ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा सञ्चालन गर्न दिग्दर्शन


एबीसी न्यूज

काठमाडौँ, १३ माघ ।   संघीय संसद् सचिवालयले प्रदेशसभा सञ्चालनलाई व्यवस्थित तुल्याउन सजिलो होस् भनेर अन्तरिम कार्यविधिको मस्यौदादेखि सभास्थलमा कुर्सी राख्ने तरिका समेतका विषय समेटिएको दिग्दर्शन नै बनाएर पठाएको छ ।

विधि र प्रक्रियाका हिसाबमा प्रदेश सञ्चालनमा कुनै कमजोरी नहोस् भनेर अन्तरिम कार्य विधि समेटिएको दिग्दर्शन नै बनाएर पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।

प्रदेशसभा संरचना हाम्रो मुलुकमा नितान्त नौलो अभ्यास भएको हुँदा पहिलो बैठक र यसले गर्ने निर्णय आगामी दिनका लागि नजिरका रुपमा हेरिने हुँदा संघीय संसद् सचिवालयले पनि यो विषयलाई गम्भीरताका साथ लिएको छ– उहाँले भन्नुभयो । प्रदेशको व्यवस्थापिका एक सदनात्मक हुनेछ जसलाई प्रदेशसभा भनिनेछ ।

प्रदेशसभाका ६० प्रतिशत सदस्य पहिलो हुने निर्वाचित हुने र ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित भएको घोषणासँगै सातवटै प्रदेशसभा गठन भइसकेको छ । प्रदेशसभाको गठनसँगै प्रदेशसभाका सदस्यले शपथसमेत लिई सक्नुभएको छ ।

प्रदेशमा कायम रहेको जनसंख्या र भूगोल आदिका कारण प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यको संख्या भने फरकफरक रहेको छ ।

बैठक सञ्चालनको विधि र प्रक्रियासहितको अन्तरिम कार्यविधिको मस्यौदालाई प्रदेशसभाको पहिलो बैठकले अनुमोदन गर्ने छ । उक्त अन्तरिम कार्यविधिले शुरुवातका दुई महिनासम्म कार्य सञ्चालन गर्न निकै सघाउ पुग्ने प्रवक्ता डा गौतम बताउनुहुन्छ ।

धेरैजसो प्रदेशसभाको बैठक आह्वान भए पनि सभाहल र जनशक्तिको भने अझै व्यवस्थापन हुन सकेको छैन । सभा सञ्चालनका लागि विशेषज्ञ जनशक्ति तथा रेकर्डिङ र ध्वनि नियन्त्रणजस्ता अत्याधुनिक प्रविधियुक्त कक्षको आवश्यकता पर्दछ ।

निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखबाट प्रदेशसभाका बैठक आह्वान भएका हुन् ।

संघीय संसद् सचिवालले प्रदेशसभा विधि र प्रक्रियाअनुरुप सञ्चालन गर्न सभामुख, प्रदेशसभा सचिव, सत्तापक्ष, सरकारका मन्त्री र प्रतिपक्षका लागि तयार गरिएको कुर्सी व्यवस्थापन ढाँचा ९लेआउट०लगायतका विषयमा एकरुपता कायम होस् भन्नका लागि सहसचिवको नेतृत्वमा अन्य प्राविधिक कर्मचारीलाई प्रशिक्षण दिएर खटाइसकेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रदेश प्रमुखबाट बैठकको आह्वान गर्दा संविधान सम्मत होस् भन्नका लागि संविधानको धारा वा उपधारा उल्लेख गर्नुपर्ने तथा सभामुखको चयन, सरकार गठनजस्ता विषयमा पनि विधि, प्रक्रिया र सुझबुझका साथ अघि बढ्दा मात्र फलदायी हुन सक्ने विज्ञको भनाइ छ ।

प्रदेशसभाका बैठक कति अनुसाशित र मर्यादित होला भन्ने विषय अहिले सबैको चासो बन्न पुगेको छ । प्रदेशसभाको पहिलो बैठकको मुख्य कार्यसूची भनेको अन्तरिम कार्यविधि अनुमोदन र सभामुखको निर्वाचनको मिति तोक्ने नै हुनुपर्दछ– प्रवक्ता गौतम भन्नुहुन्छ ।

प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।

सभामुखको निर्वाचन हुनअघि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्ने छ । ज्येष्ठ सदस्यका अध्यक्षतामा बस्ने परामर्श समिति र अन्य बैठकले आगामी दिनको कार्यसूची तय गर्ने छ ।

संघीय संसद्को जस्तै, प्रदेशसभाको पहिलो बैठकको प्रारम्भमा राष्ट्रिय धुन प्रस्तुत हुनका साथै मुलुक र जनताका खातिर राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनमा सहादातप्राप्त शहीदको सम्मानमा मौन धारणपछि मात्रै अन्य कार्यसूचीमा प्रवेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

विद्या भण्डारीको देशव्यापी हाइकमाण्ड संयन्त्रमा को को छन् ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवागढी बाढी, चीनले समयमै अलर्ट जारी गरेको भए जनधनको क्षति न्यून गर्न सकिन्थ्यो- सिद्धिकी

ओली सरकारले राष्ट्रियसभामा गुमायो बहुमत

सरकारका गुण र दोषको जिम्मेवारी दुवै पार्टीले लिनुपर्छ – नेता सिटौला

चक्रपथमा गुड्न थाले महानगर यातायातका १२ बिजुली बस

गाजामा सहायता सामग्री वितरण केन्द्रमा भागदौड, २० जनाको मृत्यु

कुलिङ पिरियडबारे छानबिन समितिले गर्‍यो रामहरिसँग सोधपुछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com