ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज लुम्बिनीका मुख्यमन्त्री गिरीले विश्वासको मत लिँदै


एबीसी / संवाददाता

लुम्बिनी, ११ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सोमबार दोस्रोपटक विश्वासको मत लिने भएका छन्। नेकपा (माओवादी केन्द्र)लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले सोमबार ११ बजे बस्ने पहिलो अधिवेशनको नवौँ बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

केन्द्रमा बनेको नयाँ सत्ता समीकरणसँगै लुम्बिनीमा नेकपा (एमाले)का गिरी नेतृत्वको सरकार पनि अल्पमतमा परेको थियो । गएको चैत १२ मा माओवादीसहित अन्य सत्ता सहयात्री दलले गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

संवैधानिक व्यवस्था अनुसारनै आफूले विश्वासको मतको सामना गर्न लागेको मुख्यमन्त्री गिरीले बताए। प्रदेश सभाको अंकगणित हेर्दा गिरीले विश्वासको मत पाउने सम्भावना भने कम देखिन्छ ।

मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा स्वतः पदमुक्त हुनेछन् । लुम्बिनीमा एमालेका २९ र राप्रपाका चार सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद छन् । यहाँ नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन चाहिन्छ । प्रदेशमा सबैभन्दा ठुलो दल एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४–४, जनमत पार्टी र जसपाका ३–३, एकीकृत समाजवादीका एक र एकजना स्वतन्त्र सांसद छन् ।

गएको पुस २७ मा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राप्रपालगायतको समर्थनमा एमालेका गिरी मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिएका थिए । विश्वासको मत नपाए पनि ठुलो दलको हैसियतले संविधानको धारा १६८ (३) अन्तर्गत नयाँ सरकार गठनका लागि अग्रसर हुने एमालेले दावी गर्दै आएको छ ।

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादीसहित प्रदेशसभाका ८ दल र एक जना स्वतन्त्र सांसद गरी ५३ सांसदले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगर्नेको सेवा कटौती गर्ने

दुई सय २२ किलो नक्कली मह नष्ट

दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

भैरहवा : बन्ला त फूलै फूलको सहर ?

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com