काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाली जाँदै छन् ।
प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलोपटक सुदूरपश्चिम प्रदेश जान लागेका हुन् । जनयुद्ध दिवसको कार्यक्रम पनि प्रधानमन्त्री प्रचण्डले त्यही मनाउने छन् ।
कैलाली, गेटमा रहेको मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरमा सुख्खा बन्दरगाहको निरीक्षण, कैलाली महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुने कैलाली माओवादीले जनाएको छ । उनी आजै काठमाडौँ फर्कने छन् ।



















प्रतिक्रिया दिनुहोस्