ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवैधानिक कानुन प्रयोग गरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने


admin

काठमाडौँ, १४ माघ । संविधानले दिएको अधिकार प्रयोग गरेर स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा सहभागीले जोड दिएका छन् ।

नेपाल नगरपालिका संघले आज यहाँ आयोजना गरेको प्रदेश नं ३ बाट निर्वाचित नगर प्रमुख र उपप्रमुखको भेलामा उहाँहरुले संविधानले दिएको अधिकार प्रयोग गरी स्थानीय तहलाई सम्पन्न स्थानीय सरकार बनाउनुपर्नेमा जोड दिनुभयो ।

तत्कालीन स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले संविधानले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकार बलियो हुनुपर्ने बताउनुभयो । उहाँले संविधानमा रहेको व्यवस्थालाई अंगालेर राम्रो नीति निर्माण गरेर स्थानीय अधिकार उपभोग गर्नुपर्ने धारणा राख्नुभयो । “स्थानीय तहले आफै नीति निर्माण गरी कार्यान्वयन गर्ने हो”–उहाँले भन्नुभयो, “तर त्यही नीति निर्माणमा चुक्यौँ भने स्थानीय सरकार बलियो हुँदैन ।”

पौडेलले जनप्रतिनिधि उद्घाटन, गोष्ठी, भ्रमण, कर्मचारी सरुवामा अल्झिनुभन्दा पनि नीति निर्माण र नीति कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा संविधानविद् डा विपिन अधिकारीले स्थानीय तहलाई पनि संघ र प्रदेशमा जस्तै व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको अधिकार रहेको भन्दै संविधानले दिएको अधिकारलाई उपयोग गर्न स्थानीय तहले ढिला गर्न नहुने बताउनुभयो ।

“संविधानले दिएको अधिकार ढिला गर्ने हो भने स्थानीय तहको अधिकार कुनै न कुनै नाममा केन्द्र वा प्रदेशबाट मिचिन थाल्छ”–उहाँले भन्नुभयो, “त्यसैले संविधानले दिएको अधिकार प्रयोग गर्न पछि पर्न हुदैन ।”

कार्यक्रममा ‘संघीयतामा स्थानीय सरकारः संविधानको कार्यन्वयन र अधिकार’ विषयको कार्यपत्र प्रस्तुत गर्दै कृष्णप्रसाद सापकोटाले संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि कार्यान्वयनमा सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले संविधानले स्थानीय तहका अधिकार उल्लेख गरेपनि अहिलेसम्म उपभोग गर्न नपाएको बताउनुभयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन नगर्दा बजेट बाँडफाँडमा अर्थ मन्त्रालय हाबी भएको पनि उहाँको भनाइ रहेको थियो । कार्यक्रममा नुवाकोटका बेलकोट नगरपालिकाका प्रमुख राजेन्द्ररोमन खनालले संविधानले स्थानीय तहको अधिकार दिएपनि उपभोग गर्न नपाएको गुनासो गर्नुभयो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका उपप्रमुख सुशीला पाख्रिनले संविधानमा भएका अधिकार उपयोग गर्नका लागि कानुनी अड्चन भएको बताउनुभयो । भेलामा प्रदेश नंं ३ का करिब ५० जनप्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानमा शासन परिवर्तनको सही मार्ग !

प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

स्रोत नखुलेको वन्यजन्तुको आखेटोपहार जफत गर्न सर्वोच्चको आदेश

मुकुल ढकाल अझै रास्वपा महामन्त्री- निर्वाचन आयोग

आचरणमा प्रश्न उठेपछि दार्चुलाका न्यायाधीश पाण्डे सर्वोच्च तानिए

भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर बस्नेत दोषी, ९ करोड २२ लाख घुस खाएको ठहर

इरानमा शासन परिवर्तनको सही मार्ग !

बीपी राजमार्गमा १५ दिन राति गाडी चलाउन रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com