ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी ▶
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण


एबीसी न्यूज
जेष्ठ २७, २०८३ बुधबार   ७ : १०   बजे

काठमाडौं, २७ जेठ । इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने खतरा बढेको छ ।इरानको सरकारी सञ्चारमाध्यमले होर्मुज जलडमरूमध्य ९स्ट्रेट अफ होर्मुज० स्थित केशम टापुमा विस्फोटको आवाज सुनिएको जनाएको छ । यो विश्वकै महत्वपूर्ण समुद्री व्यापार मार्गमध्ये एक हो, जसलाई युद्धका क्रममा इरानले बन्द गरेको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार आक्रमण राजधानी तेहरान वा अन्य प्रमुख सहरमा नभई केशम टापुमा केन्द्रित थियो। हालसम्म मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन ।
ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानले अमेरिकी सेनाको हेलिकोप्टर जलडमरूमध्य माथि गस्ती गरिरहेका बेला खसालेको दाबी गरेका थिए । उनले यस घटनाको जवाफ दिनु अनिवार्य भएको बताएका थिए ।

‘इरानीहरूले हाम्रो अत्याधुनिक अपाचे हेलिकोप्टरमध्ये एउटा खसालेका छन्,’ ट्रम्पले भनेका थिए । यद्यपि हेलिकोप्टरमा सवार दुवै सैनिक सुरक्षित रहेको र उनीहरूलाई कुनै चोटपटक नलागेको उनले बताए ।

अमेरिकी सेनाका अनुसार सोमबार ओमानको तट नजिक दुर्घटनाग्रस्त भएको अपाचे हेलिकोप्टरका दुई चालक दलका सदस्यलाई मंगलबार बिहानै उद्धार गरिएको थियो ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार २४ फिट लामो मानवविहीन ड्रोन डुंगाले पानीमा करिब दुई घण्टा बिताएका दुवै पाइलटलाई फेला पारी सुरक्षित स्थानमा पुर्‍याएको थियो । उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ ।

अमेरिकी आक्रमणको जवाफ दिन्छौंः इरान

होर्मुज जलडमरूमध्य नजिक अमेरिकी हेलिकोप्टर खसालेपछि भएको अमेरिकी आक्रमणबारे प्रतिक्रिया दिँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, ‘यदि सुरक्षित रहन चाहनुहुन्छ भने हाम्रो क्षेत्रबाट बाहिरिनुहोस् । हाम्रो क्षेत्र वरिपरि रहेका विदेशी सेनाहरू सधैं जोखिममा हुन्छन् । हामी कूटनीतिलाई प्राथमिकता दिन्छौं, तर आवश्यक परे अन्य भाषामा पनि जवाफ दिन जान्दछौं ।’

हेलिकोप्टर खसालिएको घटना र त्यसपछिको अमेरिकी आक्रमणले पछिल्ला दुई महिनादेखि कायम रहेको युद्धविरामलाई थप तनावपूर्ण बनाएको छ । हालका दिनहरूमा होर्मुज क्षेत्र वरिपरि अमेरिका र इरानबीच भएका झडप तथा लेबनानमा इजरायलका आक्रमणहरूले ८ अप्रिलमा भएको युद्धविरामलाई जोखिममा पारेका छन् ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए । त्यसयता पश्चिम एसिया मात्र नभई विश्व अर्थतन्त्रसमेत प्रभावित भएको छ । दुवै पक्षबीच स्थायी सम्झौतामा सहमति हुन नसक्दा पुनस् व्यापक युद्ध सुरु हुने आशंका अझै कायम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group