ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रतिनिधि फेरिए पनि सुकुम्बासी दिनचर्या उस्तै


एबीसी न्यूज
माघ १४, २०७४ आईतबार   २ : २८   बजे

कञ्चनपुर, १४ माघ। जनप्रतिनिधि आए पनि कञ्चनपुरको वनहरा नदी छेउको बगरमा झुपडी बनाएर बस्दै आएका सुकुम्बासी परिवारका दिन अझै फेरिएका छैनन् । पुस्तौँदेखि सुकुम्बासी रहेका परिवारले भारतमा चौकीदार र कुल्ली बनेर कार्य गर्नु पर्ने अवस्था अहिले पनि विद्यमान छ ।

युवा सबै भारतमा काम गर्छन् । बूढापाका, महिला र बालबालिका यहाँको दोदा नदीमा बालुवा चाल्ने र कृषि मजदूरका रुपमा काम गर्दै आएका छन् ।

थोरै ज्यालामा काम गर्नुपर्दा साँझ बिहानको छाक टार्नसमेत सुकुम्बासी परिवारलाई हम्मे हम्मे छ । भारतमा गएका अधिकांश परिवारका युवा लामो समयसम्म नफर्केपछि बस्तीमा बस्दै आएकाहरु मजदूरी नपाउँदा कैयौँ रात भोकभोकै सुतेको दुःखेसो पोख्छन् ।

साँझ बिहान मजदूरी गरेर खाना खर्च जुटाउँदै आएका यी परिवारलाई बिहान खाना खाएर साँझ के खाने भन्ने चिन्ताले सँधै पिरोलिरहन्छ ।
बैतडीको सिगास गाविस ढुंगाड क्षेत्रबाट छ वर्षअघि कामको खोजीमा तराई झर्नुभएका मानध्व लुहार पहाडमा छँदा बाजेकै पालादेखि अरुको घरमा हलिया बनेर काम गर्दै आउनुभएको थियो । उहाँका बुवाले समेत सोही बिँडो थाम्नुभएको थियो तर सरकारले हलिया मुक्त घोषणा गरेपछि मालिकको घरबाट खाली हात फर्किनु प¥यो ।
उहाँले भन्नुभयो, “त्यसपछि केही समय भारतको एक होटलमा भाँडा माझ्ने कार्य गरेँ पछि साथीभाइसँगै स्वदेशमै फर्केपछि घरवास नहुँदा नदीको बगरलाई वासस्थान बनाएर बस्नु परेको छ ।”

आफ्नो घर र जग्गासमेत नभएको गुनासो गर्दै उहाँले भन्नुभयो, “बिहान ६ बजेदेखि मजदूरी गरेर बेलुका झिमिक्क साँझ नपर्दासम्म कार्य गरेर दैनिक रु २०० कमाइ हुने गरेको छ ।”
बाजुराबाट कामकै खोजीमा सात वर्षअघि कञ्चनपुर पुग्नुभएका मखी रावतसँगसमेत मानध्वजको जस्तै पीडा छ ।

हामी पुर्खौंदेखिका सुकुम्बासी हौँ उहाँले भन्नुभयो, “अरुको मल बोक्ने, खेत जोत्ने र बाली भित्र्याउने कार्य पुस्तौँदेखि गर्दै आएका छौँ ।”

मालिककै जग्गामा घर बनाएर बसेका थियौँ । “मालिकले घरबाटै निकालेपछि खान र ओत लाग्ने ठाउँको खोजी गर्दै बगरमा बस्न बाध्यभएको दुखेसो पोख्दै रावतले भन्नुभयो, “देशमा परिवर्तनसँगै जनप्रतिनिधि आएपछि पुनःस्थापनमा पर्छौं भन्ने ठानेका थियौँ तर कोही पनि सोधखोज गर्न नै नआएपछि बगर नै सबैथोक भएको छ ।” जग्गा भएका घर भएकाले सुकुम्बासी बनेर खाँदै आएको बताउँदै कलावती दमाईंले भन्नुभयो, “हालसम्म हामीलाई सुकुम्बासी आयोगले संकलन गर्दै आएको लगतमा समेत समावेश गरिएकोे छैन ।”

यहाँकै नागरिक भए पनि सरकारी सुविधाबाट वञ्चित हुनुपरेको पीडा उहाँले पोख्नुभयो ।

गाउँगाउँमा अन्न मागेर कपडा सिलाइको कार्य गर्दै आएकी दमार्इंका श्रीमान् दुवै आँखा नदेख्ने भएपछि उहाँको दिनचर्या निकै कष्टमय भएको छ । घरबासका लागि जग्गा र घर नभएकाले आफू पनि अरु जस्तै उक्त शिविरमा बस्न आइपुगेको उहाँले बताउनुभयो ।

कमाइ गर्ने उमेरका दुई छोरा मजदूरीका लागि भारत पसेको दशकभन्दा बढी भइसक्यो कलाबतीले भन्नुभयो, “घर फर्केर नआएकाले नदी किनारबाट दाउरा संकलन गरेर नजिकैको बजारमा सस्तोमै बेचेर एकछाकको खाना खर्च जुटाउने गरिएको छ ।”

शिविरमै आश्रय लिएका मोहन सुनार अपाङ्ग हुनुहुन्छ । श्रीमतीले संसार नै छाडेर बिदा भएपछि सानै उमेरका दुई छोरी र एक छोराको पालनपोषणको जिम्मा उहाँकै काँधमा थपिएको छ ।

दिनभरि गाउँगाउँ लट्ठीको सहाराले पुगेर अन्न र लुगाफाटो माग्दै बालबालिकालाई साँझ बिहानको खर्च चलाउँदै आएको सुनाउँदै उहाँले भन्नुभयो, “बालबालिकाकै लागि बाँच्नु परेको छ ।” “घर जग्गा नभएकाले नदीको बगर नै सबैथोक मेरा लागि छ”, उहाँले आँसु झार्दै भन्नुभयो ।

शिविरमा झुपडी बनाएर बस्दै आएका एक दर्जनभन्दा बढी भूमिहीनका ४० भन्दा बढी बालबालिका समेत शैक्षिक सामग्री र विद्यालय पोशाकका लागि खर्चको जोहो गर्न नसक्दा विद्यालय जानसमेत पाएका छैनन् ।

लत्ताकपडाको अभावमा रातभरि झुपडीमा आगो बालेर न्यानो पारेर रात काट्नु परेको गुनासो शिविरमा बस्दै आएका परिवारको छ । प्लास्टिकले छाएको झुपडीको छानाबाट रातभर पर्ने शीत झुपडीभित्रै तपतप चुहिने गरेकाले बिहानीपख भएका सबै कपडा भिज्ने गरेका छन् ।

वर्षात्का बेला कुन बेला चुरे क्षेत्रमा पानी दर्किन्छ नदीले बगाएर लैजान्छ भन्ने चिन्तासमेत यहाँका बासिन्दालाई छ । चुरे क्षेत्रमा पानी पर्न थालेपछि अधिकांश परिवार बस्ती छाडेर सुरक्षित स्थानमा रुखमुनि ओत लाग्न जानु सामन्य भइसकेको सुकुम्बासीको हकहितका लागि काम गर्दै आएका रामबहादुर चुनाराले बताउनुभयो ।

यहाँ बस्दै आएका भूमिहीन परिवारको एउटै माग छ ओत लाग्नका लागि घर, अन्न उब्जाउका लागि जग्गा र घर खर्च चलाउनका लागि सीपमूलक रोजगारीको व्यवस्था ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group