ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोराछोरी नीजि स्कुलमा नपढाउने शिक्षकहरुको घोषणा


admin

सिन्धुली, १५ माघ । एकिकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीमा आबद्ध शिक्षकहरुले आगमी शैक्षिक सत्र देखि आफ्ना छोरा छोरीलाई निजि विद्यालयमा नपढाउने घोषणा गरेका छन् ।

आईतवार सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले सोमवार गरेको पत्रकार सम्मेलनमा उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन ।

पत्रकार सम्मेलन गर्दै पाचौ जिल्ला सम्मेलनबाट नव निर्वाति कार्य समितिका पदाधिकारीहरुले सरकारी विद्यालयमा शैक्षिक गुणस्तर उकास्नका लागि आफ्ना छोरा छोरीलाई सरकारी विद्यालयमा नै पठन पाठन गराउने बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नव निर्वाचित अध्यक्ष विजयकुमार थिङले सरकारी विद्यालय तथा शिक्षकमाथि निरन्तर चौतर्फि रुपमा शैक्षिक गुणस्तर कमजोर हुदै गएको भनि आलोचना भएकाले सरकारी विद्यालयमा कार्यरत शिक्षकहरु बटै शैक्षिक गुणस्तर सुधारकालागि यस्तो अभियानको थालनि गरिएको बताए ।

नेपालमा शैक्षिक विसंगतीसंग जुध्न सिन्धुली एक नया अभियान वोकेको जिल्ला बनाउन एकिकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीमा आबद्ध सवै शिक्षकहरुले छोराछोरीलाई सरकारी विद्यालयमा पठन पाठन गराई शिक्षालाई एकरुपता बनाउने समेत उनले बताए ।

अवका दिनमा सार्वजनिक विद्यालयलाई अव्वल बनाई शिक्षक र सरकारी विद्यालयमाथि निरन्तर लाग्ने प्रहारलाई न्युनीकरण गरिने उहाँको भनाई छ । शैक्षिक स्तर सुधार गर्न स्थानीय तह, सरकार तथा सरोकारवाला निकायसंग सदैव समन्वय गर्न संगठन तयार रहेको समेत थिङले बताए ।

शिक्षकहरुले राजिनिति गर्दा सरकारी विद्यालयको शैक्षिक गुणसतर घटेको भन्ने पत्रकारको जिज्ञासामा नव निर्वाचि एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति सिन्धुलीका अध्यक्ष थिङले अफ्नो संगठनमा आबद्ध शिक्षकहरु राजनीतिक दलको सक्रिय सदस्य भएको पाईएमा संगठनले कारवाही गर्ने र त्यस्ता शिक्षकलाई संगठनको सदस्यबाट हटाउने बताए ।

सरकारी विद्यालयमा जागिर खाने, निजि विद्यालयमा लगानी गरि आफना छोरा छोरीलाई निजि विद्यालयमा अध्यापन गराउदा सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा कमी आएको उनले दावि गरे । शिक्षकले आफैले पठाएको सरकारी विद्यालयमा आफ्ना छोराछोरीलाई पठन पाठन गराएमा अभिभावकप्रति सकरात्मक सोचको विकास हुने भएकाले शिक्षक नै परिवर्तन हुन जरुरी रहेको बताए ।

हालै सम्पन्न पाचौ जिल्ला सम्मेलनले विजयकुमार थिङको अध्यक्षतामा ३२ सदसिय नया कार्य समिति चयन गरेको छ । सम्मेलनमा सिन्धुलीका नौ वटै स्थानीय तहमा कार्यरत शिक्षकहरु नया कार्य समितिमा छनौट भएका छन् । सर्वसहमति बाट चयन गरिएको र सरकारी विद्यालयमा शैक्षिक गुणसतर सुधार गर्न एजेण्डा बनाएकाले शैक्षिक सरोकारवालाहरुले नयाँ कार्य समितिलिाई महत्वका साथ लिएका छन् ।

 

एबीसी रिर्पोटर विदुर पौडेल

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानसँग ट्रम्प घोषित युद्धविराम स्वीकार गर्‍यो

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चार भुटानी शरणार्थीलाई ५ हजार जरिवाना तिराएर डिपोर्ट गर्ने अध्यागमनको निर्णय

सरकारले लागू गर्‍यो दुईपांग्रेमा युरो ५ र चारपांग्रेमा युरो ६ प्रदूषण मापदण्ड

प्रचण्ड-माधवसहित दुई पार्टीका शीर्ष नेताबीच छलफल

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब १ हजार दिराम माथि

दुई सचिवको जिम्मेवारी साटफेर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com