ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोनिजको महाधिवेसन चैत २३ र २४ गते काठमाडौंमा


admin

काठमाडौं, १३ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को छैटौं महाधिवेसन आगामी चैत २३ र २४ गते काठमाडौंमा हुने भएको छ ।

फोनिजको काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले छैटौं महाधिवेसन गर्नका लागि अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा ३९ सदस्यीय मूल आयोजक समिति गठन समेत गरेको छ । सो मूल आयोजक समितिमा केन्द्रीय समिति, सदस्य संगठनका एक÷एक जना प्रतिनिधि र काठमाडौं उपत्यकाका तीन जना शाखा अध्यक्षहरु रहने छन् ।

बैठकपछि फोनिजका संगठन सचिव मनोज घर्तीमगरले जारी गरेको प्रेस विज्ञप्तिमा महाधिवेसन सफल पार्नका लागि सबैलाई सहयोगका लागि अनुरोध समेत गरेको छ । बैठकले जिल्ला अधिवेसनहरु आगामी फागुन १५ गतेभित्रमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

बैठकले गरेका निर्णयहरु यस्तो छ –
१. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैठौँ संघीय महाधिवेशन २०७४ चैत २३ र २४ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरियो ।
२. महाधिवेशनको तयारी लगायतका काम सम्पन्न गर्न निम्न बमोजिमका समितिहरु गठन गरिएको छ ।
क) मूल आयोजक समिति ः महाधिवेशन सम्पन्न गर्न फोनिजका अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा केन्द्रीय समिति, संस्थागत सदस्य संस्थाका १÷१ जना प्रतिनिधि र उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु रहेको ३९ सदस्यीय मूल आयोजक समिति गठन गरियो ।
ख) महाधिवेशन सल्लाहाकार समिति ः केन्द्रीय समितिका सल्लाहाकारहरु रहनुभएको सल्लाहाकार समिति गठन गरियो ।
ग) आर्थिक तथा व्यवस्थापन समिति ः संगठनका कोषाध्यक्ष टेकराज थामीको संयोजकत्वमा क्षेत्रीय संयोजकहरु, उपत्यकामा रहेका केन्द्रीय सदस्य र उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु सदस्य रहेको आर्थिक तथा व्यवस्थापन समिति गठन गरियो ।
घ) प्रतिनिधि व्यवस्थापन समिति ः संगठन सचिव मनोज घर्तीमगरको संयोजकत्वमा क्षेत्रीय संयोजकहरु, केन्द्रीय सदस्यहरु गणेशमान गुरुङ, जगत दोङ, यमन दनुवार, श्रीकृष्ण महर्जन सदस्य रहेको प्रतिनिधि व्यवस्थापन समिति गठन गरियो ।
ङ) प्रचार प्रसार तथा प्रकाशन समिति ः संगठनका संस्थागत सचिव राजेश चाम्लीङ राईको संयोजकत्वमा केन्द्रीय सदस्यहरु जीवन लामा, दीपा आले र जगत दोङ सदस्य रहनुभएको प्रचार प्रसार तथा प्रकाशन समिति गठन गरियो ।
च) अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समिति ः संगठनका उपाध्यक्ष भैरव आङलाका संयोजकत्वमा सचिव रजनी तामाङ, सदस्यहरु गणेशमान गुरुङ, माला पालुङवा सदस्य रहनुभएको अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समिति गठन गरियो ।
३. बैठकले संगठनका महासचिव गजुरधन राईद्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष टेकराज थामीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सुझावसहित पारित ग¥यो ।
१३ माघ २०७४
……………………
(मनोज घर्तीमगर)
सचिव

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com