ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुल बनेपछि स्थानियवासीमा छायो खुशीयाली


admin

अछाम, १६ माघ । पुर्व पश्चिम जोड्ने पुष्पलाल (मध्य पहाडी) लोक मार्ग अन्तरगत अछाम र दैलेखको सिमा कर्णाली नदीमा बनेको पक्की पुलले यात्रा गर्न निकै सहज भएको छ । बेलखेतमा पक्की पुल बने संगै स्थानिय निकै खुसी भएका छन् ।

यो पुल बन्नु भन्दा अगाडी नदी वारपार गर्न ‘फेरी’ को साहारा लिएर जोखिमपुर्ण यात्रा गर्नुपथ्र्यो । पक्की पुलले गाडी मोटरलाई मात्र हैन सबै आम नागरिकलाई आवत जावतमा सजिलो भएको छ ।

आफुले यो नदी वारपार गर्ने क्रममा कयौ पटक भगवान भरोसामा फेरीको कठिन यात्रा गरेको बसुन्धरा मावि थालपाटाका शिक्षक खेमराज महताले बताए । यस्तै स्थानीय दीपेन्द्र बिष्ट भन्छन् ‘पहिलेको जस्तो जोखिम मोलेर नदी वारपार गर्नु पर्दैन यही खुसी लाग्छ ।’

कर्णली नदीमा डुगांको जोखीमपुर्ण यात्रा गरी नदी तर्ने क्रममा डुङगा पल्टीएर कयौ मानिसले ज्यान गुमाउनु परेको थियो भने कयौ आफन्तका खुसी खोसेको थियो । स्थानीय वासीहरु पनि पक्की पुल बनेसंगै अव मालसामान आपुर्ती गर्न मात्र हैन आफुले उत्पादन गरेका तरकारी लगाएत अन्य कुराहरुले पनि वजार पाउनेमा ढुक्क छन् ।

स्थानीय धन बहादुर वोहराले भने ‘वजार तिरवाट सामान लिएर आएका गाडीलाई हामी रितै फर्काउने छैनौ ‘हामीले उत्पादन गरेका ताजा तरकारी, फलफुल गाडी भरेर पठाउनेछौ’ ।

संघ संस्थाले तरकारी र फलफुल खेती गर्न सिकायो तालिम लियौ तर वजार नहुँदा स्थानियले आफुलाई खान पुग्ने गरि मात्र उत्पादन गर्ने गरेको उनले सुनाए । ०६४ बाट निमार्ण कार्य थालिएको लोकमार्गले पुर्वी नेपालको नुवाकोट देखी पश्चिम नेपालको बैतडीलाई जोड्ने छ ।

कुल १७ सय ८६ किलोमिटर लम्वाई रहेको पुष्पलाल (मध्य पहाडी) लोक मार्गले मध्य नेपालका २५ जिल्लाका दुई सय १५ बस्तीलाई जोडेको छ । पक्की पुल निमार्णले सुर्खेत, नेपालगञ्ज र राजधानी काठमाण्डौ जान सहज र छोटो दुरीको यात्रा हुने भएको छ ।

मध्ये पहाडी लोक मार्गमा निमार्ण हुने ८० पक्की पुल मध्ये अछाम र दैलेखको सिमा कर्णाली नदीको बेलखेतमा निमार्ण भएको पुल सबै भन्दा लामो दुई सय मिटरको छ ।

नदीमा पक्की पुल निमार्ण हुनु पहिले ट्रक, बस, जिप जस्ता हेभी गाडी ‘फेरी’ वाट वारपार गराईन्थ्यो । कहिलेकाहि ‘फेरी’ विग्रीयो भने यातायात ठप्प हुने गरेकाले स्थानीय वासीले हैरानी खेप्दै आएका थिए ।

कतीपयले भने मोटरसाईकललाई पनी काठको सानो डुङगामा राखेर जोखिमको यात्रा गर्थे । ०५८ सालमा पुर्व पश्चिम जोड्ने सहज र सरल मार्गको विकल्पका रुपमा मध्ये पहाडी लोक मार्गलाई प्रतावित गरिएको थियो ।

०६४ सालवाट सुरु भएको लोक मार्ग निमार्णको काम अहिले धमाधम भईरहेको छ । मध्ये पहाडी लोक मार्ग निमार्ण कार्य संगै स्थानिय स्तरमा रोजगारीको पनि सिर्जना भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको विस्तारित बैठक चतवनको सौराहामा

प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एमालेप्रति झाँक्रीको संकेत : विचार र सिद्धान्त मिल्नेसँग एकतावद्ध हुने नै हो

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com