ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्षमताभन्दा बढी सामान बोक्ने जहाजका चालकसहित सात जना निलम्बित


एबीसी / संवाददाता

काठमाडौँ, ८ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजका चालक दलसहित सात जनालाई निलम्बन गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सोमबार ताप्लेजुङबाट काठमाडौँ उडान भरेको निगमको नाइन एन एबीटी विमानमा लोड सिटमा भन्दा एक सय पाँच किलाे सामान बोकेको पाइएपछि उनीहरूलाई काम गर्न रोक लगाइएको छ । उक्त विमानले क्षमताभन्दा बढी सामान बोकेको र पुरुष यात्रुलाई महिला यात्रुका रूपमा यात्रा गराएको पनि पाइएकाले कारबाही गरिएको प्रवक्ता निरौलाले बताए ।

जहाजले क्षमताभन्दा बढी सामान बोकेको सूचना पाएपछि प्राधिकरणले जाँच गर्दा कागजमा देखाइएको भन्दा बढी तौल भेटिएपछि उडान अनुशासन पालना नगरेकाले जहाजका चालकदलसहित ग्राउण्डेड गरिएको प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणले चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई निलम्बन गरेको हो । घटनाबारे आवश्यक छानबिन गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

बैशाखमा हुने सिरीजंघा पर्यटन महोत्सवको लोगो र प्रोमो सार्वजानिक

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

गुगलले १५ वर्षसम्म कसरी गोपनीयताको संस्कृति बनायो

भारतीय पर्यटकहरूले विश्व जितिरहेका छन्

पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक, अहिलेसम्कै सवैभन्दा बढी यो वर्ष

पेरिस ओलम्पिकमा मैदानभित्र मदिरा बिक्रीमा प्रतिबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com