ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चारलेन सडक निर्माण, दुई सय परिवारको उठीबास


एबीसी न्यूज

 

गौशाला, १२ माघ महोत्तरीको सम्सी–गौशाला–माईस्थान सडकखण्ड चारलेन बनाउने कार्य तिब्रगतिमा अगाडि बढे पनि सो क्षेत्रका बैरिया र शेरहा गाउँका करिब दुई सय घरपरिवारको उठीबास हुनेभएको छ ।

सो सडकखण्ड चारलेन बन्ने भएपछि औरही नगरपालिकाअन्तर्गत बैरिया र शेरहा गाउँका दुई सय घरपरिवारको उठीबास हुनेभएको हो ।

सम्सी–गौशाला–माईस्थान सडकखण्डको स्तरन्नोतिका लागि सरकारले लामा ‘डाँफे गोल्डेन गुड’ नामक निर्माण कम्पनीलाई ठेक्का दिएको छ । सो कम्पनीले दु्रतगतिमा काम गरिरहेका छन् ।

कुल २६ दशमलव ९४ किलोमिटर लम्बाइ र सात मिटर चौडाइ हुने गरी निर्माण भइरहेको सो सडकखण्डअन्तर्गत बैरिया र शेरहाका स्थानीयवासीेले अवरोध सिर्जना गरेका छन् । बैरिया र शेरहाका सयौं व्यक्तिको घर सडकमा पर्ने भएकाले उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले सडक निर्माणमा अबरोध गरिरहेका छन् ।

उनीहरुले सडकमा पर्ने व्यक्तिको घरजग्गाको मूल्याङ्कन चलनचल्तीको मूल्यमा गरेर सोहि अनुरुप क्षतिपूर्ति दिनुपर्ने माग गर्दै प्राय दैनिक रुपमै सडक निर्माणकार्य अवरुद्ध गर्दै आएका छन् । तर हुलाकी सडकले सो सडकखण्ड अन्तर्गतपर्ने प्रत्येक कठ्ठा जग्गाको क्षतिपूर्ति रु ७५ हजारको दरले दिने र घर भत्काउने सम्बन्धमा भवन तथा शहरी विकास कार्यालयको मूल्याङ्कनका आधारमा क्षतिपूर्ति दिने निर्णय गरेपछि स्थानीयवासी आक्रोशित भएका छन् ।

हाल सो सडकखण्डमा मुआब्जाका लागि जिल्ला प्रशासन कार्यालयमा रु तीन करोड आएको जनाएको छ । सो सडकखण्डमा परेर घरवारबिहीन भइरहेका बैरिया र शेरहाका अशोककुमार यादव, खेहरु साह, केसीयादेवी, रामविराजी ठाकुर, विन्देश्वर यादवलगायतका दर्जनाँै व्यक्ति सडक निर्माण भएपछि आफ्नो सबैथोक गुम्ने र गाउँमा बस्नका लागि आफूले अन्य ठाउँमा जग्गा पनि किन्न नसक्ने अवस्था रहेको भन्दै सरकारले स्थानीय चलनचल्तीको मूल्यमा मुआब्जा दिनुपर्ने माग गरेका छन् ।

अन्यथा सरकारले नै कुनै स्थानमा जग्गा किनेर बसोवास गरादिनुपर्ने मागसमेत अघि सार्दै उनीहरुले आफ्नो माग पूरा नभए सडक अबरोध गरिराख्ने बताउनुभयो ।

आफ्नो समस्या पटक÷पटक प्रमुख जिल्ला अधिकारी र सरोकारवाला समक्ष राख्दै आएको दाबी उनीहरुको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले सरकारले तोके बमोजिम मुआब्जा सबैले पाउने आश्वासन दिनुभयो ।

प्रदेशसभा सदस्य कौशलकुमार यादवले सडक निर्माणका क्रममा अतिक्रमण गरिएका जग्गाको मुआब्जा सरकारले स्थानीय चलनचल्तीको मूल्यअनुसार उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

हुलाकी सडकका डिभिजनल ईन्जिनियर सन्तोषकुमार कर्णले मुआब्जा सम्बन्धमा चाँडै सूचना प्रकाशन गरी पुनः मूल्याङ्कन र नापतौलका लागि पहल गर्ने बताउनुभयो ।

ठेकेदार कम्पनीले सो सडकखण्ड सन् २०१७ फेब्रअरी २७ मा रु ६४ करोड ६१ लाखमा ठेक्का लिएर निर्माणकार्य अगाडि बढाउँदै अहिलेसम्म ३१ प्रतिशत काम सम्पन्न गरिसकेको छ । ठेक्का लिएको दुई वर्षभित्रमा सो सडकखण्डको निर्माण कार्य पूरा गरिसक्नुपर्ने प्रावधान छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, १५ करोड ८८ लाख बिगो

रसुवामा बाढीले भत्काएको सडक निर्माणमा नेपाली सेना सक्रिय

भारत बाहेकका देशमा जानेले अबदेखि ३ हजार अमेरिकी डलर सटही गर्न पाउने

लघुवित्तको १५ प्रतिशत बढी लाभांश वितरणको विद्यमान व्यवस्था पुनरवलोकन गरिने

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति कस्तो छ ?

हुलाकी र मध्यपहाडी राजमार्गका होटल व्यवसायीलाई २ प्रतिशत प्रिमियममै कर्जा प्रवाह हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com