ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तोकिएको समयमा निर्माणको काम आधा पनि पूरा भएन, के भन्छन् प्रतिनिधि


admin

जाजरकोट, १२ माघ । नलसिंङगाड जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण कार्य रोकिएको छ । निर्माणका लागि आवश्यक पर्ने विस्फोटक पर्दाथको अभाव भएपछि निर्माण कार्य रोकिएको हो । निर्माणाधिन कालीमटी देखि मधेरीखोला सम्मको करिव ११ किलोमिटर सडकखण्डमा काम भइरहे पनि आवश्यक विस्फोटक पर्दाथको अभावले सडक निर्माण कार्य दुई महिना देखि रोकिएको छ ।

अहिले कालीमटी देखि सहिद मानवहादुर रावल दुर्घटना स्थल सम्म करिव ४ किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ । वाँकी सडक निर्माणका लागि विस्फोटक पदार्थ नहुँदा काम रोकिएको लामा खड्का , कृष्ण गाल्ला जे भी का प्रतिनिधी राजनसिंह रावलले जानकारी दिनुभयो ।

‘अहिले दुई महिना देखि खोलिएका ४ हजार भन्दा वढी प्वालहरुमा विस्फोटक पदार्थ विस्फोटन गर्नका लागि विस्फोटक पदार्थ नहुँदा काम ठप्प भएको छ । कडा चट्टान भएका कारण वलास्टिङ विस्फोटन नगरि काम गर्न नसक्ने अवस्था भएकाले सरकारले आवश्यक विस्फोटक पदार्थ उपल्व्ध नगराउदा काम रोकिएको हो ,’ रावलले बताउनुभयो।

अहिले रुकुम, रोल्पा , कपिलवस्तु, वाँकेका ८० जना भन्दा वढी कामदारहरु काम विहिन भएर वसिरहेको उनले वताए । दुई महिना देखि अवरुद्ध भएको कामले अझै गति लिन सकेको छैन् ।

विस्फोटक पदार्थ नपाए सम्म काम गर्न नसकिने रावलको भनाई छ । आर्थिक वर्ष २०७१–७२ सालमा सम्झौता भई ३६ महिना भित्र निर्माण कार्य सम्पन्न गर्नका लागि खड्का , कृष्ण गाल्ला जे भी ले २४ करोडमा ठेक्का लिएको थियो । तोकिएको मिति सम्म आधा काम पनि नहुँदा यहाँका स्थानीयहरु क्रोषित भएका छन् ।

पहुँच मार्ग निर्माणको ढिलाईका कारण वारेकोट गाउँपालिका जाँने स्थानीयवासीहरु दैनिक जीवनको वाजी लगाएर यात्रा गर्न वाध्य छन् ।

अप्ठयारो वाटोमा केही यात्रुहरुले पैसा तिरेर नलसिंङगाड खोला वारपार गर्न वाध्य छन् । वारेकोट गाउँपालिकामा खाद्यान्न लिन समेत समस्य हुँदै आएको छ । पहुँच मार्ग निर्माणको ढिलाईका कारण दैनिक मानिसहरु समस्यमा परेका छन् ।

४ सय १० मेघावाट विद्युत उत्पादनको लक्ष्य राखिएको यो आयोजना ६ नम्वर प्रदेशकै सवै भन्दा ठुलो आयोजना हो । ठुलो पावरमा कम खर्चमा निर्माण हुँन लागेको आयोजनामा यो पर्दछ ।

एबीसी रिर्पोटर हेमन्त के.सी 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाले भिरेको रिबनप्रति कांग्रेसले जनायो नियमापत्ति

कानुन व्यवसायीलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिनु हुँदैनः मन्त्री चौरसिया

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

केपी ओलीविरुद्ध भीम रावलको आक्रोश: ‘बामालेका झोले अध्यक्ष’

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com