ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ सरकारलाई आर्थिक भार पर्दैनः स्वास्थ्यमन्त्री


एबीसी न्यूज

भक्तपुर, १५ माघ ।   स्वास्थ्यमन्त्री दीपक बोहराले मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भएका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने सरकारको निर्णयले अब आउने नयाँ सरकारलाई कुनै आर्थिक भार नपर्ने स्पष्ट पार्नुभएको छ ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको परिवर्तित नाम ‘शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र’को आज अनावरण गर्दै उहाँले सरकारले आगामी सरकारलाई थप आर्थिक भार नपर्ने गरी गरेको निर्णयलाई माघ १ गतेदेखि नै कार्यान्वयनमा ल्याएको स्पष्ट पार्नुभएको हो ।

गत पुस १७ गतेको मन्त्रिपरिषद्को निर्णयले मानव अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरी शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नामाकरण गरेको थियो ।

“सुर्तीजन्य पदार्थबाट संकलित करबाट २५ प्रतिशत रकम स्वास्थ्य कोषमा जम्मा हुन्छ, सरकारले त्यही कोषको रकमबाट विरामीलाई मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको हो”–मन्त्री बोहराले भन्नुभयो, “अब आउँने नयाँ सरकारलाई यसले अतिरिक्त भार पर्दैन, रु १२ अर्ब सुर्तीजन्य पदार्थबाट संकलित करबाट उठ्छ, त्यसको २५ प्रतिशत रकमले बिरामीलाई भत्ता दिनपुग्छ ।”

उहाँले विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थबाट ७५ प्रतिशतसम्म कर लिन पाउने व्यवस्था गरेर विदेशमा यसलाई व्यवहारमा ल्याएको चर्चा गर्दै नेपालमा अब बन्ने सरकारले सुर्तीजन्य पदार्थमा २५ प्रतिशत कर थप गरे यसलाई अझै टेवा पुग्ने बताउनुभयो ।

नर्सहरुको मुहारमा खुसी ल्याउने गरी सरकार तलब, सेवा, सुविधा थप गर्न तयार रहेको बताउँदै मन्त्री बोहराले निजी अस्पताल एवं नर्सिङ होमले पनि सरकारको मापदण्डअनुसार तलब सुविधा दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकारी मापदण्डअनुसारको तलब, भत्ता, सेवा सुविधा निजी स्वास्थ्य संस्थाले पनि नर्सलाई दिनुपर्छ, सरकारले गरेको यो निर्णय कडाइका साथ कार्यान्वयनमा ल्याउछाँै, निजी अस्पताल एवं नर्सिङ होममा भोलेन्टियरका नाममा नर्समाथि हुने श्रम शोषणको अब अन्त्य हुन्छ ।”

केन्द्रलाई मिर्गौलाको डायालासिस गर्नका लागि थप २० वटा मेशिन दिन सरकार तयार रहेको बताउँदै मन्त्री बोहराले भन्नुभयो, “यहाँ बिरामीको चाप र शय्या अभाव देखे, यसलाई आफ्नै भवन बनाउन पुग्ने पर्याप्त जग्गाको खोजी गर्न प्रतिनिधिसभा सदस्य महेश बस्नेतलाई म आग्रह गर्छु, जग्गा देखाइदिनुहोस्, अहिले कै मन्त्रिपरिषद्को निर्णयले जग्गा उपलब्ध गराउँछ ।”

सो अवसरमा रक्षा मन्त्री भीमसेनदास प्रधानले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म वर्तमान सरकार काम चलाऊ सरकार नहुने दाबी गर्दै सरकारले गरेको कुनै पनि निर्णय अवैधानिक नभएको बताउनुभयो ।

भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले केन्द्रलाई जग्गा उपलब्ध गराउन आफू पूर्ण रुपमा लाग्ने बताउँदै “सल्लाघारीको ९९ रोपनी, गठ्ठाघरमा पर्यटन मन्त्रालयको नाममा रहेको ४०० रोपनी, जगातीमा अर्थ मन्त्रालयको नाममा रहेको २५० रोपनीमध्येका जग्गा केन्द्रलाई दिलाउन पहल गर्ने छौँ,” भन्नुभयो ।

उहाँले भक्तपुरका सबै अस्पताललाई मिलाएर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन आफू लाग्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले केन्द्रलाई शैक्षिक संस्थाका रुपमा समेत लैजान अध्ययन भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

बेलायतले केयर वर्कर लैजान बन्द गर्‍यो, पिएचडी विद्यार्थीले बाहेक डिपेन्डेन्ट लैजान नपाउने

‘सीएसआर’ कोषको पैसा गरिबी निवारणमा मात्रै खर्च गर्न सर्वोच्चको आदेश, निजीमा लगाए कारबाही

गभर्नर विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

माधव नेपालको राजीनामा मागेर झलनाथ लागे चीनतिर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com