ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पाका स्थानीय सरकार कृषिमा रुपान्तरण गर्न प्रतिवद्ध


एबीसी न्यूज
माघ १६, २०७४ मंगलबार   ११ : १०   बजे

रोल्पा, १६ माघ ।   परम्परागत कृषि प्रणालीलाई रुपान्तरण गरी आधुनिक कृषि पद्धति अवलम्बन गर्ने गरी बजेट नीति तथा कार्यक्रम तय गर्ने रोल्पाका स्थानीय सरकारका प्रमुखले प्रतिबद्धता जाहेर गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय रोल्पा र कृषि क्षेत्र सम्बद्ध सरकारी र गैरसरकारी संस्थाले जिल्लाका दशवटै स्थानीय सरकारका प्रमुखका लागि आयोजना गरेको कार्यशाला गोष्ठीमा सहभागी स्थानीय सरकारका प्रमुखले सो प्रतिबद्धता जाहेर गरेका हुन् ।

जिल्लामा व्यावसायिक कृषिमा समेत आकर्षण बढिरहेको भएपनि अधिकांश किसान अझै परम्परागत र निर्वाहमुखी कृषिमै आश्रित रहेकाले उक्त पद्धतिमा व्यापक सुधार गर्नुपर्ने स्थानीय सरकारका प्रतिनिधिले सुझाव दिएका छन् । आधुनिकतासहितको व्यावसायिक कृषिले मात्र जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन सकिने भएकाले कृषि क्षेत्रमा हालसम्म सोच्दै आएको शैलीमा समेत रुपान्तरण गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

जिल्लाका सबै स्थानीय तहले कृषि क्षेत्रको पञ्चवर्षीय योजना बनाई कार्यान्वयन गर्नुपर्ने प्रदेशसभा सदस्य दीपेन्द्र पुनले सुझाव दिनुभयो । सामान्य लगानी मेहनत र इच्छा शक्तिले कृषिमा क्रान्ति सम्भव नभएको बताउँदै पुनले सोचाइ, लगानी र मेहनतमा ठूलो परिवर्तन ल्याए मात्र कृषिमा क्रान्ति सम्भव रहेको विचार व्यक्त गर्नुभयो । अर्थतन्त्रको सुधारका लागि कृषि क्षेत्रको सुधार जरुरी रहेको औँल्याउँदै पुनले भन्नुभयो जिल्लामा हजाराँै युवायुवती कृषिमै आश्रित रहेकाले उनीहरुलाई त्यसमै रमाउने वातावरण सिर्जना गराँै ।

कृषि क्षेत्रमा देखिएका सबै समस्यालाई हल गर्दै सबै स्थानीय तह कृषिमा आत्मनिर्भर हुनसके जिल्लाको संवृद्धि हुने रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । जीविकोपार्जनको आधार मात्र नभई आर्थिक विकासको आधार पनि कृषि भएकाले यसको विकासका लागि स्थानीय सरकार योजनाबद्ध ढंगले लाग्नुपर्ने केसीको सुझाव थियो ।

जिल्लाका स्थानीय सरकारका प्रमुख एकै थलोमा बसेर कृषि क्षेत्रको विकासका लागि देखाएको प्रतिबद्धताले आफू हौसिएको जिल्ला कृषि विकास कार्यालय, रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताउनुभयो । पहिलो पटक स्थानीय सरकारमार्फत कृषि क्षेत्रको ठूलो बजेट कार्यान्वयन हुन लागेको औँल्याउँदै अनुभवको कमीका कारण केही स्थानीय सरकारले चालू आवमा कम बजेट विनियोजन गरेको भए पनि आगामी आवमा यसको दायरा बढ्ने आफूले विश्वास लिएको श्रेष्ठले बताउनुभयो ।

जिल्लामा कृषि क्षेत्रको विकासका लागि भन्दै मन्त्रालयबाट रु पाँच करोड ६२ लाख ७८ हजार प्राप्त भएकोमा १० वटा स्थानीय तहले सभाबाट रु पाँच करोड ७७ लाख चार हजार विनियोजन गरेका छन् । विनियोजन गरेकोमध्ये रुन्टीगढी गाउँपालिकाले जिल्लामै सबभन्दा धेरै रु एक करोड ९० हजार कृषि क्षेत्रमा विनियोजन गरेको छ भने सबभन्दा कम बजेट सुकिदह गाउँपलिकाले रु १५ लाख मात्र विनियोजन गरेको छ ।

रोल्पा नगरपालिका र त्रिवेणी गाउँपालिका समेत यस वर्ष कृषि क्षेत्रमा कम बजेट विनियोजन गर्ने स्थानीय तहको रुपमा देखिएका छन् । उनीहरुले क्रमशः रु २९ लाख ६० हजार र ३६ लाख ४० हजार मात्र विनियोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group