ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुखी नेपाली अभियानमा पार्टीका जनप्रतिनिधि लाग्नुपर्छ : उपमहासचिव ज्ञवाली


एबीसी / संवाददाता

दमौली, १८ फागुन । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने अभियानमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि लाग्नुपर्ने बताएका छन् ।

एमाले तनहुँको आयोजनामा बन्दीपुरमा सम्पन्न प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले पार्टीबाट निर्वाचित जनप्रतिनिधि जनतालाई सुखी बनाउने अभियानमा लाग्नुको विकल्प नभएको उल्लेख गरे ।

नेपालीको राष्ट्रिय आकांक्षा, पार्टी र जनप्रतिनिधिको भूमिका विषयमा उनले प्रशिक्षण दिएका हुन् । नेता ज्ञवालीले पार्टीबाट निर्वाचित प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले यही मूलमन्त्रलाई शिरोधार्य गरी काम गर्न आग्रह गरे ।

उनले जनताका सम्बोधनका लागि पार्टीले ग्रासरूट अभियान सुरू गरेको बताए । जनतासँग नजिक रहेर जनताका मुद्दा सम्बोधनका लागि पार्टीले मिसन ग्रासरूट अभियान सञ्चालन गरेको भन्दै उनले भने,“दुई महिनासम्म सञ्चालन हुने यो अभियानअन्तर्गत पार्टीका नेताहरू तल्लो तहसम्म पुगेर जनताका मुद्दा सम्बोधनमा लाग्नुहुन्छ ।”

उपमहासचिव ज्ञवालीले वर्तमान राजनीतिक अवस्थाका कारण जनतामा सिर्जित निराशा अन्त्य गराउनुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याए । ज्ञवालीले देशमा हाल तीन वटा समस्या रहेको दाबी गर्दै ती समस्याबाट जनतालाई मुक्त गराउनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव पद्मा अर्यालले अवसरवाद र संगठनात्मक अराजकताविरुद्ध वैचारिक संघर्षका बारेमा सहजीकरण गरेकी थिइन् । त्यस्तै केन्द्रीय सदस्य सीमा क्षेत्रीले अन्य पार्टीसँग एमालेको वैचारिक भिन्नता, गण्डकी प्रदेश कमिटी सदस्य केदार सिग्देलले सदस्यको काम, कर्तव्य र अधिकार र कार्यशैली मार्क्सवादी दृष्टिकोणकाबारेमा सहजीकरण गरेका थिए ।

प्रशिक्षण कार्यक्रमको पहिलो दिन मंगङ्गलबार केन्द्रीय सदस्य भगवती न्यौपानेले मिसन ग्रासरुट र उद्देश्य, केन्द्रीय सदस्य घनश्याम कोइरालाले नेतृत्व र प्रस्तुतीकरण विषयमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com