ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवा विहीन अछामका गाँउबस्ती


admin

अछाम, १७ माघ । रोजगारीको सिलसिलामा यूवाहरु विदेशिए पछि अछामका धेरै गाँउहरु युवाबिहिन भएका छन् । बेरोजगारीका कारण गाउँका अधिकांश युवा मुग्लानतिर लागेपछि यहाँका अधिकांश बस्तीहरु यूवाबिहिन भएका हुन् ।

साँफेबगर नगरपालिका ३ नौलाकोट टोलमा युवाको संङख्या न्युन छ । दलित परिवारको बाक्लो बस्ती रहेको नौलाकोटमा आजभोली मलामी जान समेत युवा भेटिदैंनन् ।

नौलाकोटमा अहिले बृद्धाबृद्ध, महिला, केटाकेटीमात्र भेटिन्छन् । बेराजगारी समस्याका कारण अधिकांश युवा मुग्लान लागेपछि गाउँ सुन्य बनेको स्थानीय ९१ बर्षीया बृद्धा रम्बा बिक बताउँछिन् ।

रम्बा बिकका छोरा, बुहारी, नातिनातिना सबै भारत गएका छन् । उमेरको उत्तराद्र्धमा छोराछोरी मुग्लान लागेपछि उनी कष्टकर जीवन बिताउँदै आएकी छन् । दुई–तीन वर्ष अघिसम्म खेतीपाती लगाउनका लागि घर आउने उनका छोराबुहारी अचेल आएका छैनन् । ‘जग्गा जमिन बाँझै छ,’ उनले भनिन् ‘आफू त आज हो कि भोलि, स्याहार सुसार गर्ने उमेरमा छोराबुहारी पनि घरमा छैनन् ।’

परम्परागत रुपमा चलि आएका र बर्षका एक पटक मात्र आउने चाडपर्वहरुको समयमा समेत घरमा कोही नहुँदा उराठ लाग्ने गरेको उनको भनाइ छ । स्थानीय मिना बिकलाई पनि यस्तै भएको छ । मिनाका श्रीमान् बितेको चार वर्ष पुग्यो । चार छोरा मध्ये दुई छोरा परदेशतिर लागेपछि उनी दुई नाबालक छोरालाई स्याहार सुसार गर्दै आएकी छन् । आर्थिक अवस्था कमजोर भएपछि बीचमै पढाई छोडेर भारतमा रोजगार गर्दै आएका भरत विकले पहुँचवालाले मात्रै रोजगार पाउने भएकाले आफू भारत गएर काम गर्दै आएको बताए ।

साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले बढ्दो बेरोजगारीले युवाहरु विदेश जान थालेपछि आफूलाई चिन्तित बनाएको बताए ।

उनले बेरोजगारी समस्यालाई समाधान गर्नका लागि नगरपालिकाले कपाल काट्ने देखि कम्युटर चलाउन सक्ने खालका तालिमहरु सञ्चालन गरि यूवाहरुलाई स्वदेशमै स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com