जना खटाइनेछन् । मर्यादापालकको संख्या पनि ५० पु¥याउने लक्ष्य रहेको प्रहरी नायब निरीक्षक सिंहले बताउनुभयो ।

माघ ७ गते प्रदेश प्रमुख कायस्थले प्रदेश सभाका ज्येष्ठ सदस्य ललनलाल चौधरीलाई शपथग्रहण गराउनुभएको थियो भने चौधरीले बाँकी १०६ जना सदस्यलाई शपथ ग्रहण गराउनुभएको थियो । सोही दिन प्रमुख कायस्थले २१ माघका लागि संसद्को पहिलो अधिवेशन तय गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “हामी संघीय संरचनामा भर्खरै प्रवेश गरेका छौँ, त्यस अनुसारको पूर्वाधार र तयारी छैन । निर्वाचित भएर आउनुभएका सांसदसँग पनि पर्याप्त अनुभव छैन । मेरो प्रशासकीय र राजनीतिक अनुभवका आधारमा म उहाँहरूलाई समन्वय र सहजीकरण गरिरहेको छु ।”

उहाँले आफूले सबैलाई सहज हुने गरी भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो बैठकमा तय हुने विषयवस्तु पनि छलफलबाट तय हुन्छ । संविधानले मलाई दिएको दायित्वका आधारमा प्रदेश सभाका सदस्य र राजनीतिक दललाई मेरो पूर्ण सहयोग रहन्छ ।”
प्रदेश सभामा आवश्यक पूर्वाधार केन्द्रीय संसद्को जस्तै हुने गरी तयारी भइरहेको छ ।

यही २१ माघमा जनकपुरको कुवा रामपुरस्थित शैक्षिक तालीम केन्द्रको सभाहलमा बैठक बस्ने भएको हुँदा प्रदेश सभाका लागि तालीम केन्द्रको भुइँतलामा सभाहल निर्माण भइरहेको छ । त्यसका लागि आवश्यक फर्निचर निर्माण, खरिद तथा भवनका सबै कोठामा धमाधम सरसफाइ भइरहेको छ ।

शहरी विकास तथा भवन डिभिजन कार्यालय जनकपुरले १९ माघमा व्यवस्थापिकाका लागि भवन प्रदेश सभा सचिवालयलाई हस्तान्तरण गर्ने तयारीका साथ काम गरिरहेको छ । प्रदेश सभाको अधिवेशनका लागि १० माघदेखि नै तयारीमा जुटेको छ ।

डिभिजन कार्यालय जनकपुरका प्रमुख गंगाप्रसाद यादवका अनुसार प्रदेश सभाका लागि तालीम केन्द्रको सभाहलमा मर्मत–सम्भार, रंगरोगन, फर्निचर, लाइट लगायतका कार्य युद्धस्तरमा भइरहेको छ । प्रमुख यादवले भन्नुभयो, “समय एकदमै कम भएकाले दिनरात काम भइरहेको छ । जेनेरेटरको व्यवस्था गरेर राति पनि काम गरिरहेका छौँ ।” शैक्षिक तालिम केन्द्रमा करिब ६० जना मजदुर दिनरात खटिएका छन् ।

डिभिजन कार्यालयले सहायक सबइन्जिनियर सूर्यनारायण मण्डललाई निर्माण कार्यको रेखदेख गर्न खटाएको छ । सभामुख र उपसभामुखको आवास उनीहरूका लागि बेग्लाबेग्लै कार्यकक्ष, प्रदेश सभा सचिवालयको तयारी भइरहेको छ ।

पाँच पार्टीको संसदीय दलको कार्यालय पनि शैक्षिक तालीम केन्द्रको माथिल्लो तलामा तयार भइरहेको छ । ६ बिघा क्षेत्रफलमा रहेको शैक्षिक तालिम केन्द्रमा सातवटा भवन रहेका छन् । प्रदेश सभामुखका लागि जिल्ला शिक्षा कार्यालयको भवनमा आवास तथा कार्यकक्ष तयार हुँदैछ ।

शैक्षिक तालिम केन्द्रको माथिल्लो तल्लामा प्रदेश सभा सचिवालय, उपसभामुखको आवास तथा कार्यकक्ष निर्माण भइरहेको छ । छात्रछात्रा तथा प्रशिक्षक भवनमा कर्मचारीको कार्यालय तथा आवासको व्यवस्थापन हुँदैछ ।

केन्द्रको भुइँतलामा तयार भइरहेको प्रदेशसभा हलमा १५० कुर्सीको व्यवस्था गरिँदैछ । प्रदेश सभामा १०७ सदस्य सांसद छन् । केन्द्रको संसद् भवनमा जस्तै माथिल्लो तल्लामा बाल्कोनीको व्यवस्था गरिँदैछ । बाल्कोनीमा दर्शक तथा सञ्चारकर्मीलाई बस्ने व्यवस्था मिलाइँदैछ । सचिवालयको हरेक क्रियाकलाप निगरानीका लागि सिसिटिभी क्यामराको समेत जडान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com