ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहदानी मुद्दामा सौदाबाजी गरेको छैन : रवी लामिछाने


abc

काठमाडौँ, १८ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानीको मुद्दामा आफूले सरकारी निकायसँग सौदाबाजी नगरेको बताएका छन् । पार्टीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा उनले पासपोर्ट मुद्दा मिलाउन सरकारसँग सौदाबाजी नगरेको दाबी गरेका हुन् ।महान्यायाधिवक्ता दीनमणि पोखरेलले रास्वपा सभापति लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय चैत ६ गते गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र उच्च सरकारी वकिल कार्यालयको निर्णयमा टेक्दै अमेरिकी पासपोर्ट र नागरिकता बोकेर नेपाल आएको विषयलाई कसुर मान्न नमिल्ने भन्दै महान्यायाधीवक्ता पोखरेलले मुद्दा नचल्ने निर्णय गरेका थिए ।

उक्त निर्णय प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन गरिएको थियो । निर्णय गर्नुपहिला रास्वपाका संसदीय दलका नेता डीपी अर्यालले महान्यायाधीवक्ता कार्यालयमा गएर भेट गरेका थिए । दाहाललाई रास्वपाले विश्वासको मत दिएको थियो ।सभापति लामिछानेले भने उक्त मुद्दामा सौदाबाजी नगरेको बताएका हुन् । कुनै पनि भिक्टिम नभएको केसमा प्रहरीले पुरै अनुसन्धान गरेको छ ।

सरकारी वकिलका जिल्ला, उच्च हुँदै महान्यायाधीवक्तासम्म गएको छ । मैले आफ्नो बयान दिएको छु । सबै प्रक्रिया पूरा गर्दा मान्छेले मुद्दा जित्छ या हार्छ भने स्वीकार गर्नु नै त हो, उनले भने, सबै प्रक्रिया पूरा गर्दा मान्छेले मुद्दा जित्छ वा हार्छ भने त्यसलाई स्वीकार गर्नु नै त हो नि अरु के हुन्छ । मैले कुनै प्रक्रियामा बाधा अड्चन हालेको छैन । प्रक्रिया पूरा भएको छ । त्यसमा आएको फैसला मान्नुबाहेक मसँग अर्को उपाय छैन । त्यसमा मैले सौदाबाजी गरेको छैन र गर्नु पनि पर्दैन ।लामिछानेले अब ुमुद्दा बल्झिन नदिनेु बताएका छन् ।

उनले पासपोर्ट मुद्दामा अधिकारप्राप्त निकायहरूले निर्णय गरेको बताए । अरु दलका नेताहरू विभिन्न मुद्दामा जेल परेर न्यायिक प्रक्रिया पूरा नभई निस्किने गरेको तर आफूले भने सबै न्यायिक प्रक्रिया पूरा गरेको बताए । म कैयौं दलका साथीहरू विभिन्न मुद्दामा परेको देख्छु । उहाँहरू त्यत्तिकै निस्किनुहुन्छ । म त न्यायिक प्रक्रियामा सहभागी हुने मान्छे हुँ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शरणार्थी प्रकरणमा थुनछेक बहस आज दोस्रो दिन

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

शरणार्थी प्रकरणमा थुनछेक बहस आज दोस्रो दिन

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

पाल्पामा जिप दुर्घटना : चालकसहित ४ को मृत्यु , घाइते पाँचको अवस्था गम्भीर

तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना

सर्वोच्चको आदेश : संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर

दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com