ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रक्तचन्दनको कारोबार बन्द भयो त ?


एबीसी न्यूज
माघ १४, २०७४ आईतबार  ३ : १५ बजे

 

बनेपा, १४ माघ ।  बहुचर्चित रक्तचन्दनको नाम आजकल सुन्न छाडेपनि अहिले पनि आम जनतामा जिज्ञासा छ, यसको अवैध कारोबार बन्द भएको हो त ? रक्तचन्दनबारे स्थानीय प्रशासन र प्रहरीको आ–आफ्नै तर्क छ ।

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिने रक्तचन्दन अरनिको राजमार्ग हँुदै काठमाडौँं प्रवेश गर्न लाग्दा धेरै पटक प्रहरीले पक्राउ गरेपनि केही वर्षयता यसको अवैध कारोबार भए नभएको बारे प्रहरी समेत अनविज्ञ छ ।


केही वर्षअघि रक्तचन्दनको अवैध ओसारपसार हुँदा प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल, दोलालघाट, उग्रचण्डीनाला, धुलिखेल लगायतका क्षेत्रबाट विभिन्न व्यक्तिलाई पक्राउ गरेको थियो । सिन्धुपाल्चोकको विभिन्न ठाउँबाट रक्तचन्दन बरामत हुनुका साथै तस्कर समेत समातिएका थिए ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंम्खडाले सिन्धुपाल्चोकको तातोपानी नाका अवरुद्ध भएको र चीनमा पनि उत्पादन शुरु भएका कारण यसको कारोबार नभएको अनुमान लगाउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ – “सुनको अवैध कारोबार फाट्टफूट्ट सुनिन्छ तर यसको कारोबार सुन्नमा आएको छैन ।”

रक्तचन्दनमा धेरै कडाइ भएपछि तस्करले शैलीपरिवर्तन गरेर रक्तचन्दनको तेलको अवैध धन्दा पनि चलाएका थिए । काठमाडौंँमा केही वर्षअघि ९० लिटर रक्तचन्दनको तेलसहित केही व्यक्ति फेला परेपछि तेलको पनि कारोबार भएको कुरा खुलेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले चीनको मुख्य नाका तातोपानी बन्द भएका कारण रक्तचन्दको कारोबार नभएको हुनसक्ने आशंका गर्नुहुन्छ ।

रक्तचन्दन साइटिस सन्धिको अनुसूची– २ मा सूचीकृत छ । अनुसूची–२ मा सूचीकृत भएकाले व्यापार– व्यवसाय गर्न पाइने भए पनि भारत सरकारले व्यापार– व्यवसायमा पूर्णरुपले प्रतिबन्ध लगाएको छ । सन्धि बमोजिम बरामद भएका वस्तु जुन देशमा उत्पादन भएको सोही ठाउँमा पठाउनुपर्ने कानूनी प्रावधान छ । चीनमा रक्तचन्दनको मूल्य प्रतिकेजी रु १६ हजारसम्मपर्छ ।

सिन्धुपाल्चोकमा रहेर पत्रकारिता गरिरहेका पत्रकार दिनेश थापा रक्तचन्दनको अवैध कारोबार गर्ने व्यक्तिले भारतबाट नै कारोबार गरेका कारण नेपालमा यसको नाम कम सुनिएको जानकारी दिँदै तातोपानी नाका बन्द भएपछि कारोबार नभएको बताउनुहुन्छ ।

नाका केही समय खुल्दा फाट्टफूट्ट कारोबार समेत भएको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, रसुवा नाकाबाट रक्तचन्दनको कारोबार सम्भव नभएकाले तस्करले भारतबाट नै रक्तचन्दन चीन पठाउछन् ।

काभ्रेपलाञ्चोक क्षेत्रबाट केही वर्षअघि झण्डै ९०० किलो अवैध रक्तचन्दन बरामद भएको जिल्ला वन कार्यालयका अधिकृत अर्जुन खड्का जानकारी दिनुहुन्छ । उहाँका अनुसार बरामद भएका सबै रक्तचन्दन वन विभागलाई बुझाइएको र रक्तचन्दनको अवैध ओसारपसार सम्बन्धी– ८ वटा मुद्दा दायर भएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एमालेलाई जिताउन ‘आफू र आफ्ना’लाई सक्रिय बनाउन ओलीको निर्देशन

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेन–जीका मुख्य नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com