काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन कतार जानु हुने भएको छ । परराष्ट्र मन्त्रालयले आईतबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार सो सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्नु हुने बताउनु भयो । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ । त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि प्रधानमन्त्री प्रचण्डले द्धिपक्षीय भेटवार्ता गर्नु हुने कार्यक्रम तय गरिएको छ । नेपाली दुतावास र त्यहाँस्थित नेपाली समूदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । ४ दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गतेस्वदेश फर्कनु हुनेछ । प्रधानमन्त्री दाहालसँग परराष्ट्र मन्त्रालयका अधिकारी सो सम्मेलनमा सहभागी हुनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्