काठमाडौँ, ४ फागुन । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल आज भारत जाँदै छन् ।
भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्वीकार गर्दै पटना, भारत जना लागेको उनको सचिवालयले जनाएको छ ।
बिहीबार १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लागेका हुन् । सो क्रममा भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्