ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सभाको पहिलो बैठकको तयारी तीव्रगतिमा


एबीसी न्यूज

धनुषा, १७ माघ । जनकपुरस्थित जिल्ला शिक्षा कार्यालय, धनुषाको प्राङ्गणभित्र रहेको शैक्षिक तालिम केन्द्रमा प्रदेश नं २ को प्रदेश सभाको पहिलो बैठक यही माघ २१ गते बस्ने भएकाले तीव्रगतिमा त्यसको तयारी भइरहेको छ ।

यही माघ २१ गते बिहान ११ बजे बस्न लागेको उक्त बैठकका लागि सभाहलभित्र फर्निचर तथा सजावटको काम जारी छ । गत माघ ७ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभा सदस्यलाई जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा शपथ ग्रहण गराउनुभएको थियो । बैठक भवन वरिपरिका भवनलाई नयाँ रुप दिन कामदार निकै व्यस्त देखिन्छन् । प्रदेश सभाको बैठकका लागि तालीम केन्द्रलाई तीव्रताका साथ बेहुलीलाई झैँ श्रृङ्गार गरिँदैछ ।

प्रायः शिक्षासम्बन्धी कुनै तालीम, गोष्ठी वा कार्यक्रम हुँदा मात्रै चहलपहल हुने उक्त स्थानमा अहिले कामको चापको कारण कामदार बिहानैदेखि व्यस्त देखिन्छन् । जनकपुर उपमहानगरपालिकाको कुवारामपुरस्थित शैक्षिक तालीम केन्द्रको रुप नै परिवर्तन गरिँदैछ । भवनहरु रंगरोगन गर्ने काम, आवश्यक फर्निचर व्यवस्थापन, मर्मतसम्भार र सरसफाइका कारण रुप पहिलेको भन्दा फरक देखिएको हो ।

बैठकका लागि भवन रंगाउने काम, आवश्यक फर्निचर व्यवस्थापन, मर्मतसम्भार, सरसफाइको तदारुकताका साथ भइरहेको छ । शहरी तथा भवन निर्माण डिभिजन कार्यालय जनकपुरका अनुसार प्रदेश सभा बैठकका लागि आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ । शैक्षिक तालीम केन्द्रभित्र सभाकक्षको मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन कार्य भइरहेको छ ।

डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले प्रदेशसभा प्रमुख, मुख्यमन्त्रीको आवास, प्रदेशसभा बैठक कक्ष सहितको व्यवस्थापन कार्य भइरहेको बताउनुभयो । साथै, जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)को कभर्ड हललाई स्थायीरुपमा प्रदेश सभा भवनका रुपमा प्रयोग गर्ने सरकारको तयारी छ । जचुकालीको भवन जीर्ण रहेको र मर्मतसम्भार गर्न केही समय लाग्ने भएकाले तत्कालका लागि शैक्षिक तालीम केन्द्रलाई उपयोगमा ल्याउन लागिएको धनुषाका प्रजिअ दिलीप चापागाईंले बताउनुभयो ।

उद्योग मन्त्रालय मातहत रहेको जचुकालीको निवास क्षेत्रतर्फ करिब २० बिघा जग्गा तथा त्यसमा रहेका करिब डेढ दर्जन भवन विमलेन्द्र निधि गृहमन्त्री छँदा गृहको स्वामित्वमा ल्याइएको थियो । प्रदेशसभा भवन, प्रदेश प्रमुख, सभामुख तथा मुख्यमन्त्रीको कार्यालय तथा निवास र सातवटै मन्त्रालय जचुकालीभित्रै राख्न सकिने भौतिक संरचना छ । सामान्य मर्मतसम्भार गरी उक्त संरचना प्रयोगमा ल्याउन सकिने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले बताउनुभयो ।

हाल सबै व्यवस्था शैक्षिक तालिम केन्द्रमा गर्न लागिएको छ । प्रदेशको अस्थायी मुकाम तोक्नुअघि सरकारले गठन गरेको प्रादेशिक राजधानीका लागि भौतिक संरचनाको अध्ययन तथा सिफारिश समितिले जनकपुरको शैक्षिक तालीम केन्द्र तथा सोही स्थानमा रहेको जिल्ला शिक्षा कार्यालयको संरचनालाई प्रदेशसभा एवं प्रदेश सरकारको कार्यालयका रुपमा उपयोग गर्न सिफारिश गरेको थियो । तालिम केन्द्रमा प्रदेश सभाको बैठक कक्ष र शिक्षा कार्यालयमा मुख्यमन्त्रीको कार्यालय राख्ने तयारी गरिँदैछ ।

प्रदेशमा सातवटा मन्त्रालय कायम गरिने सम्भावनालाई ध्यानमा राखी आवश्यक तयारी अगाडि बढाइएको समितिको सदस्यसचिवसमेत रहेका भवन डिभिजन प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार तालीम केन्द्र सञ्चालन रहेको भवनमा दुईवटा मन्त्रालय, तालिम केन्द्रकै पुरुष शिक्षक (प्रशिक्षार्थी) आवासमा तीन मन्त्रालय र महिला शिक्षक आवासमा दुईवटा मन्त्रालय राख्ने तयारी गरिँदैछ । प्रदेशसभा कक्ष, प्रदेश सभाका सभामुखको कार्यालय तथा सभामुख निवास पनि सोही भवनमा व्यवस्थापन हुँदैछ ।

मुख्यमन्त्रीको कार्यालय तथा मुख्यमन्त्री निवास भने शैक्षिक तालीम केन्द्रकै परिसरमा रहेको जिल्ला शिक्षा कार्यालय भवनमा व्यवस्थापन गरिने भएको छ । स्थानीय स्तरबाट भएको सिफारिश र हाल भइरहेको तयारीका आधारमा प्रदेश सरकारको मातहतमा रहने सबै मन्त्रालय, प्रदेश सभा भवन तथा मुख्य मन्त्रीको कार्यालय एउटै कम्पाउण्डभित्र रहनेछन् । प्रदेश प्रमुखको कार्यालय र निवास भने जचुकालीको निवास क्षेत्रमै व्यवस्थापन गरिसकिएको छ । प्रदेश प्रमुखको कार्यालय प्रदेश प्रहरी प्रमुखको कार्यालयअगाडि रहेको नेपाल राष्ट्रबैंकको अतिथि गृहमा राख्ने तयारी छ ।

प्रदेश प्रमुखको निवास पनि सोही कार्यालयको परिसरमा व्यवस्थापन गर्न लागिएको प्रजिअ चापागाईंले बताउनुभयो । आफ्नो भवनमा प्रादेशिक सरकार सञ्चालनमा आउने भएपछि शैक्षिक तालीम केन्द्रलाई ग्रामीण विकास तालीम केन्द्रमा सार्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com