ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली सेना नियन्त्रित वेस्ट बैंक क्षेत्रमा दिदीबहिनी मारिए, आमा गम्भीर घाइते


एबीसी / संवाददाता

एजेन्सी, २५ चैत । इजरायलको नियन्त्रणमा रहेको वेस्ट बैंकमा गोलाबारी हुँदा दुई इजरायली युवतीको मृत्यु भएको छ । उनीहरू दिदीबहिनी भएको बताइएको छ । १६ र २० वर्ष उमेरका उनीहरूको थप परिचय खुलाइएको छैन ।

गोली लागेकी ४८ वर्षीया महिला गम्भीर घाइते भएकी छन् । उनी मृत्यु हुने महिलाकी आमा युवतीकी आमा भएको बताइएको छ ।

शुक्रबार जोर्डन उपत्यकाको उत्तरी भागमा रहेको हमारा जङ्सनमा गोलाबारी भएको इजरायली सेनाले जनाएको छ । गाडीमा आक्रमण हुँदा उनीहरू मारिएका हुन् ।

उनीहरू बेलायतबाट बसाइँ सरेको वेस्ट बैंक बस्तीका प्रमुखले बताएका छन् । आक्रमण हुँदा उनका बुवा अर्को गाडी चलाइरहेको एजेन्सीले जनाएका छन् ।

आक्रमण दक्षिण लेबनान र गाजाक्षेत्रमा इजरायलले हवाइ आक्रमण गरेको केही घण्टापछि भएको हो ।

शुक्रबारको घटनालाई आक्रमण इजरायल र प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासबीचको द्वन्द्वका रुपमा विकसित भएको इजरायलको आधिकारिक न्यूज एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार उक्त क्षेत्रमा असल्ट राइफलका २२ वटा गोली फेला परेका छन् ।

बिहीबार इजरायली सेनाले प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गर्दै गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको थियो । हमासले गाजा क्षेत्रबाट बुधबार नौवटा रकेट इजराइलतर्फ हानेको थियो । त्यसको जवाफमा इजरायलले गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको हो ।

गत साता इजरायली प्रहरीले जेरुसेलमस्थित अल–अस्का मस्जिदमा मुस्लिम भक्तजनमाथि कुटपिट गरेको थियो। उक्त हिंसा थप चर्किँदै गएको हो ।

अघिल्लो वर्ष अलअक्सा मस्जिदमा इजरायली प्रहरीले मुस्लिम समुदायमाथि धरकपट गरेपछि त्यसबेला पनि दुईबीच युद्ध भएको थियो । युद्धमा तीन सय बढी प्यालेस्टिना मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com